وه‌رگێڕانی ماناكانی قورئانی پیرۆز - وەرگێڕاوی نیپاڵی - کۆڕگەی ئەهلی حەدیث

ژمارەی پەڕە:close

external-link copy
118 : 11

وَلَوْ شَآءَ رَبُّكَ لَجَعَلَ النَّاسَ اُمَّةً وَّاحِدَةً وَّلَا یَزَالُوْنَ مُخْتَلِفِیْنَ ۟ۙ

११८) यदि तिम्रो पालनकर्ताले चाहेको भए थुप्रै मानिसहरूलाई एउटै बाटोमा एउटै समूह बनाउने थियो तर तिनीहरूले सँधै विवाद गरिराख्ने नै छन् । info
التفاسير:

external-link copy
119 : 11

اِلَّا مَنْ رَّحِمَ رَبُّكَ ؕ— وَلِذٰلِكَ خَلَقَهُمْ ؕ— وَتَمَّتْ كَلِمَةُ رَبِّكَ لَاَمْلَـَٔنَّ جَهَنَّمَ مِنَ الْجِنَّةِ وَالنَّاسِ اَجْمَعِیْنَ ۟

११९) तर ती बाहेक जसमाथि तपाईको पालनकर्ताले कृपा गरोस् र यसैले उसले यिनीहरूलाई सृष्टि गरेको छ, र तिम्रो पालनकर्ताको यो वचन पूरा भइसकेको छ, कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु । info
التفاسير:

external-link copy
120 : 11

وَكُلًّا نَّقُصُّ عَلَیْكَ مِنْ اَنْۢبَآءِ الرُّسُلِ مَا نُثَبِّتُ بِهٖ فُؤَادَكَ ۚ— وَجَآءَكَ فِیْ هٰذِهِ الْحَقُّ وَمَوْعِظَةٌ وَّذِكْرٰی لِلْمُؤْمِنِیْنَ ۟

१२०) हे (मुहम्मद !) पैगम्बरहरूका ती सबै कुराहरू हामीले तपाई सामु तपाईको मनको शाँतिको लागि वर्णन गर्दछौं, तपाईसम्म यो सूरः (अंश) मा पनि सत्य पुगिसक्यो जुन मोमिनहरूको निम्ति उपदेश र पाठ हो । info
التفاسير:

external-link copy
121 : 11

وَقُلْ لِّلَّذِیْنَ لَا یُؤْمِنُوْنَ اعْمَلُوْا عَلٰی مَكَانَتِكُمْ ؕ— اِنَّا عٰمِلُوْنَ ۟ۙ

१२१) र जुन मानिसहरूले ईमान ल्याएका छैनन्, तिनीहरूलाई भनिदिनुस् कि तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ, हामी आफ्नो ठाउँमा गर्ने गर्दछौं । info
التفاسير:

external-link copy
122 : 11

وَانْتَظِرُوْا ۚ— اِنَّا مُنْتَظِرُوْنَ ۟

१२२) र तिमी पनि प्रतीक्षा गर, हामी पनि प्रतीक्षा गर्दछौं । info
التفاسير:

external-link copy
123 : 11

وَلِلّٰهِ غَیْبُ السَّمٰوٰتِ وَالْاَرْضِ وَاِلَیْهِ یُرْجَعُ الْاَمْرُ كُلُّهٗ فَاعْبُدْهُ وَتَوَكَّلْ عَلَیْهِ ؕ— وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا تَعْمَلُوْنَ ۟۠

१२३) आकाशहरू र पृथ्वीमा अदृश्य कुराहरूको ज्ञान अल्लाहलाई नै छ, र थुप्रै कुराहरू उसैतिर निर्णयको लागि फर्कन्छन् तसर्थ उसैको पूजा गर, र उसैमाथि भरोसा राख, र जे जति तिमीले गरिराखेका छौ तिम्रो पालनकर्ता त्यसबाट अनभिज्ञ छैन । info
التفاسير: