ශුද්ධවූ අල් කුර්ආන් අර්ථ කථනය - නේපාල පරිවර්තනය - ජම්ඉයියතු අහ්ලුල් හදීස්

පිටු අංක:close

external-link copy
15 : 52

اَفَسِحْرٌ هٰذَاۤ اَمْ اَنْتُمْ لَا تُبْصِرُوْنَ ۟

१५) त के यो जादू हो अथवा तिमीहरू देख्दैनौ ? info
التفاسير:

external-link copy
16 : 52

اِصْلَوْهَا فَاصْبِرُوْۤا اَوْ لَا تَصْبِرُوْا ۚ— سَوَآءٌ عَلَیْكُمْ ؕ— اِنَّمَا تُجْزَوْنَ مَا كُنْتُمْ تَعْمَلُوْنَ ۟

१६) यसमा प्रवेश गरिहाल र धैर्य गर वा नगर, तिम्रो निम्ति समान छ, जुन काम तिमीले गर्ने गर्दथ्यौ, त्यसैको तिमीलाई प्रतिफल दिइनेछ । info
التفاسير:

external-link copy
17 : 52

اِنَّ الْمُتَّقِیْنَ فِیْ جَنّٰتٍ وَّنَعِیْمٍ ۟ۙ

१७) निःसन्देह संयमीहरू (धर्मनिष्ठहरू) स्वर्गमा र अनुकम्पाहरूमा रहनेछन् । info
التفاسير:

external-link copy
18 : 52

فٰكِهِیْنَ بِمَاۤ اٰتٰىهُمْ رَبُّهُمْ ۚ— وَوَقٰىهُمْ رَبُّهُمْ عَذَابَ الْجَحِیْمِ ۟

१८) जेजति उनीहरूको पालनकर्ताले उनीहरूलाई प्रदान गरेको छ त्यसबाट आनन्दित भइरहनेछन्, र उनको पालनकर्ताले उनीहरूलाई नर्कको सजायबाट बचाइहाल्यो । info
التفاسير:

external-link copy
19 : 52

كُلُوْا وَاشْرَبُوْا هَنِیْٓـًٔا بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟ۙ

१९) तिमी आफ्ना कर्महरूको प्रतिफल स्वरूप, जुन तिमी गर्दथ्यौ आनन्दसित खाऊ र पिऊ । info
التفاسير:

external-link copy
20 : 52

مُتَّكِـِٕیْنَ عَلٰی سُرُرٍ مَّصْفُوْفَةٍ ۚ— وَزَوَّجْنٰهُمْ بِحُوْرٍ عِیْنٍ ۟

२०) पंक्तिबद्ध बिछाइएका शानदार तख्ताहरूमा तकिया लगाएर, र हामीले ठूला–ठूला आँखा भएकी सुन्दरी (अप्सरा)हरूसंग उनीहरूको विवाह गरिदिने छौं । info
التفاسير:

external-link copy
21 : 52

وَالَّذِیْنَ اٰمَنُوْا وَاتَّبَعَتْهُمْ ذُرِّیَّتُهُمْ بِاِیْمَانٍ اَلْحَقْنَا بِهِمْ ذُرِّیَّتَهُمْ وَمَاۤ اَلَتْنٰهُمْ مِّنْ عَمَلِهِمْ مِّنْ شَیْءٍ ؕ— كُلُّ امْرِىۢ بِمَا كَسَبَ رَهِیْنٌ ۟

२१) र जसले ईमान ल्याए र उनका सन्तानहरूले पनि ईमानमा उनको अनुशरण गरे, हामीले उनको सन्तानहरूलाई पनि उनीहरूसम्म पुर्याइदिनेछौं र उनका कर्महरूबाट केही कम गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नो कर्मजालमा फँसेको छ । info
التفاسير:

external-link copy
22 : 52

وَاَمْدَدْنٰهُمْ بِفَاكِهَةٍ وَّلَحْمٍ مِّمَّا یَشْتَهُوْنَ ۟

२२) र हामीले उनीहरूको लागि स्वादिलो फलहरू र मनपराएका मासु पर्याप्त प्रदान गर्नेछौं । info
التفاسير:

external-link copy
23 : 52

یَتَنَازَعُوْنَ فِیْهَا كَاْسًا لَّا لَغْوٌ فِیْهَا وَلَا تَاْثِیْمٌ ۟

२३) त्यहाँ उनीहरू एक–अर्कासित पान–पत्र (मदिरा) आदानप्रदान गर्नेछन्, जसमा न कुनै फजूलपना हुनेछ न कुनै पाप । info
التفاسير:

external-link copy
24 : 52

وَیَطُوْفُ عَلَیْهِمْ غِلْمَانٌ لَّهُمْ كَاَنَّهُمْ لُؤْلُؤٌ مَّكْنُوْنٌ ۟

२४) उनीहरूको आसपासमा नवयुवक सेवकहरू हिंडिराख्नेछन् जो सुरक्षित मोतीहरू जस्तो हुनेछन् । info
التفاسير:

external-link copy
25 : 52

وَاَقْبَلَ بَعْضُهُمْ عَلٰی بَعْضٍ یَّتَسَآءَلُوْنَ ۟

२५) र एक अर्कातिर ध्यान दिएर आपसमा कुराकानी गर्नेछन् । info
التفاسير:

external-link copy
26 : 52

قَالُوْۤا اِنَّا كُنَّا قَبْلُ فِیْۤ اَهْلِنَا مُشْفِقِیْنَ ۟

२६) भन्नेछन्ः कि यसभन्दा पहिला हामी आफ्ना घरहरूमा (अल्लाहसित) धेरै डराउने तर्सने गर्दथ्यौं । info
التفاسير:

external-link copy
27 : 52

فَمَنَّ اللّٰهُ عَلَیْنَا وَوَقٰىنَا عَذَابَ السَّمُوْمِ ۟

२७) अनि अल्लाहले हामीमाथि ठूलो अनुकम्पा गर्यो र हामीलाई बिषालु लूको यातनाबाट बचाइहाल्यो । info
التفاسير:

external-link copy
28 : 52

اِنَّا كُنَّا مِنْ قَبْلُ نَدْعُوْهُ ؕ— اِنَّهٗ هُوَ الْبَرُّ الرَّحِیْمُ ۟۠

२८) यसभन्दा पहिला नै हामीले उसको (अल्लाहको) प्रार्थना गर्ने गर्दथ्यौं । निःसन्देह ऊ अनुकम्पा गर्नेवाला दयावान् छ । info
التفاسير:

external-link copy
29 : 52

فَذَكِّرْ فَمَاۤ اَنْتَ بِنِعْمَتِ رَبِّكَ بِكَاهِنٍ وَّلَا مَجْنُوْنٍ ۟ؕ

२९) अतः (हे पैगम्बर) तपाई सम्झाउँदै गर्नुस् किनभने तपाई आफ्नो पालनकर्ताको कृपाले न शकुनविचार गर्नेवाला र नत पागल हुनुहुन्छ । info
التفاسير:

external-link copy
30 : 52

اَمْ یَقُوْلُوْنَ شَاعِرٌ نَّتَرَبَّصُ بِهٖ رَیْبَ الْمَنُوْنِ ۟

३०) के इन्कार गर्नेहरूले भन्दछन्ः कि त्यो कवि हो जसको निम्ति हामी कालचक्र अर्थात मृत्युको प्रतीक्षा गरिराखेका छौं । info
التفاسير:

external-link copy
31 : 52

قُلْ تَرَبَّصُوْا فَاِنِّیْ مَعَكُمْ مِّنَ الْمُتَرَبِّصِیْنَ ۟ؕ

३१) भनिदिनुस् कि तिमी प्रतीक्षा गर्दैजाऊ । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दैछु । info
التفاسير: