२४) तिनीहरूले (समुदायका व्यक्तिहरूले) भने, हे मूसा ! जबसम्म तिनीहरू त्यहाँ छन्, हामी कहिल्यै त्यहाँ जान सक्तैनौं, त्यसकारण तिमी र तिम्रो अल्लाह दुवै गएर लडाई गर, हामी यहाँ बसिरहने छौं ।
२५) मूसाले अल्लाहसँग विन्ति गरे कि हे परवरदिगार ! मलाई आफूमाथि र मेरा साक्खै भाइ बाहेक अन्य कसैमाथि कुनै अधिकार छैन, तसर्थ तिमीले हामीलाई यी अवज्ञाकारीहरूबाट अलग गरिदेऊ ।
२६) आदेश भयो कि अब तिनीहरूको निम्ति चालीस वर्षसम्मको लागि पृथ्वी हराम गरिएको छ, यिनीहरू जंगल क्षेत्रमा यता–उता हिंडिराख्ने छन्, तसर्थ ती अवज्ञाकारीहरूको लागि तिमी चिन्तित नहोऊ ।
२७) (हे मुहम्मद !) तिनीहरूलाई आदमका दुईटा छोरा (हाबील र काबील) का कुराहरूलार्इ पनि सत्यताको साथ सुनाइदिनु कि जब ती दुवैले (अल्लाहलाई) केही भेंट अर्पित गरे, तब एउटाको भेंटी स्वीकार भयो र अर्कोको स्वीकार भएन । उसले (काबीलले) भन्न थाल्यो कि मैले तिमीलाई हत्या गर्नेछु । (हाबीलले) भन्यो कि अल्लाहले आत्मसंयमीहरूको कर्म स्वीकार गर्नेगर्दछ ।
३१) त्यसपछि अल्लाहले एउटा काग पठायो, जसले कि माटो यसकारण खनिरहेको थियो कि त्यसलाई देखाओस् कि उसले आफ्नो भाइको मृतक शरीर कसरी लुकाओस् । उसले भन्न थाल्यो कि ज्यादै दुःखको कुरो छ कि मबाट यति पनि हुन सकेन कि म यस काग जस्तो आफ्नो भाइको शव लुकाउन सकूँ । अनि उसलाई पछुतो भयो र ऊ लज्जितहरूमध्येको भयो ।