وه‌رگێڕانی ماناكانی قورئانی پیرۆز - وەرگێڕاوی نیپاڵی - کۆڕگەی ئەهلی حەدیث

ژمارەی پەڕە:close

external-link copy
31 : 22

حُنَفَآءَ لِلّٰهِ غَیْرَ مُشْرِكِیْنَ بِهٖ ؕ— وَمَنْ یُّشْرِكْ بِاللّٰهِ فَكَاَنَّمَا خَرَّ مِنَ السَّمَآءِ فَتَخْطَفُهُ الطَّیْرُ اَوْ تَهْوِیْ بِهِ الرِّیْحُ فِیْ مَكَانٍ سَحِیْقٍ ۟

३१) अल्लाहको एकात्मकतालाई स्वीकार गर्दै उसको साथमा साझेदार नठहराउँदै र जुन अल्लाहको साथमा साझेदार ठहराउँन्छ त्यो मानिस यस्तो छ कि जस्तो आकाशबाट खसिसकेको छ, अब त्यसलाई चाहे कुनै पंक्षीले लगिदेओस् अथवा वायुले कुनै दूरस्त स्थानमा फ्याँकिदिनेछ । info
التفاسير:

external-link copy
32 : 22

ذٰلِكَ ۗ— وَمَنْ یُّعَظِّمْ شَعَآىِٕرَ اللّٰهِ فَاِنَّهَا مِنْ تَقْوَی الْقُلُوْبِ ۟

३२) यो सुन्यौ अब यी कुराहरूलाई ध्यान देऊ, जुन व्यक्तिले अल्लाहका निशानीहरूको आदर र सम्मान गर्दछ, निःसन्देह ती कुराहरू उसको हृदयको धर्मपरायणतासित सम्बन्ध राख्दछन् । info
التفاسير:

external-link copy
33 : 22

لَكُمْ فِیْهَا مَنَافِعُ اِلٰۤی اَجَلٍ مُّسَمًّی ثُمَّ مَحِلُّهَاۤ اِلَی الْبَیْتِ الْعَتِیْقِ ۟۠

३३) यसमा एक निश्चित समयसम्मको लागि तिम्रो निम्ति फाइदाहरू छन् । अनि उनीहरूलाई हलाल गर्ने ठाउँ (कुर्बानीको लागि) कअ्बा नै हो । info
التفاسير:

external-link copy
34 : 22

وَلِكُلِّ اُمَّةٍ جَعَلْنَا مَنْسَكًا لِّیَذْكُرُوا اسْمَ اللّٰهِ عَلٰی مَا رَزَقَهُمْ مِّنْ بَهِیْمَةِ الْاَنْعَامِ ؕ— فَاِلٰهُكُمْ اِلٰهٌ وَّاحِدٌ فَلَهٗۤ اَسْلِمُوْا ؕ— وَبَشِّرِ الْمُخْبِتِیْنَ ۟ۙ

३४) र हामीले प्रत्येक समुदायको लागि कुर्बानीको तरिका निर्धारित गरेका छौं ताकि अल्लाहले जुन पशुहरू उनीहरूलाई दिएको छ त्यसमाथि (हलाल गर्ने बेला) अल्लाहको नाम लेउन् । अतः बुझिराख तिम्रो पूज्य एउटै छ । तसर्थ उसैको आज्ञाकारी बन र विनम्रता अपनाउनेहरूलाई शुभसूचना सुनाइदिनु । info
التفاسير:

external-link copy
35 : 22

الَّذِیْنَ اِذَا ذُكِرَ اللّٰهُ وَجِلَتْ قُلُوْبُهُمْ وَالصّٰبِرِیْنَ عَلٰی مَاۤ اَصَابَهُمْ وَالْمُقِیْمِی الصَّلٰوةِ ۙ— وَمِمَّا رَزَقْنٰهُمْ یُنْفِقُوْنَ ۟

३५) यी त्यस्ता मानिसहरू हुन् कि जब अल्लाहको स्मरण गरिन्छ तब तिनका मुटुहरू काम्छन् र जुन दुःख उनीहरूमाथि आउँछ त्यसमा धैर्यले काम गर्छन् र नमाजलाई कायम राख्दछन्, र जे जति हामीले दिएका छौं त्यसबाट पनि खर्च गर्दछन् । info
التفاسير:

external-link copy
36 : 22

وَالْبُدْنَ جَعَلْنٰهَا لَكُمْ مِّنْ شَعَآىِٕرِ اللّٰهِ لَكُمْ فِیْهَا خَیْرٌ ۖۗ— فَاذْكُرُوا اسْمَ اللّٰهِ عَلَیْهَا صَوَآفَّ ۚ— فَاِذَا وَجَبَتْ جُنُوْبُهَا فَكُلُوْا مِنْهَا وَاَطْعِمُوا الْقَانِعَ وَالْمُعْتَرَّ ؕ— كَذٰلِكَ سَخَّرْنٰهَا لَكُمْ لَعَلَّكُمْ تَشْكُرُوْنَ ۟

३६) र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका छौं । तिनीहरूमा तिम्रो निम्ति फाइदाहरू छन् तसर्थ (कुर्बानी गर्ने बेलामा) पंक्तिमा बाँधेर उनीहरूमाथि अल्लाहको नाम पुकार । जब एकापट्टि ढलिहाल्छन् त त्यसबाट (आफू पनि) खाऊ र सन्तोष गरी बसिराख्ने गरिब र सवालीहरूलाई खुवाऊ यस्तै (ती पशुहरूलाई) हामीले तिम्रो अधीनस्थ गरिदिएका छौं ताकि तिमीले कृतज्ञता प्रकट गर । info
التفاسير:

external-link copy
37 : 22

لَنْ یَّنَالَ اللّٰهَ لُحُوْمُهَا وَلَا دِمَآؤُهَا وَلٰكِنْ یَّنَالُهُ التَّقْوٰی مِنْكُمْ ؕ— كَذٰلِكَ سَخَّرَهَا لَكُمْ لِتُكَبِّرُوا اللّٰهَ عَلٰی مَا هَدٰىكُمْ ؕ— وَبَشِّرِ الْمُحْسِنِیْنَ ۟

३७) कुर्बानीको मासु अल्लाहछेउ पुग्दैन नत उनीहरूको रगत अपितु उसलाई त तिम्रो हृदयको धर्मपरायणता पुग्दछ । यसप्रकार उसले उनीहरूलाई तिम्रो अधीनमा गरेको छ, ताकि तिमीले उसको मार्गदर्शनको लागि अल्लाहको प्रशंसा गर । र असल कर्म गर्नेहरूलाई शुभसूचना सुनाइदिनु । info
التفاسير:

external-link copy
38 : 22

اِنَّ اللّٰهَ یُدٰفِعُ عَنِ الَّذِیْنَ اٰمَنُوْا ؕ— اِنَّ اللّٰهَ لَا یُحِبُّ كُلَّ خَوَّانٍ كَفُوْرٍ ۟۠

३८) (हे पैगम्बर !) सुनिराख सच्चा मोमिनहरूबाट शत्रुलाई स्वयम् अल्लाहले हटाइराख्दछ । अल्लाहले कदापि कुनै विश्वासघाती, कृतध्नलाई मनपराउँदैन । info
التفاسير: