Qurani Kərimin mənaca tərcüməsi - Nepal dilinə tərcümə- "Əhlul-Hədis" cəmiyyəti.

Səhifənin rəqəmi:close

external-link copy
113 : 2

وَقَالَتِ الْیَهُوْدُ لَیْسَتِ النَّصٰرٰی عَلٰی شَیْءٍ ۪— وَّقَالَتِ النَّصٰرٰی لَیْسَتِ الْیَهُوْدُ عَلٰی شَیْءٍ ۙ— وَّهُمْ یَتْلُوْنَ الْكِتٰبَ ؕ— كَذٰلِكَ قَالَ الَّذِیْنَ لَا یَعْلَمُوْنَ مِثْلَ قَوْلِهِمْ ۚ— فَاللّٰهُ یَحْكُمُ بَیْنَهُمْ یَوْمَ الْقِیٰمَةِ فِیْمَا كَانُوْا فِیْهِ یَخْتَلِفُوْنَ ۟

११३) यहूदीहरू भन्दछन् कि ईसाईहरू सत्य बाटोमा छैनन् र ईसाईहरू भन्दछन् कि यहूदीहरू सत्य मार्गमा छैनन्, जबकि यिनीहरू तौरात पढ्छन् । यसरी नै ठीक यस्तै कुरा अज्ञानीहरूले पनि गर्दछन् । अल्लाहले कियामतको दिन (प्रलयको दिन) तिनीहरूको यस विवादको फैसला तिनीहरूबीच गर्नेछ । info
التفاسير:

external-link copy
114 : 2

وَمَنْ اَظْلَمُ مِمَّنْ مَّنَعَ مَسٰجِدَ اللّٰهِ اَنْ یُّذْكَرَ فِیْهَا اسْمُهٗ وَسَعٰی فِیْ خَرَابِهَا ؕ— اُولٰٓىِٕكَ مَا كَانَ لَهُمْ اَنْ یَّدْخُلُوْهَاۤ اِلَّا خَآىِٕفِیْنَ ؕ۬— لَهُمْ فِی الدُّنْیَا خِزْیٌ وَّلَهُمْ فِی الْاٰخِرَةِ عَذَابٌ عَظِیْمٌ ۟

११४) त्यसभन्दा ठूलो अन्यायी को हुनसक्छ जसले अल्लाहका मस्जिदहरूमा अल्लाहकै नामको चर्चा गर्न मनाही गर्दछ र तिनलाई बरबाद बनाउने प्रयास गर्दछ ? त्यस्ता मानिसले डर मान्दै त्यसमा जानु पर्छ । तिनीहरूका लागि संसारमा अपमान र आखिरतमा ठूलो सजाय छ । info
التفاسير:

external-link copy
115 : 2

وَلِلّٰهِ الْمَشْرِقُ وَالْمَغْرِبُ ۗ— فَاَیْنَمَا تُوَلُّوْا فَثَمَّ وَجْهُ اللّٰهِ ؕ— اِنَّ اللّٰهَ وَاسِعٌ عَلِیْمٌ ۟

११५) पूर्व र पश्चिमको स्वामी अल्लाह नै हो । तिमी जतातिर फर्के पनि अल्लाहको अनुहारलाई उतैतिर पाउने छौ । निःसन्देह अल्लाह सर्वव्यापी, सर्वत्र र सर्वज्ञानी छ । info
التفاسير:

external-link copy
116 : 2

وَقَالُوا اتَّخَذَ اللّٰهُ وَلَدًا ۙ— سُبْحٰنَهٗ ؕ— بَلْ لَّهٗ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— كُلٌّ لَّهٗ قٰنِتُوْنَ ۟

११६) यिनीहरू भन्दछन् कि अल्लाहका सन्तान छन् । (होइन) बरु अल्लाह पवित्र छ, आकाश र जमिनका सबै सृजनाहरू उसै अधीन छन् र प्रत्येक उसैको आज्ञाकारी छन् । info
التفاسير:

external-link copy
117 : 2

بَدِیْعُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَاِذَا قَضٰۤی اَمْرًا فَاِنَّمَا یَقُوْلُ لَهٗ كُنْ فَیَكُوْنُ ۟

११७) ऊ आकाशहरू र जमिनको स्रष्टा हो । जब कुनै काम गर्न चाहन्छ तब त्यसलाई आदेश दिन्छ कि भइहाल, अनि त्यो भइहाल्छ । info
التفاسير:

external-link copy
118 : 2

وَقَالَ الَّذِیْنَ لَا یَعْلَمُوْنَ لَوْلَا یُكَلِّمُنَا اللّٰهُ اَوْ تَاْتِیْنَاۤ اٰیَةٌ ؕ— كَذٰلِكَ قَالَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ مِّثْلَ قَوْلِهِمْ ؕ— تَشَابَهَتْ قُلُوْبُهُمْ ؕ— قَدْ بَیَّنَّا الْاٰیٰتِ لِقَوْمٍ یُّوْقِنُوْنَ ۟

११८) यस्तै अज्ञानी मानिसहरू भन्दछन् कि अल्लाह हामीसँग वार्तालाप किन गर्दैन, अथवा हाम्रो लागि कुनै चिनो किन आउँदैन ? यस्तै यस प्रकारको कुरा उनीभन्दा अघिकाले पनि गरेका थिए । उनीहरूका र यिनीहरूका हृदयहरू एक जस्ता भइसके र हामीले त आस्थावानहरूका लागि चिनोको वर्णन गरिसकेका छौं । info
التفاسير:

external-link copy
119 : 2

اِنَّاۤ اَرْسَلْنٰكَ بِالْحَقِّ بَشِیْرًا وَّنَذِیْرًا ۙ— وَّلَا تُسْـَٔلُ عَنْ اَصْحٰبِ الْجَحِیْمِ ۟

११९) (हे मुहम्मद !) हामीले तपाईलाई सत्यको साथमा शुभसन्देश सुनाउने र डर देखाउनेवाला बनाएर पठाएका छौं र नर्कमा जानेहरूको सम्बन्धमा तपाईसँग केही जवाफदेही हुने छैन । info
التفاسير: