Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi

मअारिज

external-link copy
1 : 70

سَاَلَ سَآىِٕلٌۢ بِعَذَابٍ وَّاقِعٍ ۟ۙ

१) एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ । info
التفاسير:

external-link copy
2 : 70

لِّلْكٰفِرِیْنَ لَیْسَ لَهٗ دَافِعٌ ۟ۙ

२) काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन । info
التفاسير:

external-link copy
3 : 70

مِّنَ اللّٰهِ ذِی الْمَعَارِجِ ۟ؕ

३) अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) भर्याग्ङहरूको मालिक हो । info
التفاسير:

external-link copy
4 : 70

تَعْرُجُ الْمَلٰٓىِٕكَةُ وَالرُّوْحُ اِلَیْهِ فِیْ یَوْمٍ كَانَ مِقْدَارُهٗ خَمْسِیْنَ اَلْفَ سَنَةٍ ۟ۚ

४) जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ । info
التفاسير:

external-link copy
5 : 70

فَاصْبِرْ صَبْرًا جَمِیْلًا ۟

५) अर्थात् तिमी राम्रो सँग धैर्य गर । info
التفاسير:

external-link copy
6 : 70

اِنَّهُمْ یَرَوْنَهٗ بَعِیْدًا ۟ۙ

६) निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब (यातना) टाढा छ । info
التفاسير:

external-link copy
7 : 70

وَّنَرٰىهُ قَرِیْبًا ۟ؕ

७) र हाम्रो दृष्टिमा नजीक छ । info
التفاسير:

external-link copy
8 : 70

یَوْمَ تَكُوْنُ السَّمَآءُ كَالْمُهْلِ ۟ۙ

८) जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ । info
التفاسير:

external-link copy
9 : 70

وَتَكُوْنُ الْجِبَالُ كَالْعِهْنِ ۟ۙ

९) र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन् ! info
التفاسير:

external-link copy
10 : 70

وَلَا یَسْـَٔلُ حَمِیْمٌ حَمِیْمًا ۟ۚۖ

१०) र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन । info
التفاسير:

external-link copy
11 : 70

یُّبَصَّرُوْنَهُمْ ؕ— یَوَدُّ الْمُجْرِمُ لَوْ یَفْتَدِیْ مِنْ عَذَابِ یَوْمِىِٕذٍ بِبَنِیْهِ ۟ۙ

११) (जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) । info
التفاسير:

external-link copy
12 : 70

وَصَاحِبَتِهٖ وَاَخِیْهِ ۟ۙ

१२) र आफ्नो पत्नी र आफ्नो भाइ, info
التفاسير:

external-link copy
13 : 70

وَفَصِیْلَتِهِ الَّتِیْ تُـْٔوِیْهِ ۟ۙ

१३) र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो । info
التفاسير:

external-link copy
14 : 70

وَمَنْ فِی الْاَرْضِ جَمِیْعًا ۙ— ثُمَّ یُنْجِیْهِ ۟ۙ

१४) र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् । info
التفاسير:

external-link copy
15 : 70

كَلَّا ؕ— اِنَّهَا لَظٰی ۟ۙ

१५) (तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो, info
التفاسير:

external-link copy
16 : 70

نَزَّاعَةً لِّلشَّوٰی ۟ۚۖ

१६) जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ, info
التفاسير:

external-link copy
17 : 70

تَدْعُوْا مَنْ اَدْبَرَ وَتَوَلّٰی ۟ۙ

१७) उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए, info
التفاسير:

external-link copy
18 : 70

وَجَمَعَ فَاَوْعٰی ۟

१८) र धन एकत्रित गरेर थुपारेर राखे, info
التفاسير:

external-link copy
19 : 70

اِنَّ الْاِنْسَانَ خُلِقَ هَلُوْعًا ۟ۙ

१९) निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ । info
التفاسير:

external-link copy
20 : 70

اِذَا مَسَّهُ الشَّرُّ جَزُوْعًا ۟ۙ

२०) जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ । info
التفاسير:

external-link copy
21 : 70

وَّاِذَا مَسَّهُ الْخَیْرُ مَنُوْعًا ۟ۙ

२१) तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ । info
التفاسير:

external-link copy
22 : 70

اِلَّا الْمُصَلِّیْنَ ۟ۙ

२२) तर नमाज पढ्नेहरूको कुरा अर्कै छ । info
التفاسير:

external-link copy
23 : 70

الَّذِیْنَ هُمْ عَلٰی صَلَاتِهِمْ دَآىِٕمُوْنَ ۟

२३) जसले नमाज नियमितताकासाथ पढ्दछन्, info
التفاسير:

external-link copy
24 : 70

وَالَّذِیْنَ فِیْۤ اَمْوَالِهِمْ حَقٌّ مَّعْلُوْمٌ ۟

२४) र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ, info
التفاسير:

external-link copy
25 : 70

لِّلسَّآىِٕلِ وَالْمَحْرُوْمِ ۟

२५) (अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि, info
التفاسير:

external-link copy
26 : 70

وَالَّذِیْنَ یُصَدِّقُوْنَ بِیَوْمِ الدِّیْنِ ۟

२६) जसले न्यायको दिन (कियामत) माथि ईमान राख्दछ । info
التفاسير:

external-link copy
27 : 70

وَالَّذِیْنَ هُمْ مِّنْ عَذَابِ رَبِّهِمْ مُّشْفِقُوْنَ ۟ۚ

२७) र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउँछन्, info
التفاسير:

external-link copy
28 : 70

اِنَّ عَذَابَ رَبِّهِمْ غَیْرُ مَاْمُوْنٍ ۪۟

२८) निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् । info
التفاسير:

external-link copy
29 : 70

وَالَّذِیْنَ هُمْ لِفُرُوْجِهِمْ حٰفِظُوْنَ ۟ۙ

२९) र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्, info
التفاسير:

external-link copy
30 : 70

اِلَّا عَلٰۤی اَزْوَاجِهِمْ اَوْ مَا مَلَكَتْ اَیْمَانُهُمْ فَاِنَّهُمْ غَیْرُ مَلُوْمِیْنَ ۟ۚ

३०) तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन, info
التفاسير:

external-link copy
31 : 70

فَمَنِ ابْتَغٰی وَرَآءَ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الْعٰدُوْنَ ۟ۚ

३१) जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् । info
التفاسير:

external-link copy
32 : 70

وَالَّذِیْنَ هُمْ لِاَمٰنٰتِهِمْ وَعَهْدِهِمْ رٰعُوْنَ ۟

३२) र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्, info
التفاسير:

external-link copy
33 : 70

وَالَّذِیْنَ هُمْ بِشَهٰدٰتِهِمْ قَآىِٕمُوْنَ ۟

३३) र जो आफ्नो गवाहीमा दृढ रहन्छन्, info
التفاسير:

external-link copy
34 : 70

وَالَّذِیْنَ هُمْ عَلٰی صَلَاتِهِمْ یُحَافِظُوْنَ ۟ؕ

३४) र जो आफ्नो नमाजको रक्षा गर्दछन्, info
التفاسير:

external-link copy
35 : 70

اُولٰٓىِٕكَ فِیْ جَنّٰتٍ مُّكْرَمُوْنَ ۟ؕ۠

३५) यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्, info
التفاسير:

external-link copy
36 : 70

فَمَالِ الَّذِیْنَ كَفَرُوْا قِبَلَكَ مُهْطِعِیْنَ ۟ۙ

३६) फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्, info
التفاسير:

external-link copy
37 : 70

عَنِ الْیَمِیْنِ وَعَنِ الشِّمَالِ عِزِیْنَ ۟

३७) दायाँ र बायाँबाट समुहको रूपमा । info
التفاسير:

external-link copy
38 : 70

اَیَطْمَعُ كُلُّ امْرِئٍ مِّنْهُمْ اَنْ یُّدْخَلَ جَنَّةَ نَعِیْمٍ ۟ۙ

३८) के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन् ? info
التفاسير:

external-link copy
39 : 70

كَلَّا ؕ— اِنَّا خَلَقْنٰهُمْ مِّمَّا یَعْلَمُوْنَ ۟

३९) त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् । info
التفاسير:

external-link copy
40 : 70

فَلَاۤ اُقْسِمُ بِرَبِّ الْمَشٰرِقِ وَالْمَغٰرِبِ اِنَّا لَقٰدِرُوْنَ ۟ۙ

४०) अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामर्थ्य प्राप्त छ । info
التفاسير:

external-link copy
41 : 70

عَلٰۤی اَنْ نُّبَدِّلَ خَیْرًا مِّنْهُمْ ۙ— وَمَا نَحْنُ بِمَسْبُوْقِیْنَ ۟

४१) कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं । info
التفاسير:

external-link copy
42 : 70

فَذَرْهُمْ یَخُوْضُوْا وَیَلْعَبُوْا حَتّٰی یُلٰقُوْا یَوْمَهُمُ الَّذِیْ یُوْعَدُوْنَ ۟ۙ

४२) अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ । info
التفاسير:

external-link copy
43 : 70

یَوْمَ یَخْرُجُوْنَ مِنَ الْاَجْدَاثِ سِرَاعًا كَاَنَّهُمْ اِلٰی نُصُبٍ یُّوْفِضُوْنَ ۟ۙ

४३) जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् । info
التفاسير:

external-link copy
44 : 70

خَاشِعَةً اَبْصَارُهُمْ تَرْهَقُهُمْ ذِلَّةٌ ؕ— ذٰلِكَ الْیَوْمُ الَّذِیْ كَانُوْا یُوْعَدُوْنَ ۟۠

४४) उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो । info
التفاسير: