Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith

Número de página:close

external-link copy
65 : 5

وَلَوْ اَنَّ اَهْلَ الْكِتٰبِ اٰمَنُوْا وَاتَّقَوْا لَكَفَّرْنَا عَنْهُمْ سَیِّاٰتِهِمْ وَلَاَدْخَلْنٰهُمْ جَنّٰتِ النَّعِیْمِ ۟

६५) र यदि यी अहले किताब ईमान ल्याएको र आत्मसंयम अपनाएको भए हामीले तिनका सबै पापहरूलाई क्षमा गरिदिन्थ्यौं । र तिनीहरूलाई अवश्य आराम गरिने स्वर्गमा लान्थ्यौं । info
التفاسير:

external-link copy
66 : 5

وَلَوْ اَنَّهُمْ اَقَامُوا التَّوْرٰىةَ وَالْاِنْجِیْلَ وَمَاۤ اُنْزِلَ اِلَیْهِمْ مِّنْ رَّبِّهِمْ لَاَكَلُوْا مِنْ فَوْقِهِمْ وَمِنْ تَحْتِ اَرْجُلِهِمْ ؕ— مِنْهُمْ اُمَّةٌ مُّقْتَصِدَةٌ ؕ— وَكَثِیْرٌ مِّنْهُمْ سَآءَ مَا یَعْمَلُوْنَ ۟۠

६६) र यदि तिनीहरू तौरात र इन्जीललाई र जुन (किताबहरू) तिनका पालनकर्ताबाट तिनलाई प्रदान गरिएको छ त्यसप्रति प्रतिवद्ध भएको भए तिनीहरूले आफ्नो माथिबाट र तलबाट पनि खाद्य सामग्रीहरू पाउने थिए, यिनीहरूमध्ये एउटा समूहले मध्यमार्ग अपनाउनेवाला छ र धेरै जसोका कर्महरू नराम्रा छन् । info
التفاسير:

external-link copy
67 : 5

یٰۤاَیُّهَا الرَّسُوْلُ بَلِّغْ مَاۤ اُنْزِلَ اِلَیْكَ مِنْ رَّبِّكَ ؕ— وَاِنْ لَّمْ تَفْعَلْ فَمَا بَلَّغْتَ رِسَالَتَهٗ ؕ— وَاللّٰهُ یَعْصِمُكَ مِنَ النَّاسِ ؕ— اِنَّ اللّٰهَ لَا یَهْدِی الْقَوْمَ الْكٰفِرِیْنَ ۟

६७) हे पैगम्बर ! जुन सन्देश अल्लाहबाट तपाईंलाई प्रदान गरिएको छ, त्यसलाई सबै मानिसहरूसम्म पुर्याइदिनुस् यदि यस्तो नगरेमा आफ्नो रसूलको कर्तव्य पालनबाट च्यूत हुनुहुने छ र अल्लाहले मानिसहरूबाट तपार्इंको रक्षा गर्नेछ । निःसन्देह अल्लाह आस्था नराख्नेहरूलाई मार्गदर्शन गर्दैनन् । info
التفاسير:

external-link copy
68 : 5

قُلْ یٰۤاَهْلَ الْكِتٰبِ لَسْتُمْ عَلٰی شَیْءٍ حَتّٰی تُقِیْمُوا التَّوْرٰىةَ وَالْاِنْجِیْلَ وَمَاۤ اُنْزِلَ اِلَیْكُمْ مِّنْ رَّبِّكُمْ ؕ— وَلَیَزِیْدَنَّ كَثِیْرًا مِّنْهُمْ مَّاۤ اُنْزِلَ اِلَیْكَ مِنْ رَّبِّكَ طُغْیَانًا وَّكُفْرًا ۚ— فَلَا تَاْسَ عَلَی الْقَوْمِ الْكٰفِرِیْنَ ۟

६८) तपार्इं भनिदिनुस् कि हे अहले किताब ! जबसम्म तिमी तौरात र इंजीललाई र जुन (किताबहरू) तिम्रो पालनकर्ताबाट तिमीहरूलाई प्रदान गरियो, ती सबैलाई कायम राख्दैनौ, तबसम्म अलिकति पनि सत्य बाटोमा रहन सक्दैनौ र (यो कुरआन) जुन तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको छ, यसबाट तिनीहरूमध्ये धेरैको हठधर्मीं र नास्तिकतामा झन् वृद्धि हुनेछ र तपाईं अनास्थावानहरूका लागि दुःखी नहुनुस् । info
التفاسير:

external-link copy
69 : 5

اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَالَّذِیْنَ هَادُوْا وَالصّٰبِـُٔوْنَ وَالنَّصٰرٰی مَنْ اٰمَنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَعَمِلَ صَالِحًا فَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟

६९) जो कोहि अल्लाह र आखिरतको दिनमा विश्वास गर्दछन् र असल कर्म गर्दछन् तिनीहरू चाहे मुसलमान हुन् वा यहूदी वा पारसी वा ईसाई, तिनलाई (कयामतको दिन) न त कुनै भय–त्रास हुनेछ न त तिनीहरू दुःखी नै हुनेछन् । info
التفاسير:

external-link copy
70 : 5

لَقَدْ اَخَذْنَا مِیْثَاقَ بَنِیْۤ اِسْرَآءِیْلَ وَاَرْسَلْنَاۤ اِلَیْهِمْ رُسُلًا ؕ— كُلَّمَا جَآءَهُمْ رَسُوْلٌۢ بِمَا لَا تَهْوٰۤی اَنْفُسُهُمْ ۙ— فَرِیْقًا كَذَّبُوْا وَفَرِیْقًا یَّقْتُلُوْنَ ۟ۗ

७०) हामीले निश्चयरूपले बनी इस्राईलबाट वाचा लिऔं र तिनीहरूतर्फ पैगम्बरहरू पनि पठायौं (तर) जब कुनै पैगम्बर उनीहरूसम्म यस्तो कुरा (अल्लाहको आदेश) लिएर आउँदथ्यो जुन उनी मनले रुचाउँन्नथे त उनीहरूले (पैगम्बरहरूको) एक समूहलाई झूठा भनिहाले र अर्को समूहलाई हत्या गरिदिए । info
التفاسير: