Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi

Sayfa numarası:close

external-link copy
15 : 4

وَالّٰتِیْ یَاْتِیْنَ الْفَاحِشَةَ مِنْ نِّسَآىِٕكُمْ فَاسْتَشْهِدُوْا عَلَیْهِنَّ اَرْبَعَةً مِّنْكُمْ ۚ— فَاِنْ شَهِدُوْا فَاَمْسِكُوْهُنَّ فِی الْبُیُوْتِ حَتّٰی یَتَوَفّٰهُنَّ الْمَوْتُ اَوْ یَجْعَلَ اللّٰهُ لَهُنَّ سَبِیْلًا ۟

१५) यदि तिम्रा आईमाईहरूमध्ये कसैले व्यभिचार गर्दछिन भने त्यसको प्रमाणको निम्ति आफूमध्येबाट चार जनाको साक्ष्य प्रस्तुत गर । यदि तिनीहरूले गवाही दिन्छन् भने ती आईमाईहरूलाई मृत्यु नहुन्जेलसम्म घरैमा थुनिराख अथवा अल्लाहले तिनको लागि अर्को कुनै बाटो निकालोस् । info
التفاسير:

external-link copy
16 : 4

وَالَّذٰنِ یَاْتِیٰنِهَا مِنْكُمْ فَاٰذُوْهُمَا ۚ— فَاِنْ تَابَا وَاَصْلَحَا فَاَعْرِضُوْا عَنْهُمَا ؕ— اِنَّ اللّٰهَ كَانَ تَوَّابًا رَّحِیْمًا ۟

१६) र तिमीहरूमध्ये जुन दुईजनाले यस्तो व्यभिचार गर्दछन्, तिनलाई कष्ट देऊ यदि तिनी पश्चाताप गरी असल मानिसहरूमा परिणत हुन्छन् भने तिनलाई छाडिदेऊ । निःसन्देह अल्लाह क्षमा याचनालाई स्वीकार गर्ने र कृपा गर्नेवाला हो । info
التفاسير:

external-link copy
17 : 4

اِنَّمَا التَّوْبَةُ عَلَی اللّٰهِ لِلَّذِیْنَ یَعْمَلُوْنَ السُّوْٓءَ بِجَهَالَةٍ ثُمَّ یَتُوْبُوْنَ مِنْ قَرِیْبٍ فَاُولٰٓىِٕكَ یَتُوْبُ اللّٰهُ عَلَیْهِمْ ؕ— وَكَانَ اللّٰهُ عَلِیْمًا حَكِیْمًا ۟

१७) अल्लाहले तिनको मात्र क्षमायाचना स्वीकार गर्दछ, जसले अज्ञानतावश कुनै दुष्कर्म गर्दछन् र छिट्टै त्यसलाई छोडेर पश्चाताप गरिहाल्छन् । तसर्थ यस्ता मानिसहरूको पश्चाताप अल्लाहले पनि स्वीकार गर्दछ अल्लाह सबै कुराको ज्ञानी र कौशलवाला हो । info
التفاسير:

external-link copy
18 : 4

وَلَیْسَتِ التَّوْبَةُ لِلَّذِیْنَ یَعْمَلُوْنَ السَّیِّاٰتِ ۚ— حَتّٰۤی اِذَا حَضَرَ اَحَدَهُمُ الْمَوْتُ قَالَ اِنِّیْ تُبْتُ الْـٰٔنَ وَلَا الَّذِیْنَ یَمُوْتُوْنَ وَهُمْ كُفَّارٌ ؕ— اُولٰٓىِٕكَ اَعْتَدْنَا لَهُمْ عَذَابًا اَلِیْمًا ۟

१८) र, यस्ता मानिसहरूको पश्चाताप (तौबा) स्वीकार हुँदैन जसले (निरन्तर) दुष्कर्म गर्दछन्, यहाँसम्म कि जब तिनीहरूमध्ये कसैको मृत्यु भइहाल्छ, अनि भन्दछ कि म पश्चाताप गर्दछु । र न त उनको पश्चाताप स्वीकार हुनेछ जो कुफ्रको अवस्थामा मर्दछन् । यिनै मानिसहरूका लागि हामीले कष्टदायक सजाय तयार गरिसकेका छौं । info
التفاسير:

external-link copy
19 : 4

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا یَحِلُّ لَكُمْ اَنْ تَرِثُوا النِّسَآءَ كَرْهًا ؕ— وَلَا تَعْضُلُوْهُنَّ لِتَذْهَبُوْا بِبَعْضِ مَاۤ اٰتَیْتُمُوْهُنَّ اِلَّاۤ اَنْ یَّاْتِیْنَ بِفَاحِشَةٍ مُّبَیِّنَةٍ ۚ— وَعَاشِرُوْهُنَّ بِالْمَعْرُوْفِ ۚ— فَاِنْ كَرِهْتُمُوْهُنَّ فَعَسٰۤی اَنْ تَكْرَهُوْا شَیْـًٔا وَّیَجْعَلَ اللّٰهُ فِیْهِ خَیْرًا كَثِیْرًا ۟

१९) ईमानवालाहरू हो ! तिमीहरूलाई यो उचित छैन कि जबरजस्ती स्वास्नी मानिसहरूको सम्पत्तिबाट लेऊ । जे तिमीले तिनलाई दिएका छौ, त्यसबाट केही खाने नियतले तिनलाई न रोकिराख्नु । हो यदि तिनले दुष्कर्म गर्दछिन् त कुरो अर्कै छ । तिनीहरूसित राम्रो व्यवहार गर यदि तिनीहरूलाई तिमीले मन नपराए पनि, तर धेरै सम्भव छ कि तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाईको सृजना गरिदिओस् । info
التفاسير: