የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር

የገፅ ቁጥር:close

external-link copy
114 : 20

فَتَعٰلَی اللّٰهُ الْمَلِكُ الْحَقُّ ۚ— وَلَا تَعْجَلْ بِالْقُرْاٰنِ مِنْ قَبْلِ اَنْ یُّقْضٰۤی اِلَیْكَ وَحْیُهٗ ؗ— وَقُلْ رَّبِّ زِدْنِیْ عِلْمًا ۟

११४) अतः अल्लाह गोरवपूर्ण र सच्चा सम्राट हो । कुरआनको ‘‘वह्य’’ जुन तिमीतिर पठाइन्छ, त्यो पूरा हुनुभन्दा अगाडि कुरआनलाई पढ्नुको निम्ति हतार गर्ने नगर र भनः ‘‘मेरो पालनकर्ता, मलाई ज्ञानमा अभिवृद्धि प्रदान गरोस्’’ । info
التفاسير:

external-link copy
115 : 20

وَلَقَدْ عَهِدْنَاۤ اِلٰۤی اٰدَمَ مِنْ قَبْلُ فَنَسِیَ وَلَمْ نَجِدْ لَهٗ عَزْمًا ۟۠

११५) हामीले यसभन्दा पहिला आदमलाई एउटा निश्चित आदेश दिएका थियौं तर उसले बिर्सिहाल्यो र हामीले त्यसमा कुनै संतोष र दृढता देखेनौं । info
التفاسير:

external-link copy
116 : 20

وَاِذْ قُلْنَا لِلْمَلٰٓىِٕكَةِ اسْجُدُوْا لِاٰدَمَ فَسَجَدُوْۤا اِلَّاۤ اِبْلِیْسَ ؕ— اَبٰی ۟

११६) र जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, तब इब्लीस बाहेक सबैले सज्दा गरे तर इब्लीसले सो गर्नुबाट पूरै इन्कार गर्यो । info
التفاسير:

external-link copy
117 : 20

فَقُلْنَا یٰۤاٰدَمُ اِنَّ هٰذَا عَدُوٌّ لَّكَ وَلِزَوْجِكَ فَلَا یُخْرِجَنَّكُمَا مِنَ الْجَنَّةِ فَتَشْقٰی ۟

११७) अनि हामीले भन्यौं कि हे आदम निश्चय नै यो तिमी र तिम्रो पत्नीको शत्रु हो । ध्यान गर यस्तो नहोस् कि यसले तिमी दुवैलाई जन्नतबाट (स्वर्गबाट) निष्कासित गराइदेओस् र तिमी कष्टमा परिहाल । info
التفاسير:

external-link copy
118 : 20

اِنَّ لَكَ اَلَّا تَجُوْعَ فِیْهَا وَلَا تَعْرٰی ۟ۙ

११८) यहाँ तिमीलाई यो आराम छ कि न तिमी भोको रहनेछौ न नाङ्गो रहनेछौ । info
التفاسير:

external-link copy
119 : 20

وَاَنَّكَ لَا تَظْمَؤُا فِیْهَا وَلَا تَضْحٰی ۟

११९) र यो पनि कि न तिमी यहाँ तिर्खाएको रहनेछौ नत गरमीको कष्ट भोग्नेछौ । info
التفاسير:

external-link copy
120 : 20

فَوَسْوَسَ اِلَیْهِ الشَّیْطٰنُ قَالَ یٰۤاٰدَمُ هَلْ اَدُلُّكَ عَلٰی شَجَرَةِ الْخُلْدِ وَمُلْكٍ لَّا یَبْلٰی ۟

१२०) त्यसपछि शैतानले उनलाई उक्सायो, भन्नथाल्योः (हे आदम)के मैले तिमीलाई शाश्वत जीवनको वृक्षको बारेमा भनूँ र यस्तो राज्यको सम्बन्धमा जो कहिल्यै पूरानो हुँदैन ?’’ info
التفاسير:

external-link copy
121 : 20

فَاَكَلَا مِنْهَا فَبَدَتْ لَهُمَا سَوْاٰتُهُمَا وَطَفِقَا یَخْصِفٰنِ عَلَیْهِمَا مِنْ وَّرَقِ الْجَنَّةِ ؗ— وَعَصٰۤی اٰدَمُ رَبَّهٗ فَغَوٰی ۪۟ۖ

१२१) अन्ततः ती दुवैले त्यस वृक्षबाट केही खाइहाले, जसको परिणामस्वरूप तिनीहरूका लुकाउने कुरा (गोप्य अंगहरू) तिनीहरूको अगाडि खुल्ला भइहाले र ती दुवैले आफना अंग जन्नतका (स्वर्गका) पातहरूले छोप्न थाले र आदमले आफ्नो पालनकर्ताको (आदेशको) उल्लघंन गरे अनि मार्गविचलित भइहाले । info
التفاسير:

external-link copy
122 : 20

ثُمَّ اجْتَبٰهُ رَبُّهٗ فَتَابَ عَلَیْهِ وَهَدٰی ۟

१२२) अनि उनको पालनकर्ताले उनलाई रोज्यो, र उनको प्रायश्चित स्वीकार गर्यो र उनको मार्गदर्शन, गर्यो । info
التفاسير:

external-link copy
123 : 20

قَالَ اهْبِطَا مِنْهَا جَمِیْعًا بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ ۚ— فَاِمَّا یَاْتِیَنَّكُمْ مِّنِّیْ هُدًی ۙ۬— فَمَنِ اتَّبَعَ هُدَایَ فَلَا یَضِلُّ وَلَا یَشْقٰی ۟

१२३) आदेश भयो तिमी दुवै यहाँबाट तल झर । तिमी आपसमा एक अर्काको शत्रु हौ । अब जहिले पनि मेरो तर्फबाट मार्गदर्शन जानेछ तब जसले मेरो मार्गदर्शनको अनुपालन गर्दछ, ऊ नत पथभ्रष्ट हुनेछ र न कष्टमा पर्नेछ । info
التفاسير:

external-link copy
124 : 20

وَمَنْ اَعْرَضَ عَنْ ذِكْرِیْ فَاِنَّ لَهٗ مَعِیْشَةً ضَنْكًا وَّنَحْشُرُهٗ یَوْمَ الْقِیٰمَةِ اَعْمٰی ۟

१२४) र जसले मेरो स्मृतिबाट विमुख हुनेछ त्यसको जीवन कष्टमय हुनेछ र कियामतको दिन त्यसलाई हामीले अन्धा बनाएर उठाउने छौं । info
التفاسير:

external-link copy
125 : 20

قَالَ رَبِّ لِمَ حَشَرْتَنِیْۤ اَعْمٰی وَقَدْ كُنْتُ بَصِیْرًا ۟

१२५) उसले भन्नेछ किः मेरो पालनकर्ता तिमीले मलाई अन्धो पारेर किन उठायौ, जबकि म त आँखा देख्नेवाला थिएँ ? info
التفاسير: