Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi

न्नबा

external-link copy
1 : 78

عَمَّ یَتَسَآءَلُوْنَ ۟ۚ

१) (यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन् ? info
التفاسير:

external-link copy
2 : 78

عَنِ النَّبَاِ الْعَظِیْمِ ۟ۙ

२) (के) त्यस ठूलो समाचारको बारेमा ? info
التفاسير:

external-link copy
3 : 78

الَّذِیْ هُمْ فِیْهِ مُخْتَلِفُوْنَ ۟ؕ

३) जसमा यिनीहरूले मतभेद गरिराखेका छन्, info
التفاسير:

external-link copy
4 : 78

كَلَّا سَیَعْلَمُوْنَ ۟ۙ

४) हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् । info
التفاسير:

external-link copy
5 : 78

ثُمَّ كَلَّا سَیَعْلَمُوْنَ ۟

५) अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् । info
التفاسير:

external-link copy
6 : 78

اَلَمْ نَجْعَلِ الْاَرْضَ مِهٰدًا ۟ۙ

६) के हामीले धरतीलाई ओछ्यान बनाएनौं ? info
التفاسير:

external-link copy
7 : 78

وَّالْجِبَالَ اَوْتَادًا ۟ۙ

७) र पहाडहरूलाई मेख खम्बा ? info
التفاسير:

external-link copy
8 : 78

وَّخَلَقْنٰكُمْ اَزْوَاجًا ۟ۙ

८) र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं । info
التفاسير:

external-link copy
9 : 78

وَّجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا ۟ۙ

९) र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं । info
التفاسير:

external-link copy
10 : 78

وَّجَعَلْنَا الَّیْلَ لِبَاسًا ۟ۙ

१०) र रातलाई पर्दा बनायौं । info
التفاسير:

external-link copy
11 : 78

وَّجَعَلْنَا النَّهَارَ مَعَاشًا ۟ۚ

११) र दिनलाई जीविकोपार्जनको समय बनायौं । info
التفاسير:

external-link copy
12 : 78

وَبَنَیْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا ۟ۙ

१२) र तिमीमाथि हामीले सातवटा सुदृढ आकाशहरू निर्मित गर्यौं, info
التفاسير:

external-link copy
13 : 78

وَّجَعَلْنَا سِرَاجًا وَّهَّاجًا ۟ۙ

१३) र एक चम्किलो प्रकाशमान सूर्य बनायौं । info
التفاسير:

external-link copy
14 : 78

وَّاَنْزَلْنَا مِنَ الْمُعْصِرٰتِ مَآءً ثَجَّاجًا ۟ۙ

१४) र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं । info
التفاسير:

external-link copy
15 : 78

لِّنُخْرِجَ بِهٖ حَبًّا وَّنَبَاتًا ۟ۙ

१५) ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं, info
التفاسير:

external-link copy
16 : 78

وَّجَنّٰتٍ اَلْفَافًا ۟ؕ

१६) र बाक्ला घना बगैंचाहरू, info
التفاسير:

external-link copy
17 : 78

اِنَّ یَوْمَ الْفَصْلِ كَانَ مِیْقَاتًا ۟ۙ

१७) निःसन्देह फैसलाको दिन निश्चित छ, info
التفاسير:

external-link copy
18 : 78

یَّوْمَ یُنْفَخُ فِی الصُّوْرِ فَتَاْتُوْنَ اَفْوَاجًا ۟ۙ

१८) जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ । info
التفاسير:

external-link copy
19 : 78

وَّفُتِحَتِ السَّمَآءُ فَكَانَتْ اَبْوَابًا ۟ۙ

१९) र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ । info
التفاسير:

external-link copy
20 : 78

وَّسُیِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا ۟ؕ

२०) र पहाडहरूलार्इ चलाइनेछ, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् । info
التفاسير:

external-link copy
21 : 78

اِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا ۟ۙ

२१) निःसंदेह नर्क घातमा छ । info
التفاسير:

external-link copy
22 : 78

لِّلطَّاغِیْنَ مَاٰبًا ۟ۙ

२२) अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो । info
التفاسير:

external-link copy
23 : 78

لّٰبِثِیْنَ فِیْهَاۤ اَحْقَابًا ۟ۚ

२३) त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् । info
التفاسير:

external-link copy
24 : 78

لَا یَذُوْقُوْنَ فِیْهَا بَرْدًا وَّلَا شَرَابًا ۟ۙ

२४) उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको । info
التفاسير:

external-link copy
25 : 78

اِلَّا حَمِیْمًا وَّغَسَّاقًا ۟ۙ

२५) उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ । info
التفاسير:

external-link copy
26 : 78

جَزَآءً وِّفَاقًا ۟ؕ

२६) उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् । info
التفاسير:

external-link copy
27 : 78

اِنَّهُمْ كَانُوْا لَا یَرْجُوْنَ حِسَابًا ۟ۙ

२७) उनीहरूलाई त हिसाबको आशा नै थिएन । info
التفاسير:

external-link copy
28 : 78

وَّكَذَّبُوْا بِاٰیٰتِنَا كِذَّابًا ۟ؕ

२८) र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे । info
التفاسير:

external-link copy
29 : 78

وَكُلَّ شَیْءٍ اَحْصَیْنٰهُ كِتٰبًا ۟ۙ

२९) हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं । info
التفاسير:

external-link copy
30 : 78

فَذُوْقُوْا فَلَنْ نَّزِیْدَكُمْ اِلَّا عَذَابًا ۟۠

३०) तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं । info
التفاسير:

external-link copy
31 : 78

اِنَّ لِلْمُتَّقِیْنَ مَفَازًا ۟ۙ

३१) निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ । info
التفاسير:

external-link copy
32 : 78

حَدَآىِٕقَ وَاَعْنَابًا ۟ۙ

३२) बगैचाहरू छन्, र अँगूरहरू छन् । info
التفاسير:

external-link copy
33 : 78

وَّكَوَاعِبَ اَتْرَابًا ۟ۙ

३३) नौयोवना कुमारी युवतीहरू छिन् । info
التفاسير:

external-link copy
34 : 78

وَّكَاْسًا دِهَاقًا ۟ؕ

३४) र शराबका (मदिराका) टनाटन भरिएका गिलासहरू । info
التفاسير:

external-link copy
35 : 78

لَا یَسْمَعُوْنَ فِیْهَا لَغْوًا وَّلَا كِذّٰبًا ۟ۚۖ

३५) उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्नेछन् । info
التفاسير:

external-link copy
36 : 78

جَزَآءً مِّنْ رَّبِّكَ عَطَآءً حِسَابًا ۟ۙ

३६) तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ, info
التفاسير:

external-link copy
37 : 78

رَّبِّ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا الرَّحْمٰنِ لَا یَمْلِكُوْنَ مِنْهُ خِطَابًا ۟ۚ

३७) उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन । info
التفاسير:

external-link copy
38 : 78

یَوْمَ یَقُوْمُ الرُّوْحُ وَالْمَلٰٓىِٕكَةُ صَفًّا ۙۗؕ— لَّا یَتَكَلَّمُوْنَ اِلَّا مَنْ اَذِنَ لَهُ الرَّحْمٰنُ وَقَالَ صَوَابًا ۟

३८) जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक- सत्य कुरो मुखबाट निकाल्नेछ । info
التفاسير:

external-link copy
39 : 78

ذٰلِكَ الْیَوْمُ الْحَقُّ ۚ— فَمَنْ شَآءَ اتَّخَذَ اِلٰی رَبِّهٖ مَاٰبًا ۟

३९) त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् । info
التفاسير:

external-link copy
40 : 78

اِنَّاۤ اَنْذَرْنٰكُمْ عَذَابًا قَرِیْبًا ۖۚ۬— یَّوْمَ یَنْظُرُ الْمَرْءُ مَا قَدَّمَتْ یَدٰهُ وَیَقُوْلُ الْكٰفِرُ یٰلَیْتَنِیْ كُنْتُ تُرٰبًا ۟۠

४०) हामीले तिमीलार्इ छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिरले भन्ने छन् कि काश हामी माटो भइहालेको भए । info
التفاسير: