Qurani Kərimin mənaca tərcüməsi - Nepal dilinə tərcümə- "Əhlul-Hədis" cəmiyyəti.

स्सजिदः

external-link copy
1 : 32

الٓمّٓ ۟ۚ

१) अलिफ–लाम्–मीम् । info
التفاسير:

external-link copy
2 : 32

تَنْزِیْلُ الْكِتٰبِ لَا رَیْبَ فِیْهِ مِنْ رَّبِّ الْعٰلَمِیْنَ ۟ؕ

२) यसमा कुनै सन्देह छैन कि यस किताबको अवतरण सम्पूर्ण संसारको पालनकर्ताको तर्फबाट हो । info
التفاسير:

external-link copy
3 : 32

اَمْ یَقُوْلُوْنَ افْتَرٰىهُ ۚ— بَلْ هُوَ الْحَقُّ مِنْ رَّبِّكَ لِتُنْذِرَ قَوْمًا مَّاۤ اَتٰىهُمْ مِّنْ نَّذِیْرٍ مِّنْ قَبْلِكَ لَعَلَّهُمْ یَهْتَدُوْنَ ۟

३) के यिनीहरूले भन्छन् कि उसले ‘‘(पैगम्बरले) यसलाई स्वयं रचेका हुन् ?’’ (होइन) बरु त्यो तिम्रो पालनकर्ताको तर्फबाट सत्य हो, ताकि तपाईंले तिनीहरूलाई सावधान गर्नुस्, जसको पासमा तपाईंभन्दा पहिला कोही सावधान गर्नेवाला आएन । ताकि यिनीहरूले सही मार्ग प्राप्त गर्न सकुन् । info
التفاسير:

external-link copy
4 : 32

اَللّٰهُ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ وَمَا بَیْنَهُمَا فِیْ سِتَّةِ اَیَّامٍ ثُمَّ اسْتَوٰی عَلَی الْعَرْشِ ؕ— مَا لَكُمْ مِّنْ دُوْنِهٖ مِنْ وَّلِیٍّ وَّلَا شَفِیْعٍ ؕ— اَفَلَا تَتَذَكَّرُوْنَ ۟

४) अल्लाह नै त हो जसले आकाशहरू र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, सबैलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि सत्तासन(अर्श) माथि उच्च भयो । उस बाहेक तिम्रो लागि कोही मद्दत गर्ने र सिफारिश गर्नेवाला छैन, के तैपनि तिमी उपदेश ग्रहण गर्दैनौ ? info
التفاسير:

external-link copy
5 : 32

یُدَبِّرُ الْاَمْرَ مِنَ السَّمَآءِ اِلَی الْاَرْضِ ثُمَّ یَعْرُجُ اِلَیْهِ فِیْ یَوْمٍ كَانَ مِقْدَارُهٗۤ اَلْفَ سَنَةٍ مِّمَّا تَعُدُّوْنَ ۟

५) उसैले आकाशदेखि धरतीसम्म प्रत्येक कार्यको व्यवस्था गर्दछ । अनि (सबैकाम) एक यस्तो दिनमा उसतर्फ प्रवृत्त हुन्छ (चढछ), जसको गन्ती तिम्रो गणना अनुसार एक हजार वर्ष बराबर हुनेछ । info
التفاسير:

external-link copy
6 : 32

ذٰلِكَ عٰلِمُ الْغَیْبِ وَالشَّهَادَةِ الْعَزِیْزُ الرَّحِیْمُ ۟ۙ

६) उही त परोक्ष र प्रत्यक्षको ज्ञाता हो सर्वशक्ति सम्पन्न ठूलो दयावान् (अल्लाह) हो । info
التفاسير:

external-link copy
7 : 32

الَّذِیْۤ اَحْسَنَ كُلَّ شَیْءٍ خَلَقَهٗ وَبَدَاَ خَلْقَ الْاِنْسَانِ مِنْ طِیْنٍ ۟ۚ

७) जसले सृष्टि गरेको प्रत्येक कुरोलाई राम्रो बनायो र उसले मानिसको रचना माटोबाट शुरू गर्यो । info
التفاسير:

external-link copy
8 : 32

ثُمَّ جَعَلَ نَسْلَهٗ مِنْ سُلٰلَةٍ مِّنْ مَّآءٍ مَّهِیْنٍ ۟ۚ

८) अनि उसको वंश एक तुच्छ पानीको थोपाले चलायो । info
التفاسير:

external-link copy
9 : 32

ثُمَّ سَوّٰىهُ وَنَفَخَ فِیْهِ مِنْ رُّوْحِهٖ وَجَعَلَ لَكُمُ السَّمْعَ وَالْاَبْصَارَ وَالْاَفْـِٕدَةَ ؕ— قَلِیْلًا مَّا تَشْكُرُوْنَ ۟

९) अनि त्यसलाई ठीक–ठीक गरेर त्यसमा आफ्नो आत्मा संचारित गर्यो । उसैले तिम्रो कान आँखा र हृदय बनायो, तापनि तिमीले साह्रै कम कृतज्ञता प्रकट गर्दछौ । info
التفاسير:

external-link copy
10 : 32

وَقَالُوْۤا ءَاِذَا ضَلَلْنَا فِی الْاَرْضِ ءَاِنَّا لَفِیْ خَلْقٍ جَدِیْدٍ ؕ۬— بَلْ هُمْ بِلِقَآءِ رَبِّهِمْ كٰفِرُوْنَ ۟

१०) र उनीहरूले भन्न थालेः कि ‘‘जब हामी धरतीमा मिसिइसक्नेछौं त के फेरि नयाँ रूपमा जीवित हुनेछौं ? बरु साँचो कुरो त यो हो कि, यी मानिसहरू आफ्नो पालनकर्तासितको साक्षात्कारलाई नकारिराखेका छन् । info
التفاسير:

external-link copy
11 : 32

قُلْ یَتَوَفّٰىكُمْ مَّلَكُ الْمَوْتِ الَّذِیْ وُكِّلَ بِكُمْ ثُمَّ اِلٰی رَبِّكُمْ تُرْجَعُوْنَ ۟۠

११) भनिदिनुस् ! ‘‘कि तिमीलाई मृत्युको स्वर्गदूत (इज्राईल) ले जुन कि तिमीमाथि नियुक्त छ, त्यसले मार्नेछ । अनि तिमी सबै आफ्नो पालनकर्तातिर फर्काइने छौ ।’’ info
التفاسير: