ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫

मुमतहिना

external-link copy
1 : 60

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوْا عَدُوِّیْ وَعَدُوَّكُمْ اَوْلِیَآءَ تُلْقُوْنَ اِلَیْهِمْ بِالْمَوَدَّةِ وَقَدْ كَفَرُوْا بِمَا جَآءَكُمْ مِّنَ الْحَقِّ ۚ— یُخْرِجُوْنَ الرَّسُوْلَ وَاِیَّاكُمْ اَنْ تُؤْمِنُوْا بِاللّٰهِ رَبِّكُمْ ؕ— اِنْ كُنْتُمْ خَرَجْتُمْ جِهَادًا فِیْ سَبِیْلِیْ وَابْتِغَآءَ مَرْضَاتِیْ تُسِرُّوْنَ اِلَیْهِمْ بِالْمَوَدَّةِ ۖۗ— وَاَنَا اَعْلَمُ بِمَاۤ اَخْفَیْتُمْ وَمَاۤ اَعْلَنْتُمْ ؕ— وَمَنْ یَّفْعَلْهُ مِنْكُمْ فَقَدْ ضَلَّ سَوَآءَ السَّبِیْلِ ۟

१) हे मोमिनहरू ! मेरो र आफ्नो शत्रुहरूलाई आफ्नो मित्र नबनाऊ, तिमी त मित्रताबाट उनीहरूकहाँ सन्देश पठाउँछौ र तिनीहरू त्यस सत्यलाई जुन तिम्रो नजिक आइसकेको छ इन्कार गर्दछन्, पैगम्बर र तिमीलाई यसकारण मात्र निर्वासन गर्दछन् कि तिमी आफ्नो पालनकर्तामाथि ईमान राख्दछौ । यदि तिमी मेरो मार्गमा धर्मयुद्धको लागि र मेरो प्रसन्नताको खोजीमा निस्कन्छौ त तिमी उनीनिर मित्रताको सन्देश गोप्यरूपले पठाउँछौ र मलाई पूर्ण ज्ञात छ । जो तिमीले मबाट लुकाएका छौ र त्यो पनि जसलाई तिमी खुल्लारूपले गरेका हौ । तिमीहरूमध्ये जोकोही पनि यस्तो काम गर्नेछ । त्यो निःसन्देह सोझो मार्गबाट विचलित भइहाल्छ । info
التفاسير: