Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi

मुर्सलात

external-link copy
1 : 77

وَالْمُرْسَلٰتِ عُرْفًا ۟ۙ

१) हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम । info
التفاسير:

external-link copy
2 : 77

فَالْعٰصِفٰتِ عَصْفًا ۟ۙ

२) अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा) को कसम । info
التفاسير:

external-link copy
3 : 77

وَّالنّٰشِرٰتِ نَشْرًا ۟ۙ

३) र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध । info
التفاسير:

external-link copy
4 : 77

فَالْفٰرِقٰتِ فَرْقًا ۟ۙ

४) फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने, info
التفاسير:

external-link copy
5 : 77

فَالْمُلْقِیٰتِ ذِكْرًا ۟ۙ

५) र वह्य ल्याउने फरिश्ताहरूको कसम । info
التفاسير:

external-link copy
6 : 77

عُذْرًا اَوْ نُذْرًا ۟ۙ

६) जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ । info
التفاسير:

external-link copy
7 : 77

اِنَّمَا تُوْعَدُوْنَ لَوَاقِعٌ ۟ؕ

७) जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ । info
التفاسير:

external-link copy
8 : 77

فَاِذَا النُّجُوْمُ طُمِسَتْ ۟ۙ

८) अतः जब ताराहरूलाई प्रकाशहीन गरिनेछ । info
التفاسير:

external-link copy
9 : 77

وَاِذَا السَّمَآءُ فُرِجَتْ ۟ۙ

९) र जब आकाश क्षतविक्षत गरिनेछ । info
التفاسير:

external-link copy
10 : 77

وَاِذَا الْجِبَالُ نُسِفَتْ ۟ۙ

१०) र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइने छन् । info
التفاسير:

external-link copy
11 : 77

وَاِذَا الرُّسُلُ اُقِّتَتْ ۟ؕ

११) र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ । info
التفاسير:

external-link copy
12 : 77

لِاَیِّ یَوْمٍ اُجِّلَتْ ۟ؕ

१२) कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ ? info
التفاسير:

external-link copy
13 : 77

لِیَوْمِ الْفَصْلِ ۟ۚ

१३) फैसलाको दिनको निम्ति । info
التفاسير:

external-link copy
14 : 77

وَمَاۤ اَدْرٰىكَ مَا یَوْمُ الْفَصْلِ ۟ؕ

१४) र तिमीलाई के थाहा कि फैसलाको दिन के हो ? info
التفاسير:

external-link copy
15 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

१५) बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति । info
التفاسير:

external-link copy
16 : 77

اَلَمْ نُهْلِكِ الْاَوَّلِیْنَ ۟ؕ

१६) के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं ? info
التفاسير:

external-link copy
17 : 77

ثُمَّ نُتْبِعُهُمُ الْاٰخِرِیْنَ ۟

१७) अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं । info
التفاسير:

external-link copy
18 : 77

كَذٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِیْنَ ۟

१८) हामीले अपराधीहरूसित यस्तै गर्दैछौं । info
التفاسير:

external-link copy
19 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

१९) त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ । info
التفاسير:

external-link copy
20 : 77

اَلَمْ نَخْلُقْكُّمْ مِّنْ مَّآءٍ مَّهِیْنٍ ۟ۙ

२०) के हामीले तिमीलाई तुच्छ जल (वीर्य) बाट सृष्टि गरेनौं ? info
التفاسير:

external-link copy
21 : 77

فَجَعَلْنٰهُ فِیْ قَرَارٍ مَّكِیْنٍ ۟ۙ

२१) अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं । info
التفاسير:

external-link copy
22 : 77

اِلٰی قَدَرٍ مَّعْلُوْمٍ ۟ۙ

२२) एउटा निश्चित समयसम्म । info
التفاسير:

external-link copy
23 : 77

فَقَدَرْنَا ۖۗ— فَنِعْمَ الْقٰدِرُوْنَ ۟

२३) फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं । info
التفاسير:

external-link copy
24 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

२४) विनाश छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति । info
التفاسير:

external-link copy
25 : 77

اَلَمْ نَجْعَلِ الْاَرْضَ كِفَاتًا ۟ۙ

२५) के हामीले धरतीलाई समेटनेवाला बनाएनौं ? info
التفاسير:

external-link copy
26 : 77

اَحْیَآءً وَّاَمْوَاتًا ۟ۙ

२६) जीवितलाई र मृतहरूलाई पनि । info
التفاسير:

external-link copy
27 : 77

وَّجَعَلْنَا فِیْهَا رَوَاسِیَ شٰمِخٰتٍ وَّاَسْقَیْنٰكُمْ مَّآءً فُرَاتًا ۟ؕ

२७) र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं, info
التفاسير:

external-link copy
28 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

२८) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ । info
التفاسير:

external-link copy
29 : 77

اِنْطَلِقُوْۤا اِلٰی مَا كُنْتُمْ بِهٖ تُكَذِّبُوْنَ ۟ۚ

२९) जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड, info
التفاسير:

external-link copy
30 : 77

اِنْطَلِقُوْۤا اِلٰی ظِلٍّ ذِیْ ثَلٰثِ شُعَبٍ ۟ۙ

३०) त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्, info
التفاسير:

external-link copy
31 : 77

لَّا ظَلِیْلٍ وَّلَا یُغْنِیْ مِنَ اللَّهَبِ ۟ؕ

३१) जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा । info
التفاسير:

external-link copy
32 : 77

اِنَّهَا تَرْمِیْ بِشَرَرٍ كَالْقَصْرِ ۟ۚ

३२) निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन (ठूलो) किल्ला जस्ता हुन्छन् । info
التفاسير:

external-link copy
33 : 77

كَاَنَّهٗ جِمٰلَتٌ صُفْرٌ ۟ؕ

३३) त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ । info
التفاسير:

external-link copy
34 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

३४) आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ । info
التفاسير:

external-link copy
35 : 77

هٰذَا یَوْمُ لَا یَنْطِقُوْنَ ۟ۙ

३५) आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् । info
التفاسير:

external-link copy
36 : 77

وَلَا یُؤْذَنُ لَهُمْ فَیَعْتَذِرُوْنَ ۟

३६) नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ । info
التفاسير:

external-link copy
37 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

३७) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ । info
التفاسير:

external-link copy
38 : 77

هٰذَا یَوْمُ الْفَصْلِ ۚ— جَمَعْنٰكُمْ وَالْاَوَّلِیْنَ ۟

३८) यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं । info
التفاسير:

external-link copy
39 : 77

فَاِنْ كَانَ لَكُمْ كَیْدٌ فَكِیْدُوْنِ ۟

३९) तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल । info
التفاسير:

external-link copy
40 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟۠

४०) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ । info
التفاسير:

external-link copy
41 : 77

اِنَّ الْمُتَّقِیْنَ فِیْ ظِلٰلٍ وَّعُیُوْنٍ ۟ۙ

४१) निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् । info
التفاسير:

external-link copy
42 : 77

وَّفَوَاكِهَ مِمَّا یَشْتَهُوْنَ ۟ؕ

४२) र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् । info
التفاسير:

external-link copy
43 : 77

كُلُوْا وَاشْرَبُوْا هَنِیْٓـًٔا بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟

४३) (हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दैथियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ । info
التفاسير:

external-link copy
44 : 77

اِنَّا كَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟

४४) हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं । info
التفاسير:

external-link copy
45 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

४५) यो दिन असत्यवादीहरूको निम्ति विनाश छ । info
التفاسير:

external-link copy
46 : 77

كُلُوْا وَتَمَتَّعُوْا قَلِیْلًا اِنَّكُمْ مُّجْرِمُوْنَ ۟

४६) (हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ । info
التفاسير:

external-link copy
47 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

४७) त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ । info
التفاسير:

external-link copy
48 : 77

وَاِذَا قِیْلَ لَهُمُ ارْكَعُوْا لَا یَرْكَعُوْنَ ۟

४८) जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् । info
التفاسير:

external-link copy
49 : 77

وَیْلٌ یَّوْمَىِٕذٍ لِّلْمُكَذِّبِیْنَ ۟

४९) त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ । info
التفاسير:

external-link copy
50 : 77

فَبِاَیِّ حَدِیْثٍ بَعْدَهٗ یُؤْمِنُوْنَ ۟۠

५०) अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमाथि ईमान ल्याउनेछन्? info
التفاسير: