ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫

मुमतहिना

external-link copy
1 : 60

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوْا عَدُوِّیْ وَعَدُوَّكُمْ اَوْلِیَآءَ تُلْقُوْنَ اِلَیْهِمْ بِالْمَوَدَّةِ وَقَدْ كَفَرُوْا بِمَا جَآءَكُمْ مِّنَ الْحَقِّ ۚ— یُخْرِجُوْنَ الرَّسُوْلَ وَاِیَّاكُمْ اَنْ تُؤْمِنُوْا بِاللّٰهِ رَبِّكُمْ ؕ— اِنْ كُنْتُمْ خَرَجْتُمْ جِهَادًا فِیْ سَبِیْلِیْ وَابْتِغَآءَ مَرْضَاتِیْ تُسِرُّوْنَ اِلَیْهِمْ بِالْمَوَدَّةِ ۖۗ— وَاَنَا اَعْلَمُ بِمَاۤ اَخْفَیْتُمْ وَمَاۤ اَعْلَنْتُمْ ؕ— وَمَنْ یَّفْعَلْهُ مِنْكُمْ فَقَدْ ضَلَّ سَوَآءَ السَّبِیْلِ ۟

१) हे मोमिनहरू ! मेरो र आफ्नो शत्रुहरूलाई आफ्नो मित्र नबनाऊ, तिमी त मित्रताबाट उनीहरूकहाँ सन्देश पठाउँछौ र तिनीहरू त्यस सत्यलाई जुन तिम्रो नजिक आइसकेको छ इन्कार गर्दछन्, पैगम्बर र तिमीलाई यसकारण मात्र निर्वासन गर्दछन् कि तिमी आफ्नो पालनकर्तामाथि ईमान राख्दछौ । यदि तिमी मेरो मार्गमा धर्मयुद्धको लागि र मेरो प्रसन्नताको खोजीमा निस्कन्छौ त तिमी उनीनिर मित्रताको सन्देश गोप्यरूपले पठाउँछौ र मलाई पूर्ण ज्ञात छ । जो तिमीले मबाट लुकाएका छौ र त्यो पनि जसलाई तिमी खुल्लारूपले गरेका हौ । तिमीहरूमध्ये जोकोही पनि यस्तो काम गर्नेछ । त्यो निःसन्देह सोझो मार्गबाट विचलित भइहाल्छ । info
التفاسير:

external-link copy
2 : 60

اِنْ یَّثْقَفُوْكُمْ یَكُوْنُوْا لَكُمْ اَعْدَآءً وَّیَبْسُطُوْۤا اِلَیْكُمْ اَیْدِیَهُمْ وَاَلْسِنَتَهُمْ بِالسُّوْٓءِ وَوَدُّوْا لَوْ تَكْفُرُوْنَ ۟ؕ

२) यदि यी नास्तिक (काफिरहरू), तिमीमाथि नियन्त्रण पाउँछन् भने तिम्रा शत्रु भइहाल्छन् र दुःख पुर्याउनका निम्ति तिमीमाथि हातपात गर्नेछन, र अपशब्द पनि भन्ने गर्छन्, र चाहन्छन् कि तिमी कुनै तरीकाले काफिर भइहाल । info
التفاسير:

external-link copy
3 : 60

لَنْ تَنْفَعَكُمْ اَرْحَامُكُمْ وَلَاۤ اَوْلَادُكُمْ ۛۚ— یَوْمَ الْقِیٰمَةِ ۛۚ— یَفْصِلُ بَیْنَكُمْ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟

३) कियामतको दिन न तिम्रा सम्बन्धीहरू, र न सन्तानहरू कुनै काम आउनेछन् । त्यस दिन अल्लाहले तिमीहरूबीच न्याय गर्नेछ र जे–जति तिमीले गर्दछौ, अल्लाहले त्यसलाई देख्दछ । info
التفاسير:

external-link copy
4 : 60

قَدْ كَانَتْ لَكُمْ اُسْوَةٌ حَسَنَةٌ فِیْۤ اِبْرٰهِیْمَ وَالَّذِیْنَ مَعَهٗ ۚ— اِذْ قَالُوْا لِقَوْمِهِمْ اِنَّا بُرَءٰٓؤُا مِنْكُمْ وَمِمَّا تَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ ؗ— كَفَرْنَا بِكُمْ وَبَدَا بَیْنَنَا وَبَیْنَكُمُ الْعَدَاوَةُ وَالْبَغْضَآءُ اَبَدًا حَتّٰی تُؤْمِنُوْا بِاللّٰهِ وَحْدَهٗۤ اِلَّا قَوْلَ اِبْرٰهِیْمَ لِاَبِیْهِ لَاَسْتَغْفِرَنَّ لَكَ وَمَاۤ اَمْلِكُ لَكَ مِنَ اللّٰهِ مِنْ شَیْءٍ ؕ— رَبَّنَا عَلَیْكَ تَوَكَّلْنَا وَاِلَیْكَ اَنَبْنَا وَاِلَیْكَ الْمَصِیْرُ ۟

४) तिमीहरूको निम्ति ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र उनको साथीहरूमा उच्चतम नमूना छ । जबकि उनले, आफ्नो समुदायका मानिसहरूसित स्पष्टरूपले भने कि हामी तिमीसित र अल्लाहबाट हटेर जसलाई तिमीहरू पूजा गर्दछौ, उनीहरूबाट विरक्त छौं । हामीले तिम्रो इन्कार गर्दछौं र हाम्रो हाम्रोबीच सधैंको लागि शत्रुता र विद्धेष प्रकट भइसक्यो, जबसम्म तिमी एउटै अल्लाहमाथि ईमान ल्याउँदैनौ । तर इब्राहीमको आफ्नो पितासित यो भन्नु अपवाद हो कि म तपाईको लागि क्षमाको प्रार्थना अवश्य गर्नेछु र अल्लाहको सामु तपाईको सम्बन्धमा मलाई कुनै कुराको अधिकार प्राप्त छैन । हे हाम्रो पालनकर्ता, तिमीमाथि नै हाम्रो भरोसा छ र तिमीतिर नै हामी प्रवृत्त हुन्छौं, र तिमीतिर नै फर्केर आउनु पर्नेछ । info
التفاسير:

external-link copy
5 : 60

رَبَّنَا لَا تَجْعَلْنَا فِتْنَةً لِّلَّذِیْنَ كَفَرُوْا وَاغْفِرْ لَنَا رَبَّنَا ۚ— اِنَّكَ اَنْتَ الْعَزِیْزُ الْحَكِیْمُ ۟

५) हे, हाम्रो पालनकर्ता ! तिमीले हामीलाई काफिरहरूको परीक्षामा नहाल । र हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ । निश्चय नै तिमी अधिपत्यशाली, तत्वदर्शी छौ । info
التفاسير: