የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር

የገፅ ቁጥር:close

external-link copy
54 : 24

قُلْ اَطِیْعُوا اللّٰهَ وَاَطِیْعُوا الرَّسُوْلَ ۚ— فَاِنْ تَوَلَّوْا فَاِنَّمَا عَلَیْهِ مَا حُمِّلَ وَعَلَیْكُمْ مَّا حُمِّلْتُمْ ؕ— وَاِنْ تُطِیْعُوْهُ تَهْتَدُوْا ؕ— وَمَا عَلَی الرَّسُوْلِ اِلَّا الْبَلٰغُ الْمُبِیْنُ ۟

५४) भनिदिनुस् कीः अल्लाहको आज्ञापालना गर र रसूलको आदेशको अनुशरण गर । यदि तिमी विमुख हुन्छौ भने रसूलको जिम्मामा त्यति मात्र छ जति उहाँलाई भनिएको छ । र तिमीमाथि त्यसको जवाफदेही छ जुन तिम्रो जिम्मा छ । र यदि रसूलको आदेश अनुसार हिंड्ने छौ भने सिधा मार्ग प्राप्त हुनेछ । र रसूलको जिम्मामा त स्पष्टरूपले (आदेशलाई) पुर्याइदिने सम्म मात्र हो । info
التفاسير:

external-link copy
55 : 24

وَعَدَ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا مِنْكُمْ وَعَمِلُوا الصّٰلِحٰتِ لَیَسْتَخْلِفَنَّهُمْ فِی الْاَرْضِ كَمَا اسْتَخْلَفَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ۪— وَلَیُمَكِّنَنَّ لَهُمْ دِیْنَهُمُ الَّذِی ارْتَضٰی لَهُمْ وَلَیُبَدِّلَنَّهُمْ مِّنْ بَعْدِ خَوْفِهِمْ اَمْنًا ؕ— یَعْبُدُوْنَنِیْ لَا یُشْرِكُوْنَ بِیْ شَیْـًٔا ؕ— وَمَنْ كَفَرَ بَعْدَ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الْفٰسِقُوْنَ ۟

५५) अल्लाहले तिमीहरूमध्ये ती मानिसहरूसित, जसले ईमान ल्याए र असल कर्म गरे, वचन दिएको छः कि उसले उनीहरूलाई धर्तीमा अवश्य नै सत्ताधिकार प्रदान गर्नेछ, जसरी उसले उनीहरूभन्दा अगाडिका मानिसहरूलाई सत्ताधिकार प्रदान गरेको थियो र उनीहरूको धर्मलाई जुन उनीहरूको निम्ति रुचाएको छ त्यसलाई दृढ र बलियो बनाउनेछ, र निश्चय नै उनीहरूको वर्तमान भयको बदलामा उसले उनीहरूलाई शान्ति प्रदान गराउने छ । उनीहरूले मेरो अराधना गर्नेछन्, (र) मेरो साथमा कसैको साझेदारी ठहराउँने छैनन् र जसले यस पश्चात पनि कृतध्नता र कुफ्र गर्दछन् तिनी निश्चितरूपले अवज्ञाकारी हुन् । info
التفاسير:

external-link copy
56 : 24

وَاَقِیْمُوا الصَّلٰوةَ وَاٰتُوا الزَّكٰوةَ وَاَطِیْعُوا الرَّسُوْلَ لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟

५६) र नमाज पढिराख र जकात दिइराख र अल्लाहको पैगम्बरको आदेश अनुसार हिंड्ने गर ताकि तिमीमाथि कृपा गरियोस् । info
التفاسير:

external-link copy
57 : 24

لَا تَحْسَبَنَّ الَّذِیْنَ كَفَرُوْا مُعْجِزِیْنَ فِی الْاَرْضِ ۚ— وَمَاْوٰىهُمُ النَّارُ ؕ— وَلَبِئْسَ الْمَصِیْرُ ۟۠

५७) काफिरहरू यस्तो कहिले नठानुन् कि उनीहरू हामीलाई जमिनमा हराउने छन् (नियन्त्रित गर्नेछन्), यिनीहरूको बासस्थान त नर्क नै हो र त्यो साह्रै नराम्रो बासस्थान हो । info
التفاسير:

external-link copy
58 : 24

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لِیَسْتَاْذِنْكُمُ الَّذِیْنَ مَلَكَتْ اَیْمَانُكُمْ وَالَّذِیْنَ لَمْ یَبْلُغُوا الْحُلُمَ مِنْكُمْ ثَلٰثَ مَرّٰتٍ ؕ— مِنْ قَبْلِ صَلٰوةِ الْفَجْرِ وَحِیْنَ تَضَعُوْنَ ثِیَابَكُمْ مِّنَ الظَّهِیْرَةِ وَمِنْ بَعْدِ صَلٰوةِ الْعِشَآءِ ۫ؕ— ثَلٰثُ عَوْرٰتٍ لَّكُمْ ؕ— لَیْسَ عَلَیْكُمْ وَلَا عَلَیْهِمْ جُنَاحٌ بَعْدَهُنَّ ؕ— طَوّٰفُوْنَ عَلَیْكُمْ بَعْضُكُمْ عَلٰی بَعْضٍ ؕ— كَذٰلِكَ یُبَیِّنُ اللّٰهُ لَكُمُ الْاٰیٰتِ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟

५८) हे मोमिनहरू ! तिमीमध्येका तिम्रा दास, दासीहरू र नाबालकहरूको लागि आवश्यक छ कि तीन समयहरूमा तिमीसित अनुमति लिइहालुन् प्रभातकालिन नमाजे फज्रभन्दा अगाडि, र जब दिउँसो तिमीले आरामको निम्ति आफ्ना लुगाहरू फुकाइदिन्छौ, र (तेस्रो) इशाको नमाज पश्चात । (यी) तीन समय तिम्रो एकान्त र पर्दाका हुन् । यी समय बाहेक (अन्य समयहरूमा) न तिमीमाथि कुनै दोष छ र न उनीहरूमाथि । जुन कि (कामको लागि) एक अर्काको पासमा आइरहन्छौ । यसप्रकार अल्लाहले आफ्नो आयतहरूलाई स्पष्टरूपले वर्णन गर्दछ र अल्लाह राम्ररी जान्नेवाला, सूक्ष्मदर्शी छ । info
التفاسير: