Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi

कलम

external-link copy
1 : 68

نٓ وَالْقَلَمِ وَمَا یَسْطُرُوْنَ ۟ۙ

१) नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् । info
التفاسير:

external-link copy
2 : 68

مَاۤ اَنْتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُوْنٍ ۟ۚ

२) कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइनौ । info
التفاسير:

external-link copy
3 : 68

وَاِنَّ لَكَ لَاَجْرًا غَیْرَ مَمْنُوْنٍ ۟ۚ

३) र निःसन्देह तपाईको लागि अन्त नहुनेवाला बडो अनुकम्पा छ । info
التفاسير:

external-link copy
4 : 68

وَاِنَّكَ لَعَلٰی خُلُقٍ عَظِیْمٍ ۟

४) निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ । info
التفاسير:

external-link copy
5 : 68

فَسَتُبْصِرُ وَیُبْصِرُوْنَ ۟ۙ

५) अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देख्नेछन्, info
التفاسير:

external-link copy
6 : 68

بِاَیِّىكُمُ الْمَفْتُوْنُ ۟

६) कि तिमीमध्येबाट को भ्रमित भएको छ । info
التفاسير:

external-link copy
7 : 68

اِنَّ رَبَّكَ هُوَ اَعْلَمُ بِمَنْ ضَلَّ عَنْ سَبِیْلِهٖ ۪— وَهُوَ اَعْلَمُ بِالْمُهْتَدِیْنَ ۟

७) निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् । info
التفاسير:

external-link copy
8 : 68

فَلَا تُطِعِ الْمُكَذِّبِیْنَ ۟

८) तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु । info
التفاسير:

external-link copy
9 : 68

وَدُّوْا لَوْ تُدْهِنُ فَیُدْهِنُوْنَ ۟

९) तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् । info
التفاسير:

external-link copy
10 : 68

وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِیْنٍ ۟ۙ

१०) र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ । info
التفاسير:

external-link copy
11 : 68

هَمَّازٍ مَّشَّآءٍ بِنَمِیْمٍ ۟ۙ

११) बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ । info
التفاسير:

external-link copy
12 : 68

مَّنَّاعٍ لِّلْخَیْرِ مُعْتَدٍ اَثِیْمٍ ۟ۙ

१२) (र जो) राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) । info
التفاسير:

external-link copy
13 : 68

عُتُلٍّۢ بَعْدَ ذٰلِكَ زَنِیْمٍ ۟ۙ

१३) घमण्डी र त्यो पनि जारज । info
التفاسير:

external-link copy
14 : 68

اَنْ كَانَ ذَا مَالٍ وَّبَنِیْنَ ۟ؕ

१४) उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ, info
التفاسير:

external-link copy
15 : 68

اِذَا تُتْلٰی عَلَیْهِ اٰیٰتُنَا قَالَ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟

१५) जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् । info
التفاسير:

external-link copy
16 : 68

سَنَسِمُهٗ عَلَی الْخُرْطُوْمِ ۟

१६) हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं । info
التفاسير: