وه‌رگێڕانی ماناكانی قورئانی پیرۆز - وەرگێڕاوی نیپاڵی - کۆڕگەی ئەهلی حەدیث

ژمارەی پەڕە:close

external-link copy
6 : 13

وَیَسْتَعْجِلُوْنَكَ بِالسَّیِّئَةِ قَبْلَ الْحَسَنَةِ وَقَدْ خَلَتْ مِنْ قَبْلِهِمُ الْمَثُلٰتُ ؕ— وَاِنَّ رَبَّكَ لَذُوْ مَغْفِرَةٍ لِّلنَّاسِ عَلٰی ظُلْمِهِمْ ۚ— وَاِنَّ رَبَّكَ لَشَدِیْدُ الْعِقَابِ ۟

६) र जो तिमीबाट (दण्डको प्राप्तिमा) छिटो गरिरहेका छन् राहतभन्दा अगावै नै, जब कि उनीभन्दा अगाडि धेरै शिक्षाप्रद उदाहरण आइसकेको छ । र निःसन्देह तिम्रो पालनहार मुक्ति दिनेवाला छ, मान्छेहरूको नचाँहिदो अपराधमा पनि र यो पनि निश्चित कुरो छ, कि तिम्रो पालनकर्ता भयंकर दण्ड दिनेवाला छ । info
التفاسير:

external-link copy
7 : 13

وَیَقُوْلُ الَّذِیْنَ كَفَرُوْا لَوْلَاۤ اُنْزِلَ عَلَیْهِ اٰیَةٌ مِّنْ رَّبِّهٖ ؕ— اِنَّمَاۤ اَنْتَ مُنْذِرٌ وَّلِكُلِّ قَوْمٍ هَادٍ ۟۠

७) र काफिरहरू भन्दछन्ः कि उनीमाथि उनको पालनकर्ताको तर्फबाट कुनै चमत्कार किन उतारिएना कुरो यो छः कि तपाई त मात्र सावधान गर्नेवाला हुनुहुन्छ, र हरेक कौमको लागि (एउटा) मार्गदर्शक छ । info
التفاسير:

external-link copy
8 : 13

اَللّٰهُ یَعْلَمُ مَا تَحْمِلُ كُلُّ اُ وَمَا تَغِیْضُ الْاَرْحَامُ وَمَا تَزْدَادُ ؕ— وَكُلُّ شَیْءٍ عِنْدَهٗ بِمِقْدَارٍ ۟

८) अल्लाह राम्ररी जान्दछ जे स्त्रीको गर्भमा रहन्छ र भूडीको ठूलो सानो आकार पनि, र हर वस्तु उसनिर एउटा निश्चित रूपमा छ । info
التفاسير:

external-link copy
9 : 13

عٰلِمُ الْغَیْبِ وَالشَّهَادَةِ الْكَبِیْرُ الْمُتَعَالِ ۟

९) त्यो प्रत्यक्ष तथा परोक्षको ज्ञाता हो । (सबै भन्दा) महान र (सबैभन्दा) उच्चतम छ । info
التفاسير:

external-link copy
10 : 13

سَوَآءٌ مِّنْكُمْ مَّنْ اَسَرَّ الْقَوْلَ وَمَنْ جَهَرَ بِهٖ وَمَنْ هُوَ مُسْتَخْفٍ بِالَّیْلِ وَسَارِبٌ بِالنَّهَارِ ۟

१०) तिमीमध्ये कसैले आफ्नो कुरोलाई लुकाएर भनोस् अथवा ठूलो स्वरमा भनोस् र जुन रात्रीमा लुकेको छ र जुन दिउँसोमा भइरहेको छ, सबै अल्लाहको लागि एकैनास छन् । info
التفاسير:

external-link copy
11 : 13

لَهٗ مُعَقِّبٰتٌ مِّنْ بَیْنِ یَدَیْهِ وَمِنْ خَلْفِهٖ یَحْفَظُوْنَهٗ مِنْ اَمْرِ اللّٰهِ ؕ— اِنَّ اللّٰهَ لَا یُغَیِّرُ مَا بِقَوْمٍ حَتّٰی یُغَیِّرُوْا مَا بِاَنْفُسِهِمْ ؕ— وَاِذَاۤ اَرَادَ اللّٰهُ بِقَوْمٍ سُوْٓءًا فَلَا مَرَدَّ لَهٗ ۚ— وَمَا لَهُمْ مِّنْ دُوْنِهٖ مِنْ وَّالٍ ۟

११) उसका चौकीदारहरू मान्छेको अगाडि–पाछाडि नियुक्त छन्, जो अल्लाहको हुकुम अनुसार त्यसको चौकसी गर्दछन् । कुनै समुदायको अवस्था अल्लाह बदल्दैन जबसम्म कि त्यसले स्वयं उसलाई नबदलोस् जो उसका हृदयमा छन्, र अल्लाह जब कुनै समुदायलाई दण्डित गर्ने योजना बनाउँछ, त त्यो परिवर्तन हुँदैन । र उसबाहेक कोही पनि उसको योजनाकार छैन । info
التفاسير:

external-link copy
12 : 13

هُوَ الَّذِیْ یُرِیْكُمُ الْبَرْقَ خَوْفًا وَّطَمَعًا وَّیُنْشِئُ السَّحَابَ الثِّقَالَ ۟ۚ

१२) त्यो अल्लाह नै हो जसले तिमीलाई चट्याङ्गको चमक भयभीत गर्न र आशा दिलाउनको लागि देखाउँछ, र भारी बादलहरूलाई सृजना गर्छ (उठाउँछ) । info
التفاسير:

external-link copy
13 : 13

وَیُسَبِّحُ الرَّعْدُ بِحَمْدِهٖ وَالْمَلٰٓىِٕكَةُ مِنْ خِیْفَتِهٖ ۚ— وَیُرْسِلُ الصَّوَاعِقَ فَیُصِیْبُ بِهَا مَنْ یَّشَآءُ وَهُمْ یُجَادِلُوْنَ فِی اللّٰهِ ۚ— وَهُوَ شَدِیْدُ الْمِحَالِ ۟ؕ

१३) बिजुलीको गर्जना उसको पवित्रताको प्रशंसा गर्दछ, र फरिश्ताहरू पनि उसको भयबाट (त्यसै गर्दैछन्) । उही चट्याङ्ग पठाउँछ, र जसमाथि चाहन्छ त्यसमाथि खसाल्छ । जब कि तिनीहरू (बहुदेववादीहरू) अल्लाह वापत झैं–झगडा गरिरहेका छन्, र अल्लाह कठोर शक्तिवाला छ । info
التفاسير: