قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى

بەت نومۇرى:close

external-link copy
79 : 10

وَقَالَ فِرْعَوْنُ ائْتُوْنِیْ بِكُلِّ سٰحِرٍ عَلِیْمٍ ۟

७९) र फिरऔनले आदेश दियोः कि सबै अनुभवी जादूगरहरूलाई मेरो सामु ल्याऊ । info
التفاسير:

external-link copy
80 : 10

فَلَمَّا جَآءَ السَّحَرَةُ قَالَ لَهُمْ مُّوْسٰۤی اَلْقُوْا مَاۤ اَنْتُمْ مُّلْقُوْنَ ۟

८०) अनि जब जादूगरहरू आए, तब मूसाले तिनीहरूसित भने कि तिमीहरूले जे जादू गर्न चाहन्छौ गर । info
التفاسير:

external-link copy
81 : 10

فَلَمَّاۤ اَلْقَوْا قَالَ مُوْسٰی مَا جِئْتُمْ بِهِ ۙ— السِّحْرُ ؕ— اِنَّ اللّٰهَ سَیُبْطِلُهٗ ؕ— اِنَّ اللّٰهَ لَا یُصْلِحُ عَمَلَ الْمُفْسِدِیْنَ ۟

८१) जब तिनीहरूले आफ्ना जादूहरू देखाए तब मूसाले भनेः कि जुन कुरो तिमीले बनाएर ल्याएका छौ, जादू हो । निःसन्देह अल्लाह यसलाई (एकैछिनमा) प्रभावहीन पारिदिन्छ । अल्लाहले यस्ता उपद्रवीहरूको कामलाई सफल पार्दैन । info
التفاسير:

external-link copy
82 : 10

وَیُحِقُّ اللّٰهُ الْحَقَّ بِكَلِمٰتِهٖ وَلَوْ كَرِهَ الْمُجْرِمُوْنَ ۟۠

८२) र अल्लाह आफ्नो आदेशले सत्यलाई नै स्थापित गर्दछ, चाहे अपराधिहरूले त्यसलाई जति नराम्रो माने पनि । info
التفاسير:

external-link copy
83 : 10

فَمَاۤ اٰمَنَ لِمُوْسٰۤی اِلَّا ذُرِّیَّةٌ مِّنْ قَوْمِهٖ عَلٰی خَوْفٍ مِّنْ فِرْعَوْنَ وَمَلَاۡىِٕهِمْ اَنْ یَّفْتِنَهُمْ ؕ— وَاِنَّ فِرْعَوْنَ لَعَالٍ فِی الْاَرْضِ ۚ— وَاِنَّهٗ لَمِنَ الْمُسْرِفِیْنَ ۟

८३) तर मूसामाथि धेरैले विश्वास गरेनन् तर उनको कौमका केही मानिसहरू मात्र (त्यो पनि) फिरऔन र त्यसका दरबारीयाहरूसँग डराउँदैं कि त्यसले तिनीहरूलाई दुःख नदेओस् । र फिरऔन त्यस देशमा तागत राख्दथ्यो र निःसन्देह ऊ सिमाउल्लन्घन गर्नेमध्येको थियो । info
التفاسير:

external-link copy
84 : 10

وَقَالَ مُوْسٰی یٰقَوْمِ اِنْ كُنْتُمْ اٰمَنْتُمْ بِاللّٰهِ فَعَلَیْهِ تَوَكَّلُوْۤا اِنْ كُنْتُمْ مُّسْلِمِیْنَ ۟

८४) र मूसाले भनेः हे मेरो कौमका मानिसहरू ! यदि तिमीले अल्लाहमाथि ईमान राख्दछौ भने उसैमाथि भरोसा राख यदि तिमी मुसलमान हौ । info
التفاسير:

external-link copy
85 : 10

فَقَالُوْا عَلَی اللّٰهِ تَوَكَّلْنَا ۚ— رَبَّنَا لَا تَجْعَلْنَا فِتْنَةً لِّلْقَوْمِ الظّٰلِمِیْنَ ۟ۙ

८५) त तिनीहरूले भनेः कि हामी अल्लाहमाथि भरोसा राख्दछौ, हे हाम्रा पालनकर्ता ! हामीलाई अत्याचारीको परीक्षाको (उपमाको) साधन नबनाऊ । info
التفاسير:

external-link copy
86 : 10

وَنَجِّنَا بِرَحْمَتِكَ مِنَ الْقَوْمِ الْكٰفِرِیْنَ ۟

८६) र आफ्नो कृपाले काफिरहरूको सम्प्रदायबाट मुक्त गर । info
التفاسير:

external-link copy
87 : 10

وَاَوْحَیْنَاۤ اِلٰی مُوْسٰی وَاَخِیْهِ اَنْ تَبَوَّاٰ لِقَوْمِكُمَا بِمِصْرَ بُیُوْتًا وَّاجْعَلُوْا بُیُوْتَكُمْ قِبْلَةً وَّاَقِیْمُوا الصَّلٰوةَ ؕ— وَبَشِّرِ الْمُؤْمِنِیْنَ ۟

८७) र हामीले मूसा र उनको भाइको पासमा वह्य पठायौं कि तिमी दुवैले आफ्नो मानिसहरूको निम्ति मिश्रमा केही घर बनाऊ, र आफ्ना घरहरूलाई किब्ला (मास्जिद) बनाऊ र नमाज पढ । र मोमिनहरूलाई शुभसन्देश सुनाइदेऊ । info
التفاسير:

external-link copy
88 : 10

وَقَالَ مُوْسٰی رَبَّنَاۤ اِنَّكَ اٰتَیْتَ فِرْعَوْنَ وَمَلَاَهٗ زِیْنَةً وَّاَمْوَالًا فِی الْحَیٰوةِ الدُّنْیَا ۙ— رَبَّنَا لِیُضِلُّوْا عَنْ سَبِیْلِكَ ۚ— رَبَّنَا اطْمِسْ عَلٰۤی اَمْوَالِهِمْ وَاشْدُدْ عَلٰی قُلُوْبِهِمْ فَلَا یُؤْمِنُوْا حَتّٰی یَرَوُا الْعَذَابَ الْاَلِیْمَ ۟

८८) र मूसाले भनेः हे हाम्रो पालनकर्ता ! तिमीले फिरऔन र त्यसका नायकहरूलाई सांसारिक जीवनमा (प्रशस्त) शोभनीय सामग्री, धन सम्पत्ति दिएका छौ, हे पालनकर्ता ! यस्तो यसको लागि दिएका छौ कि तिम्रो सही बाटोबाट विचलित गरुन्, हे पालनकर्ता ! यिनीहरूका धन सम्पत्तिलाई नष्ट पारिदेऊ, र यिनीहरूको हृदयलाई कठोर बनाइदेऊ, जसले यिनीहरू ईमान ल्याउन नपाउन् यहाँसम्म कि कष्टदायक सजाय देखुन् । info
التفاسير: