Қуръони Карим маъноларининг таржимаси - Непалча таржима - Аҳлул ҳадис муассасаси

श्शम्स

external-link copy
1 : 91

وَالشَّمْسِ وَضُحٰىهَا ۟

१) सूर्यको कसम र त्यसको तापको । info
التفاسير:

external-link copy
2 : 91

وَالْقَمَرِ اِذَا تَلٰىهَا ۟

२) र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ । info
التفاسير:

external-link copy
3 : 91

وَالنَّهَارِ اِذَا جَلّٰىهَا ۟

३) र दिनको कसम जब सूर्यलाई प्रकट गर्दछ । info
التفاسير:

external-link copy
4 : 91

وَالَّیْلِ اِذَا یَغْشٰىهَا ۟

४) र रात्रीको कसम जब उसलाई लुकाउँछ । info
التفاسير:

external-link copy
5 : 91

وَالسَّمَآءِ وَمَا بَنٰىهَا ۟

५) आकाश र त्यसलाई बनाउनेको कसम । info
التفاسير:

external-link copy
6 : 91

وَالْاَرْضِ وَمَا طَحٰىهَا ۟

६) कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको । info
التفاسير:

external-link copy
7 : 91

وَنَفْسٍ وَّمَا سَوّٰىهَا ۟

७) कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को । info
التفاسير:

external-link copy
8 : 91

فَاَلْهَمَهَا فُجُوْرَهَا وَتَقْوٰىهَا ۟

८) फेरि उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ज्ञान दियो । info
التفاسير:

external-link copy
9 : 91

قَدْ اَفْلَحَ مَنْ زَكّٰىهَا ۟

९) जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो । info
التفاسير:

external-link copy
10 : 91

وَقَدْ خَابَ مَنْ دَسّٰىهَا ۟ؕ

१०) र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो । info
التفاسير:

external-link copy
11 : 91

كَذَّبَتْ ثَمُوْدُ بِطَغْوٰىهَاۤ ۟

११) समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो । info
التفاسير:

external-link copy
12 : 91

اِذِ انْۢبَعَثَ اَشْقٰىهَا ۟

१२) जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो । info
التفاسير:

external-link copy
13 : 91

فَقَالَ لَهُمْ رَسُوْلُ اللّٰهِ نَاقَةَ اللّٰهِ وَسُقْیٰهَا ۟ؕ

१३) (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ । info
التفاسير:

external-link copy
14 : 91

فَكَذَّبُوْهُ فَعَقَرُوْهَا— فَدَمْدَمَ عَلَیْهِمْ رَبُّهُمْ بِذَنْۢبِهِمْ فَسَوّٰىهَا ۟

१४) तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूको पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो । info
التفاسير:

external-link copy
15 : 91

وَلَا یَخَافُ عُقْبٰهَا ۟۠

१५) उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन । info
التفاسير: