६०) र तिमीलाई जे जति प्रदान गरिएको छ त्यो त सांसारिक जीवनको सामग्री र त्यसको शोभा मात्र हो । र जे जति अल्लाहको पासमा छ त्यो उत्तम र दीर्घकालसम्म रहनेवाला छ । के तिमीले बुझ्दैनौ ?
६१) के त्यो व्यक्ति जोसँग हामीले राम्रो वाचा गरेका छौं र त्यसलाई उसले प्राप्त पनि गर्नेवाला छ, त्यस मानिस सरह हुनसक्छ जसलाई हामीले मात्र सांसारिक जीवनका सामग्री प्रदान गरेका छौं ? अनि त्यो कियामतको दिन (समातिएर) पेश गरिनेछ ।
६३) जुन मानिसहरूमाथि आदेश प्रमाणित भइसकेको हुनेछ, उनीहरूले जवाफ दिने छन्ः कि हे हाम्रो पालनकर्ता ! यी तीनै हुन्, जसलाई हामीले मार्गविचलित गरेका थियौं । हामी त्यस्तै उनीहरूलाई पथविचलित गरेका थिएँ जसरी हामी आफै पथभ्रष्ट थियौं । हामीले तिम्रो सम्मुख आफ्नो कुरा स्पष्ट गरिदियौं, कि यिनीहरूसित हाम्रो कुनै सम्बन्ध छैन र यिनीहरूले हामीलाई पूजा गर्दैनथे ।
६४) र भनिनेछः कि आफ्ना साझेदारहरूलाई बोलाऊ, उनीहरूले तिनीहरूलाई बोलाउनेछन् तर तिनीहरूले उनीहरूको कुनै उत्तर दिने छैनन् र सबै सजाय देख्नेछन्, यिनीहरूले मार्गदर्शन प्राप्त भएको भए कति राम्रो हुने थियो ।
६८) र तपाईको पालनकर्ताले जे चाहन्छ, सृष्टि गर्दछ र जसलाई चाहन्छ रोज्दछ । उनीहरूमध्ये कसैलाई कुनै अधिकार प्राप्त छैन । अल्लाहकै लागि पवित्रता छ, ऊ ती सबैभन्दा महान र उच्च छ, जसलाई उनीहरूले साझेदार मान्दछन् ।
७०) उही अल्लाह हो, उसबाहेक कोही पूजा योग्य छैन । यस संसार र परलोकमा सम्पूर्ण प्रशंसा उसैको लागि छ । र उही सर्वाधिपति हो र उसैतिर तिमीहरू फर्केर जानेछौ ।