Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi

Sayfa numarası:close

external-link copy
61 : 26

فَلَمَّا تَرَآءَ الْجَمْعٰنِ قَالَ اَصْحٰبُ مُوْسٰۤی اِنَّا لَمُدْرَكُوْنَ ۟ۚ

६१) जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं । info
التفاسير:

external-link copy
62 : 26

قَالَ كَلَّا ۚ— اِنَّ مَعِیَ رَبِّیْ سَیَهْدِیْنِ ۟

६२) मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ । info
التفاسير:

external-link copy
63 : 26

فَاَوْحَیْنَاۤ اِلٰی مُوْسٰۤی اَنِ اضْرِبْ بِّعَصَاكَ الْبَحْرَ ؕ— فَانْفَلَقَ فَكَانَ كُلُّ فِرْقٍ كَالطَّوْدِ الْعَظِیْمِ ۟ۚ

६३) त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो । info
التفاسير:

external-link copy
64 : 26

وَاَزْلَفْنَا ثَمَّ الْاٰخَرِیْنَ ۟ۚ

६४) र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं । info
التفاسير:

external-link copy
65 : 26

وَاَنْجَیْنَا مُوْسٰی وَمَنْ مَّعَهٗۤ اَجْمَعِیْنَ ۟ۚ

६५) र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं । info
التفاسير:

external-link copy
66 : 26

ثُمَّ اَغْرَقْنَا الْاٰخَرِیْنَ ۟ؕ

६६) अनि अर्को समूहलाई डुबाइदियौं । info
التفاسير:

external-link copy
67 : 26

اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً ؕ— وَمَا كَانَ اَكْثَرُهُمْ مُّؤْمِنِیْنَ ۟

६७) निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् । info
التفاسير:

external-link copy
68 : 26

وَاِنَّ رَبَّكَ لَهُوَ الْعَزِیْزُ الرَّحِیْمُ ۟۠

६८) र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ । info
التفاسير:

external-link copy
69 : 26

وَاتْلُ عَلَیْهِمْ نَبَاَ اِبْرٰهِیْمَ ۟ۘ

६९) र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् । info
التفاسير:

external-link copy
70 : 26

اِذْ قَالَ لِاَبِیْهِ وَقَوْمِهٖ مَا تَعْبُدُوْنَ ۟

७०) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ ? info
التفاسير:

external-link copy
71 : 26

قَالُوْا نَعْبُدُ اَصْنَامًا فَنَظَلُّ لَهَا عٰكِفِیْنَ ۟

७१) उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं । info
التفاسير:

external-link copy
72 : 26

قَالَ هَلْ یَسْمَعُوْنَكُمْ اِذْ تَدْعُوْنَ ۟ۙ

७२) (इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन् ? info
التفاسير:

external-link copy
73 : 26

اَوْ یَنْفَعُوْنَكُمْ اَوْ یَضُرُّوْنَ ۟

७३) वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन् ? info
التفاسير:

external-link copy
74 : 26

قَالُوْا بَلْ وَجَدْنَاۤ اٰبَآءَنَا كَذٰلِكَ یَفْعَلُوْنَ ۟

७४) उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं । info
التفاسير:

external-link copy
75 : 26

قَالَ اَفَرَءَیْتُمْ مَّا كُنْتُمْ تَعْبُدُوْنَ ۟ۙ

७५) (इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ । info
التفاسير:

external-link copy
76 : 26

اَنْتُمْ وَاٰبَآؤُكُمُ الْاَقْدَمُوْنَ ۟ؗ

७६) तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि । info
التفاسير:

external-link copy
77 : 26

فَاِنَّهُمْ عَدُوٌّ لِّیْۤ اِلَّا رَبَّ الْعٰلَمِیْنَ ۟ۙ

७७) उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको प्रतिपालक हो । info
التفاسير:

external-link copy
78 : 26

الَّذِیْ خَلَقَنِیْ فَهُوَ یَهْدِیْنِ ۟ۙ

७८) जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ । info
التفاسير:

external-link copy
79 : 26

وَالَّذِیْ هُوَ یُطْعِمُنِیْ وَیَسْقِیْنِ ۟ۙ

७९) उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ । info
التفاسير:

external-link copy
80 : 26

وَاِذَا مَرِضْتُ فَهُوَ یَشْفِیْنِ ۟

८०) र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ । info
التفاسير:

external-link copy
81 : 26

وَالَّذِیْ یُمِیْتُنِیْ ثُمَّ یُحْیِیْنِ ۟ۙ

८१) र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ । info
التفاسير:

external-link copy
82 : 26

وَالَّذِیْۤ اَطْمَعُ اَنْ یَّغْفِرَ لِیْ خَطِیْٓـَٔتِیْ یَوْمَ الدِّیْنِ ۟ؕ

८२) र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ । info
التفاسير:

external-link copy
83 : 26

رَبِّ هَبْ لِیْ حُكْمًا وَّاَلْحِقْنِیْ بِالصّٰلِحِیْنَ ۟ۙ

८३) हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर । info
التفاسير: