Qurani Kərimin mənaca tərcüməsi - Nepal dilinə tərcümə- "Əhlul-Hədis" cəmiyyəti.

Səhifənin rəqəmi:close

external-link copy
88 : 7

قَالَ الْمَلَاُ الَّذِیْنَ اسْتَكْبَرُوْا مِنْ قَوْمِهٖ لَنُخْرِجَنَّكَ یٰشُعَیْبُ وَالَّذِیْنَ اٰمَنُوْا مَعَكَ مِنْ قَرْیَتِنَاۤ اَوْ لَتَعُوْدُنَّ فِیْ مِلَّتِنَا ؕ— قَالَ اَوَلَوْ كُنَّا كٰرِهِیْنَ ۟ۚ

८८) (त्यसपछि) उनका जातिका मुखिया र अभिमानी मानिसहरूले भन्नथालेः कि हे शुऐब ! हामी तिमीलाई र जुन मानिसहरू तिम्रो साथमा ईमान ल्याएका छन् उनलाई आफ्नो नगरबाट निकालिदिने छौं यदि तिमीहरूले हाम्रो धर्मलाई स्वीकार गरेनौ भने । शोऐबले भने म तिम्रो धर्ममा फर्कनुलार्इ घृणित ठान्दछु तापनि । info
التفاسير:

external-link copy
89 : 7

قَدِ افْتَرَیْنَا عَلَی اللّٰهِ كَذِبًا اِنْ عُدْنَا فِیْ مِلَّتِكُمْ بَعْدَ اِذْ نَجّٰىنَا اللّٰهُ مِنْهَا ؕ— وَمَا یَكُوْنُ لَنَاۤ اَنْ نَّعُوْدَ فِیْهَاۤ اِلَّاۤ اَنْ یَّشَآءَ اللّٰهُ رَبُّنَا ؕ— وَسِعَ رَبُّنَا كُلَّ شَیْءٍ عِلْمًا ؕ— عَلَی اللّٰهِ تَوَكَّلْنَا ؕ— رَبَّنَا افْتَحْ بَیْنَنَا وَبَیْنَ قَوْمِنَا بِالْحَقِّ وَاَنْتَ خَیْرُ الْفٰتِحِیْنَ ۟

८९) अल्लाहले हामीलाई त्यसबाट उद्घार गरिसकेपछि यदि हामी तिम्रो धर्ममा फक्र्यौं भने निःसन्देह हामी अल्लाहप्रति झूठो आरोप लगाएको ठहरिन्छौं, बरु हाम्रो पालनकर्ता, अल्लाहको इच्छा बिना त्यसतर्फ फर्कनु सम्भव छैन । हाम्रो रबको ज्ञान हरेक कुरालाई घेरामा लिएको छ । हामी अल्लाहमाथि नै भरोसा गर्दछौं । हे पालनकर्ता ! हामी र हाम्रो समुदायको बीचमा निश्चित न्याय निसाफ गरिदेऊ । र तिमी सबैभन्दा राम्रो न्यायकर्ता हौ । info
التفاسير:

external-link copy
90 : 7

وَقَالَ الْمَلَاُ الَّذِیْنَ كَفَرُوْا مِنْ قَوْمِهٖ لَىِٕنِ اتَّبَعْتُمْ شُعَیْبًا اِنَّكُمْ اِذًا لَّخٰسِرُوْنَ ۟

९०) र उनको समूहका काफिर नाइकेहरूले भनेः ‘‘यदि तिमीहरू शुऐबको मार्गमा हिंड्छौ भने निश्चय नै ठूलो नोक्सानी बेहोर्नेछौ ।’’ info
التفاسير:

external-link copy
91 : 7

فَاَخَذَتْهُمُ الرَّجْفَةُ فَاَصْبَحُوْا فِیْ دَارِهِمْ جٰثِمِیْنَ ۟

९१) अनि तिनीहरूलाई भुकम्पले आइसमात्यो । तसर्थ तिनीहरू आफ्ना घरहरूमा घोप्टो परेको परै भए । info
التفاسير:

external-link copy
92 : 7

الَّذِیْنَ كَذَّبُوْا شُعَیْبًا كَاَنْ لَّمْ یَغْنَوْا فِیْهَا ۛۚ— اَلَّذِیْنَ كَذَّبُوْا شُعَیْبًا كَانُوْا هُمُ الْخٰسِرِیْنَ ۟

९२) जसले शुऐबलाई झूठा भनेका थिए तिनीहरूको यस्तो अवस्था भइहाल्यो जस्तो कि यी घरहरूमा कहिल्यै बसेकै थिएनन् । जसले शुऐबलाई झूठो भनेका थिए तिनीहरू नै घाटामा परिहाले । info
التفاسير:

external-link copy
93 : 7

فَتَوَلّٰی عَنْهُمْ وَقَالَ یٰقَوْمِ لَقَدْ اَبْلَغْتُكُمْ رِسٰلٰتِ رَبِّیْ وَنَصَحْتُ لَكُمْ ۚ— فَكَیْفَ اٰسٰی عَلٰی قَوْمٍ كٰفِرِیْنَ ۟۠

९३) अनि शुऐब (अलैहिस्सलाम) उनीहरूबाट विमुख भई हिंडेर भन्न थालेः कि हे मेरा जातिबन्धु ! मैले तिमीलाई आफ्नो पालनकर्ताको सन्देशहरू पुर्याएको थिएँ र मैले तिम्रो हितको कुरा गरेको थिएँ । तसर्थ म यी काफिहरूमाथि दुःख प्रकट किन गरूँ ? info
التفاسير:

external-link copy
94 : 7

وَمَاۤ اَرْسَلْنَا فِیْ قَرْیَةٍ مِّنْ نَّبِیٍّ اِلَّاۤ اَخَذْنَاۤ اَهْلَهَا بِالْبَاْسَآءِ وَالضَّرَّآءِ لَعَلَّهُمْ یَضَّرَّعُوْنَ ۟

९४) र हामीले कुनै पनि बस्तिमा कुनै नबिलाई पठाएका छैनौं परन्तु त्यहाँका मानिसहरूलाई अभाव र संकटमा पार्यौं, ताकि उनीहरू याचना विन्ति गरुन् (गिडगिडाउन्)। info
التفاسير:

external-link copy
95 : 7

ثُمَّ بَدَّلْنَا مَكَانَ السَّیِّئَةِ الْحَسَنَةَ حَتّٰی عَفَوْا وَّقَالُوْا قَدْ مَسَّ اٰبَآءَنَا الضَّرَّآءُ وَالسَّرَّآءُ فَاَخَذْنٰهُمْ بَغْتَةً وَّهُمْ لَا یَشْعُرُوْنَ ۟

९५) अनि हामीले त्यस दुःखको अवस्थालाई खुशियालीमा बदलिदियौं, यहाँसम्म कि उनको निकै विकास भयो, र भन्नथाले कि हाम्रा पूर्वजलाई पनि दुःख र सुख भएको थियो त हामीले उनीहरूलाई एक्कासी समातिहाल्यौं र उनीहरूलाई थाहा पनि थिएन । info
التفاسير: