ترجمهٔ معانی قرآن کریم - ترجمه‌ى نپالی - انجمن اهل حديث

شماره صفحه:close

external-link copy
60 : 28

وَمَاۤ اُوْتِیْتُمْ مِّنْ شَیْءٍ فَمَتَاعُ الْحَیٰوةِ الدُّنْیَا وَزِیْنَتُهَا ۚ— وَمَا عِنْدَ اللّٰهِ خَیْرٌ وَّاَبْقٰی ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟۠

६०) र तिमीलाई जे जति प्रदान गरिएको छ त्यो त सांसारिक जीवनको सामग्री र त्यसको शोभा मात्र हो । र जे जति अल्लाहको पासमा छ त्यो उत्तम र दीर्घकालसम्म रहनेवाला छ । के तिमीले बुझ्दैनौ ? info
التفاسير:

external-link copy
61 : 28

اَفَمَنْ وَّعَدْنٰهُ وَعْدًا حَسَنًا فَهُوَ لَاقِیْهِ كَمَنْ مَّتَّعْنٰهُ مَتَاعَ الْحَیٰوةِ الدُّنْیَا ثُمَّ هُوَ یَوْمَ الْقِیٰمَةِ مِنَ الْمُحْضَرِیْنَ ۟

६१) के त्यो व्यक्ति जोसँग हामीले राम्रो वाचा गरेका छौं र त्यसलाई उसले प्राप्त पनि गर्नेवाला छ, त्यस मानिस सरह हुनसक्छ जसलाई हामीले मात्र सांसारिक जीवनका सामग्री प्रदान गरेका छौं ? अनि त्यो कियामतको दिन (समातिएर) पेश गरिनेछ । info
التفاسير:

external-link copy
62 : 28

وَیَوْمَ یُنَادِیْهِمْ فَیَقُوْلُ اَیْنَ شُرَكَآءِیَ الَّذِیْنَ كُنْتُمْ تَزْعُمُوْنَ ۟

६२) र जुन दिन अल्लाहले उनीहरूलाई बोलाएर सोध्नेछ, कि तिमीहरू आफूले ठानेको मेरा साझेदारहरू कहाँ छन् ? info
التفاسير:

external-link copy
63 : 28

قَالَ الَّذِیْنَ حَقَّ عَلَیْهِمُ الْقَوْلُ رَبَّنَا هٰۤؤُلَآءِ الَّذِیْنَ اَغْوَیْنَا ۚ— اَغْوَیْنٰهُمْ كَمَا غَوَیْنَا ۚ— تَبَرَّاْنَاۤ اِلَیْكَ ؗ— مَا كَانُوْۤا اِیَّانَا یَعْبُدُوْنَ ۟

६३) जुन मानिसहरूमाथि आदेश प्रमाणित भइसकेको हुनेछ, उनीहरूले जवाफ दिने छन्ः कि हे हाम्रो पालनकर्ता ! यी तीनै हुन्, जसलाई हामीले मार्गविचलित गरेका थियौं । हामी त्यस्तै उनीहरूलाई पथविचलित गरेका थिएँ जसरी हामी आफै पथभ्रष्ट थियौं । हामीले तिम्रो सम्मुख आफ्नो कुरा स्पष्ट गरिदियौं, कि यिनीहरूसित हाम्रो कुनै सम्बन्ध छैन र यिनीहरूले हामीलाई पूजा गर्दैनथे । info
التفاسير:

external-link copy
64 : 28

وَقِیْلَ ادْعُوْا شُرَكَآءَكُمْ فَدَعَوْهُمْ فَلَمْ یَسْتَجِیْبُوْا لَهُمْ وَرَاَوُا الْعَذَابَ ۚ— لَوْ اَنَّهُمْ كَانُوْا یَهْتَدُوْنَ ۟

६४) र भनिनेछः कि आफ्ना साझेदारहरूलाई बोलाऊ, उनीहरूले तिनीहरूलाई बोलाउनेछन् तर तिनीहरूले उनीहरूको कुनै उत्तर दिने छैनन् र सबै सजाय देख्नेछन्, यिनीहरूले मार्गदर्शन प्राप्त भएको भए कति राम्रो हुने थियो । info
التفاسير:

external-link copy
65 : 28

وَیَوْمَ یُنَادِیْهِمْ فَیَقُوْلُ مَاذَاۤ اَجَبْتُمُ الْمُرْسَلِیْنَ ۟

६५) र जुन दिन उनीहरूलाई बोलाएर सोध्नेछः कि तिमीहरूले पैगम्बरहरूलाई के जवाफ दियौ ? info
التفاسير:

external-link copy
66 : 28

فَعَمِیَتْ عَلَیْهِمُ الْاَنْۢبَآءُ یَوْمَىِٕذٍ فَهُمْ لَا یَتَسَآءَلُوْنَ ۟

६६) त्यस दिन उनीहरूले कुनै तर्क गर्नसक्ने छैनन्, अनि उनीहरू आपसमा पनि सोधपूछ गर्ने छैनन् । info
التفاسير:

external-link copy
67 : 28

فَاَمَّا مَنْ تَابَ وَاٰمَنَ وَعَمِلَ صَالِحًا فَعَسٰۤی اَنْ یَّكُوْنَ مِنَ الْمُفْلِحِیْنَ ۟

६७) हो, जसले तौबा गरिहाल्यो र ईमान ल्यायो र असल कर्म गर्यो त निश्चित छ कि त्यो मुक्ति पाउनेहरूमध्येको हुनेछ । info
التفاسير:

external-link copy
68 : 28

وَرَبُّكَ یَخْلُقُ مَا یَشَآءُ وَیَخْتَارُ ؕ— مَا كَانَ لَهُمُ الْخِیَرَةُ ؕ— سُبْحٰنَ اللّٰهِ وَتَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟

६८) र तपाईको पालनकर्ताले जे चाहन्छ, सृष्टि गर्दछ र जसलाई चाहन्छ रोज्दछ । उनीहरूमध्ये कसैलाई कुनै अधिकार प्राप्त छैन । अल्लाहकै लागि पवित्रता छ, ऊ ती सबैभन्दा महान र उच्च छ, जसलाई उनीहरूले साझेदार मान्दछन् । info
التفاسير:

external-link copy
69 : 28

وَرَبُّكَ یَعْلَمُ مَا تُكِنُّ صُدُوْرُهُمْ وَمَا یُعْلِنُوْنَ ۟

६९) तपाईको पालनकर्ताले त्यो सबै जान्दछ, जुन उनीहरूको मनमा लुकेका हुन्छन् र जे जति उनीहरूले बाहिर व्यक्त गर्दछन् info
التفاسير:

external-link copy
70 : 28

وَهُوَ اللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— لَهُ الْحَمْدُ فِی الْاُوْلٰی وَالْاٰخِرَةِ ؗ— وَلَهُ الْحُكْمُ وَاِلَیْهِ تُرْجَعُوْنَ ۟

७०) उही अल्लाह हो, उसबाहेक कोही पूजा योग्य छैन । यस संसार र परलोकमा सम्पूर्ण प्रशंसा उसैको लागि छ । र उही सर्वाधिपति हो र उसैतिर तिमीहरू फर्केर जानेछौ । info
التفاسير: