قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى

بەت نومۇرى:close

external-link copy
45 : 53

وَاَنَّهٗ خَلَقَ الزَّوْجَیْنِ الذَّكَرَ وَالْاُ ۟ۙ

४५) र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो । info
التفاسير:

external-link copy
46 : 53

مِنْ نُّطْفَةٍ اِذَا تُمْنٰی ۪۟

४६) (वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ । info
التفاسير:

external-link copy
47 : 53

وَاَنَّ عَلَیْهِ النَّشْاَةَ الْاُخْرٰی ۟ۙ

४७) र यो कि (कियामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ । info
التفاسير:

external-link copy
48 : 53

وَاَنَّهٗ هُوَ اَغْنٰی وَاَقْنٰی ۟ۙ

४८) र यो कि उही हो जसले धनी र सन्तुष्ट बनाउँछ । info
التفاسير:

external-link copy
49 : 53

وَاَنَّهٗ هُوَ رَبُّ الشِّعْرٰی ۟ۙ

४९) र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो । info
التفاسير:

external-link copy
50 : 53

وَاَنَّهٗۤ اَهْلَكَ عَادَا ١لْاُوْلٰی ۟ۙ

५०) र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो । info
التفاسير:

external-link copy
51 : 53

وَثَمُوْدَاۡ فَمَاۤ اَبْقٰی ۟ۙ

५१) र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन । info
التفاسير:

external-link copy
52 : 53

وَقَوْمَ نُوْحٍ مِّنْ قَبْلُ ؕ— اِنَّهُمْ كَانُوْا هُمْ اَظْلَمَ وَاَطْغٰی ۟ؕ

५२) र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए । info
التفاسير:

external-link copy
53 : 53

وَالْمُؤْتَفِكَةَ اَهْوٰی ۟ۙ

५३) र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो । info
التفاسير:

external-link copy
54 : 53

فَغَشّٰىهَا مَا غَشّٰی ۟ۚ

५४) अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो । info
التفاسير:

external-link copy
55 : 53

فَبِاَیِّ اٰلَآءِ رَبِّكَ تَتَمَارٰی ۟

५५) अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ ? info
التفاسير:

external-link copy
56 : 53

هٰذَا نَذِیْرٌ مِّنَ النُّذُرِ الْاُوْلٰی ۟

५६) यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् । info
التفاسير:

external-link copy
57 : 53

اَزِفَتِ الْاٰزِفَةُ ۟ۚ

५७) आउनेवाला (कियामत) नजिक आइपुग्यो । info
التفاسير:

external-link copy
58 : 53

لَیْسَ لَهَا مِنْ دُوْنِ اللّٰهِ كَاشِفَةٌ ۟ؕ

५८) त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन । info
التفاسير:

external-link copy
59 : 53

اَفَمِنْ هٰذَا الْحَدِیْثِ تَعْجَبُوْنَ ۟ۙ

५९) अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ ? info
التفاسير:

external-link copy
60 : 53

وَتَضْحَكُوْنَ وَلَا تَبْكُوْنَ ۟ۙ

६०) र हाँस्दछौ ? र रुँदैनौ ? info
التفاسير:

external-link copy
61 : 53

وَاَنْتُمْ سٰمِدُوْنَ ۟

६१) अपितु तिमी खेलिराखेका छौ । info
التفاسير:

external-link copy
62 : 53

فَاسْجُدُوْا لِلّٰهِ وَاعْبُدُوْا ۟

६२) तसर्थ अल्लाहको अगाडि़ ढोग र उसैको उपासना गर । info
التفاسير: