ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
44 : 33

تَحِیَّتُهُمْ یَوْمَ یَلْقَوْنَهٗ سَلٰمٌ ۖۚ— وَّاَعَدَّ لَهُمْ اَجْرًا كَرِیْمًا ۟

४४) जुन दिन उनीहरू अल्लाहसँग भेट्नेछन्, उनको (अभिवादन) सलाम हुनेछ र उनीहरूको निम्ति (अल्लाहले) प्रतिष्ठापूर्ण प्रतिफल तयार गरिसकेको छ । info
التفاسير:

external-link copy
45 : 33

یٰۤاَیُّهَا النَّبِیُّ اِنَّاۤ اَرْسَلْنٰكَ شَاهِدًا وَّمُبَشِّرًا وَّنَذِیْرًا ۟ۙ

४५) हे पैगम्बर ! निश्चय नै हामीले तपाईंलाई रसूल बनाएर साक्षी, र शुभसूचना दिनेवाला र सचेत गर्नेवाला बनाएर पठाएका छौं । info
التفاسير:

external-link copy
46 : 33

وَّدَاعِیًا اِلَی اللّٰهِ بِاِذْنِهٖ وَسِرَاجًا مُّنِیْرًا ۟

४६) र अल्लाहको हुकुमबाट अल्लाहतिर बोलाउनेवाला र प्रकाशमान्, ज्योति बनाएर । info
التفاسير:

external-link copy
47 : 33

وَبَشِّرِ الْمُؤْمِنِیْنَ بِاَنَّ لَهُمْ مِّنَ اللّٰهِ فَضْلًا كَبِیْرًا ۟

४७) र तपाईंले आस्थावानहरूलाई शुभसूचना सुनाइदिनुस् कि अल्लाहको तर्फबाट तिनीहरूको लागि ठूलो पुरस्कार (फजल) छ । info
التفاسير:

external-link copy
48 : 33

وَلَا تُطِعِ الْكٰفِرِیْنَ وَالْمُنٰفِقِیْنَ وَدَعْ اَذٰىهُمْ وَتَوَكَّلْ عَلَی اللّٰهِ ؕ— وَكَفٰی بِاللّٰهِ وَكِیْلًا ۟

४८) र इन्कार गर्नेहरू र कपटीहरूको भनाई नमान्नु । र उनीहरूले दिएको दुःखलाई वास्ता नगर्नु । र अल्लाहमाथि भरोसा गर्नु ! र अल्लाह कुनै कामलाई पनि परिणाममुखी बनाउन पर्याप्त छ । info
التفاسير:

external-link copy
49 : 33

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا نَكَحْتُمُ الْمُؤْمِنٰتِ ثُمَّ طَلَّقْتُمُوْهُنَّ مِنْ قَبْلِ اَنْ تَمَسُّوْهُنَّ فَمَا لَكُمْ عَلَیْهِنَّ مِنْ عِدَّةٍ تَعْتَدُّوْنَهَا ۚ— فَمَتِّعُوْهُنَّ وَسَرِّحُوْهُنَّ سَرَاحًا جَمِیْلًا ۟

४९) हे ईमानवालाहरू ! जब तिमी ईमानवाली स्त्रीहरूसँग विवाह गर्दछौ फेरि उनीहरूलाई स्पर्श गर्नुभन्दा अगाडि नै तलाक (पारपाचुके) दिन्छौ भने तिम्रो निम्ति उनीहरूमाथि कुनै इद्दतको अधिकार छैन जसको तिमी गन्ती गर । उनीहरूलाई केही फाइदा (खर्च) दिएर राम्रो तरिकाले बिदा गर । info
التفاسير:

external-link copy
50 : 33

یٰۤاَیُّهَا النَّبِیُّ اِنَّاۤ اَحْلَلْنَا لَكَ اَزْوَاجَكَ الّٰتِیْۤ اٰتَیْتَ اُجُوْرَهُنَّ وَمَا مَلَكَتْ یَمِیْنُكَ مِمَّاۤ اَفَآءَ اللّٰهُ عَلَیْكَ وَبَنٰتِ عَمِّكَ وَبَنٰتِ عَمّٰتِكَ وَبَنٰتِ خَالِكَ وَبَنٰتِ خٰلٰتِكَ الّٰتِیْ هَاجَرْنَ مَعَكَ ؗ— وَامْرَاَةً مُّؤْمِنَةً اِنْ وَّهَبَتْ نَفْسَهَا لِلنَّبِیِّ اِنْ اَرَادَ النَّبِیُّ اَنْ یَّسْتَنْكِحَهَا ۗ— خَالِصَةً لَّكَ مِنْ دُوْنِ الْمُؤْمِنِیْنَ ؕ— قَدْ عَلِمْنَا مَا فَرَضْنَا عَلَیْهِمْ فِیْۤ اَزْوَاجِهِمْ وَمَا مَلَكَتْ اَیْمَانُهُمْ لِكَیْلَا یَكُوْنَ عَلَیْكَ حَرَجٌ ؕ— وَكَانَ اللّٰهُ غَفُوْرًا رَّحِیْمًا ۟

५०) हे नबी ! हामीले तपाईको निम्ति ती पत्नीहरू ग्राह्य गरिदिएका छौं जसका महर तपाईंले दिइसक्नु भएको छ, र ती दासीहरूलाई पनि जुन अल्लाहले तपाईंको अधीनमा (धर्मयुद्धबाट) गनिमतको मालको रूपमा दियो र तपाईको काकाका छोरीहरू र फुफूहरूका छोरीहरू र मामाका छोरीहरू र तपाईंको आमाकी दिदी बहिनीकी छोरीहरू जसले तपाईको साथमा प्रवास (हिजरत) गरेका छिन् र त्यो ईमानवाली स्त्री जसले आफूलाई नबीको निम्ति अर्पित गर्दछे, यदि नबीले उसित बिहे गर्न चाहनुहुन्छ । त (हे मुहम्मद !) यो खासगरी तपाईंको लागि हो, सबै मुसलमानहरूको लागि होइन, हामीले उनीहरूका पत्नीहरू र दासीहरूको बारेमा जुन नियमहरू निर्धारित गरेका छौं, हामीलाई थाहा छ । यो यसकारण कि तपाईलाई कुनै अप्ठ्यारो नहोस् । र अल्लाह धेरै क्षमाशील, दयावान् छ । info
التفاسير: