Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith

Número de página: 227:221 close

external-link copy
54 : 11

اِنْ نَّقُوْلُ اِلَّا اعْتَرٰىكَ بَعْضُ اٰلِهَتِنَا بِسُوْٓءٍ ؕ— قَالَ اِنِّیْۤ اُشْهِدُ اللّٰهَ وَاشْهَدُوْۤا اَنِّیْ بَرِیْٓءٌ مِّمَّا تُشْرِكُوْنَ ۟ۙ

५४) अपितु हामीले त यो ठान्दछौं कि हाम्रो कुनै देवताले तिमीलाई नराम्रो असर पारिदिएको छ । उनले भनेः ‘‘कि म अल्लाहलाई साक्षी राखेर भन्दछु र तिमी पनि साक्षी बन’’ कि जसलाई तिमीले अल्लाहको साझेदारी ठहर्याउँछौ, मेरो तिनीहरूसँग कुनै सम्बन्ध छैन । info
التفاسير:

external-link copy
55 : 11

مِنْ دُوْنِهٖ فَكِیْدُوْنِیْ جَمِیْعًا ثُمَّ لَا تُنْظِرُوْنِ ۟

५५) अर्थात (जसको अल्लाह बाहेक पूजा गर्दछौ,) तिमी सबै मिलेर मेरो विरुद्धमा जे षड्यन्त्र गर्न चाहन्छौ गरिहाल, र यसमा मलाई कुनै अवकाश नदेऊ । info
التفاسير:

external-link copy
56 : 11

اِنِّیْ تَوَكَّلْتُ عَلَی اللّٰهِ رَبِّیْ وَرَبِّكُمْ ؕ— مَا مِنْ دَآبَّةٍ اِلَّا هُوَ اٰخِذٌ بِنَاصِیَتِهَا ؕ— اِنَّ رَبِّیْ عَلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟

५६) म अल्लाहमाथि भरोसा गर्दछु, जो मेरो र तिमी सबैको पालनकर्ता हो । पृथ्वीमा रहेका सबै प्रणीहरूको टाउको उसैले थामेको छ । निःसन्देह मेरो पालनकर्ता सत्य बाटोमा छ । info
التفاسير:

external-link copy
57 : 11

فَاِنْ تَوَلَّوْا فَقَدْ اَبْلَغْتُكُمْ مَّاۤ اُرْسِلْتُ بِهٖۤ اِلَیْكُمْ ؕ— وَیَسْتَخْلِفُ رَبِّیْ قَوْمًا غَیْرَكُمْ ۚ— وَلَا تَضُرُّوْنَهٗ شَیْـًٔا ؕ— اِنَّ رَبِّیْ عَلٰی كُلِّ شَیْءٍ حَفِیْظٌ ۟

५७) यदि तिमी विमुख हुन्छौ भने जुन सन्देश मेरो हातबाट तिमीतिर पठाइएको छ, त्यो मैले तिमीलाई पुर्याइसकेको छु, र मेरो पालनकर्ताले तिम्रो ठाउँमा अरु मानिसहरूलाई ल्याई स्थापित गर्नेछ, र तिमीले अल्लाहको केही नोक्सानी गर्न सक्दैनौ । मेरो पालनकर्ता त प्रत्येक कुरामाथि संरक्षक छ । info
التفاسير:

external-link copy
58 : 11

وَلَمَّا جَآءَ اَمْرُنَا نَجَّیْنَا هُوْدًا وَّالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ بِرَحْمَةٍ مِّنَّا ۚ— وَنَجَّیْنٰهُمْ مِّنْ عَذَابٍ غَلِیْظٍ ۟

५८) र जब हाम्रो आदेश आइपुग्यो, त हामीले ‘‘हूदलाई’’ र उनको मोमिन साथीहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र तिनीहरूलाई गम्भीर सजायबाट मुक्त गर्यौं । info
التفاسير:

external-link copy
59 : 11

وَتِلْكَ عَادٌ جَحَدُوْا بِاٰیٰتِ رَبِّهِمْ وَعَصَوْا رُسُلَهٗ وَاتَّبَعُوْۤا اَمْرَ كُلِّ جَبَّارٍ عَنِیْدٍ ۟

५९) यो आदको समुदाय थियो, जसले अल्लाहका निशानीहरूलाई इन्कार गरे, र उसका रसूलहरूको आज्ञा उल्लंघन गरे, र प्रत्येक अहंकारी र अटेरीको भनाई माने । info
التفاسير:

external-link copy
60 : 11

وَاُتْبِعُوْا فِیْ هٰذِهِ الدُّنْیَا لَعْنَةً وَّیَوْمَ الْقِیٰمَةِ ؕ— اَلَاۤ اِنَّ عَادًا كَفَرُوْا رَبَّهُمْ ؕ— اَلَا بُعْدًا لِّعَادٍ قَوْمِ هُوْدٍ ۟۠

६०) र यस संसारमा पनि उनीहरू तिरस्कृत रहे र कियामतको दिनमा पनि तिनीहरूको साथमा तिरस्कार हुनेछ । हेरः ‘‘आद समुदायले’’ आफ्नो पालनकर्तासित कुफ्र गरे । सुनिराख हूदको जाति (समुदाय) आदमाथि धिक्कार छ । info
التفاسير:

external-link copy
61 : 11

وَاِلٰی ثَمُوْدَ اَخَاهُمْ صٰلِحًا ۘ— قَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— هُوَ اَنْشَاَكُمْ مِّنَ الْاَرْضِ وَاسْتَعْمَرَكُمْ فِیْهَا فَاسْتَغْفِرُوْهُ ثُمَّ تُوْبُوْۤا اِلَیْهِ ؕ— اِنَّ رَبِّیْ قَرِیْبٌ مُّجِیْبٌ ۟

६१) र ‘‘समूद’’ को समुदायतिर तिनीहरूको भाइ ‘‘सालेहलाई’’ (पठायौं) त उनले भनेः ‘‘हे मेरो कौमका मानिसहरू ! तिमी अल्लाहकै पूजा गर उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन, उसैले धर्तीबाट तिम्रो उत्पात (सृजना) गर्यो र त्यसैमा स्थापित गर्यो, तसर्थ ऊसित क्षमायाचना गर र उसको अगाडि प्रायश्चित गर । निःसन्देह मेरो पालनकर्ता नजिक पनि छ र (प्रार्थनालाई) स्वीकार गर्नेवाला (पनि) छ ।’’ info
التفاسير:

external-link copy
62 : 11

قَالُوْا یٰصٰلِحُ قَدْ كُنْتَ فِیْنَا مَرْجُوًّا قَبْلَ هٰذَاۤ اَتَنْهٰىنَاۤ اَنْ نَّعْبُدَ مَا یَعْبُدُ اٰبَآؤُنَا وَاِنَّنَا لَفِیْ شَكٍّ مِّمَّا تَدْعُوْنَاۤ اِلَیْهِ مُرِیْبٍ ۟

६२) तिनीहरूले भनेः हे ‘‘सालेह’’ ! यसभन्दा अगाडि हामीले तिमीबाट धेरै आशा गर्दथ्यौं । के तिमीले हामीलाई ती कुराहरूको पूजाबाट मनाही गर्दछौ, जुन हाम्रा पूर्वजहरूले गर्दै आएका हुन् ? र जुन कुरातिर तिमीले हामीलाई आह्वान गर्दछौ, यसमा हामीलाई गम्भीर शंका छ ।’’ info
التفاسير: