Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi

यासीन

external-link copy
1 : 36

یٰسٓ ۟ۚ

१) यासीन info
التفاسير:

external-link copy
2 : 36

وَالْقُرْاٰنِ الْحَكِیْمِ ۟ۙ

२) कसम छ हिक्मतवाला (तत्वदर्शी) कुरआनको, info
التفاسير:

external-link copy
3 : 36

اِنَّكَ لَمِنَ الْمُرْسَلِیْنَ ۟ۙ

३) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह तपाईं पैगम्बरहरूमध्येकै हुनुहुन्छ, info
التفاسير:

external-link copy
4 : 36

عَلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟ؕ

४) सोझो मार्गमा हुनुहुन्छ । info
التفاسير:

external-link copy
5 : 36

تَنْزِیْلَ الْعَزِیْزِ الرَّحِیْمِ ۟ۙ

५) (यो कुरआन) अल्लाह अत्यन्त शक्तिमान दयावान्ले अवतरित गरेको छ । info
التفاسير:

external-link copy
6 : 36

لِتُنْذِرَ قَوْمًا مَّاۤ اُنْذِرَ اٰبَآؤُهُمْ فَهُمْ غٰفِلُوْنَ ۟

६) ताकि तपाईंले यस्ता मानिसहरूलाई डर देखाउनुस्, जसका बाउ–बाजेलाई डर देखाइएको थिएन, (यसकारण) उनीहरू लापरवाहीमा परिराखेका छन् । info
التفاسير:

external-link copy
7 : 36

لَقَدْ حَقَّ الْقَوْلُ عَلٰۤی اَكْثَرِهِمْ فَهُمْ لَا یُؤْمِنُوْنَ ۟

७) उनीहरूमध्ये धेरै मानिसहरूमाथि कुरो प्रमाणित भइसकेको छ । अतः उनीहरूले ईमान ल्याउने छैनन् । info
التفاسير:

external-link copy
8 : 36

اِنَّا جَعَلْنَا فِیْۤ اَعْنَاقِهِمْ اَغْلٰلًا فَهِیَ اِلَی الْاَذْقَانِ فَهُمْ مُّقْمَحُوْنَ ۟

८) हामीले उनीहरूको घाँटीमा तौक (पट्टा) हालीदिएका छौं जुन चिउँडोसम्म छन् । तसर्थ उनीहरू टाउको निहुर्याउन सक्दैनन् । info
التفاسير:

external-link copy
9 : 36

وَجَعَلْنَا مِنْ بَیْنِ اَیْدِیْهِمْ سَدًّا وَّمِنْ خَلْفِهِمْ سَدًّا فَاَغْشَیْنٰهُمْ فَهُمْ لَا یُبْصِرُوْنَ ۟

९) र हामीले उनीहरूको अगाडि एउटा पर्दा हालिदिएका छौं र उनको पछाडि पनि । जसबाट उनीहरूलाई ढाँकिदिएका छौं, तसर्थ यिनीहरूले देख्न सक्दैनन् । info
التفاسير:

external-link copy
10 : 36

وَسَوَآءٌ عَلَیْهِمْ ءَاَنْذَرْتَهُمْ اَمْ لَمْ تُنْذِرْهُمْ لَا یُؤْمِنُوْنَ ۟

१०) र तपाईंले उनीहरूलाई डराउनुस् वा नडराउनुस्, उनीहरूको लागि दुवै बराबर छ, उनीहरूले ईमान ल्याउने छैनन् । info
التفاسير:

external-link copy
11 : 36

اِنَّمَا تُنْذِرُ مَنِ اتَّبَعَ الذِّكْرَ وَخَشِیَ الرَّحْمٰنَ بِالْغَیْبِ ۚ— فَبَشِّرْهُ بِمَغْفِرَةٍ وَّاَجْرٍ كَرِیْمٍ ۟

११) तपाईंले त मात्र त्यस्तो व्यक्तिलाई डराउन सक्नुहुन्छ जसले उपदेशको अनुशरण गर्दछ र अल्लाहसित अदृश्य(अवस्था) मै डराउँछ । अतः तपाईंले उसलाई क्षमा र सम्मानजनक प्रतिफलको शुभसूचना सुनाइदिनुस् । info
التفاسير:

external-link copy
12 : 36

اِنَّا نَحْنُ نُحْیِ الْمَوْتٰی وَنَكْتُبُ مَا قَدَّمُوْا وَاٰثَارَهُمْ ؔؕ— وَكُلَّ شَیْءٍ اَحْصَیْنٰهُ فِیْۤ اِمَامٍ مُّبِیْنٍ ۟۠

१२) निःसन्देह हामीले मुर्दाहरूलाई (मृतकहरूलार्इ) जीवित गर्नेछौं र जेजति उनीहरूले अगाडि (आफनो कर्म) पठाइसकेका छन् र उनका ती कार्यहरू जुन पछाडि छोडेका छन्, हामीले उनलाई लेखिदिन्छौं । र हरेक कुरालाई हामीले एक स्पष्ट किताबमा लेखिसकेका छौं । info
التفاسير: