ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
63 : 33

یَسْـَٔلُكَ النَّاسُ عَنِ السَّاعَةِ ؕ— قُلْ اِنَّمَا عِلْمُهَا عِنْدَ اللّٰهِ ؕ— وَمَا یُدْرِیْكَ لَعَلَّ السَّاعَةَ تَكُوْنُ قَرِیْبًا ۟

६३) मानिसहरूले तपाईंसँग कियामतको (समयको) बारेमा सोध्छन् । भनिदिनुस् ‘‘यसको ज्ञान त अल्लाहलाई मात्र छ र तपाईलाई के थाहा ? शायद कियामत (प्रलय) नजिकै आइपुगेको छ’’ । info
التفاسير:

external-link copy
64 : 33

اِنَّ اللّٰهَ لَعَنَ الْكٰفِرِیْنَ وَاَعَدَّ لَهُمْ سَعِیْرًا ۟ۙ

६४) अल्लाहले इन्कार गर्नेहरूलाई अभिशप्त गरेको छ र उनीहरूको निम्ति (जहन्नमको) आगो तयार गरेको छ । info
التفاسير:

external-link copy
65 : 33

خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ۚ— لَا یَجِدُوْنَ وَلِیًّا وَّلَا نَصِیْرًا ۟ۚ

६५) जसमा उनीहरू सधैं सधैं रहनेछन् । उनीहरूले त्यहाँ कुनै समर्थक र सहायक पाउने छैनन् । info
التفاسير:

external-link copy
66 : 33

یَوْمَ تُقَلَّبُ وُجُوْهُهُمْ فِی النَّارِ یَقُوْلُوْنَ یٰلَیْتَنَاۤ اَطَعْنَا اللّٰهَ وَاَطَعْنَا الرَّسُوْلَا ۟

६६) त्यस दिन उनीहरूका अनुहार आगोमा उल्टाइने, पल्टाइनेछ त उनीहरूले भन्नेछन्ः ‘‘कति राम्रो हुनथ्यो यदि हामीले अल्लाहको आज्ञापालन गरेको भए र रसूलको आज्ञापालन गरेको भए’’ । info
التفاسير:

external-link copy
67 : 33

وَقَالُوْا رَبَّنَاۤ اِنَّاۤ اَطَعْنَا سَادَتَنَا وَكُبَرَآءَنَا فَاَضَلُّوْنَا السَّبِیْلَا ۟

६७) र उनीहरूले भन्नेछन् ‘‘हे हाम्रो पालनकर्ता ! वास्तवमा हामीले आफ्ना नाइकेहरू र आफ्ना ठूला बडाको आज्ञापालन गर्यौं र उनीहरूले हामीलाई सही मार्गबाट विचलित गरिदिए ।’’ info
التفاسير:

external-link copy
68 : 33

رَبَّنَاۤ اٰتِهِمْ ضِعْفَیْنِ مِنَ الْعَذَابِ وَالْعَنْهُمْ لَعْنًا كَبِیْرًا ۟۠

६८) हे हाम्रो पालनकर्ता! ‘‘उनीहरूलाई तिमी दोहोरो यातना देऊ र उनीहरूलाई ठूलो तिरस्कृत गर’’ । info
التفاسير:

external-link copy
69 : 33

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَكُوْنُوْا كَالَّذِیْنَ اٰذَوْا مُوْسٰی فَبَرَّاَهُ اللّٰهُ مِمَّا قَالُوْا ؕ— وَكَانَ عِنْدَ اللّٰهِ وَجِیْهًا ۟

६९) हे आस्थावानहरू ! ‘‘तिमीहरू ती मानिसहरू जस्तो नहुनु, जसले मूसालाई (दोष लगाएर) दुःख पुर्याए, तर अल्लाहले उनलाई दोषरहित प्रमाणित गर्यो । उनी अल्लाहकहाँ सम्मानित व्यक्ति थिए’’ । info
التفاسير:

external-link copy
70 : 33

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اتَّقُوا اللّٰهَ وَقُوْلُوْا قَوْلًا سَدِیْدًا ۟ۙ

७०) हे आस्थावानहरू ! अल्लाहसित डर मान्नेगर र सोझो सोझो साँचो कुरा भन्नेगर । info
التفاسير:

external-link copy
71 : 33

یُّصْلِحْ لَكُمْ اَعْمَالَكُمْ وَیَغْفِرْ لَكُمْ ذُنُوْبَكُمْ ؕ— وَمَنْ یُّطِعِ اللّٰهَ وَرَسُوْلَهٗ فَقَدْ فَازَ فَوْزًا عَظِیْمًا ۟

७१) ताकि अल्लाह तिम्रा कर्महरूलाई राम्रो पारोस् र तिम्रा पापहरूलाई क्षमा गरिदेओस् । र जसले पनि अल्लाह र उसको रसूलको आज्ञापालन गर्यो, त्यसले ठूलो सफलता प्राप्त गर्यो । info
التفاسير:

external-link copy
72 : 33

اِنَّا عَرَضْنَا الْاَمَانَةَ عَلَی السَّمٰوٰتِ وَالْاَرْضِ وَالْجِبَالِ فَاَبَیْنَ اَنْ یَّحْمِلْنَهَا وَاَشْفَقْنَ مِنْهَا وَحَمَلَهَا الْاِنْسَانُ ؕ— اِنَّهٗ كَانَ ظَلُوْمًا جَهُوْلًا ۟ۙ

७२) हामीले आफ्नो नासोलाई आकाशहरू र धरती र पर्वतहरूमाथि प्रस्तुत गर्यौं, तर उनीहरूले त्यसलाई उठाउन इन्कार गरिदिए र त्यससित तर्सिहाले । (तर) मानिसले त्यसलाई उठाइहाल्यो । (निश्चय नै ऊ) ठूलो अत्याचारी र अज्ञानी छ । info
التفاسير:

external-link copy
73 : 33

لِّیُعَذِّبَ اللّٰهُ الْمُنٰفِقِیْنَ وَالْمُنٰفِقٰتِ وَالْمُشْرِكِیْنَ وَالْمُشْرِكٰتِ وَیَتُوْبَ اللّٰهُ عَلَی الْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ ؕ— وَكَانَ اللّٰهُ غَفُوْرًا رَّحِیْمًا ۟۠

७३) यो यस कारण कि अल्लाहले कपटी पुरुष र स्त्रीहरू र बहुदेववादी पुरुषहरू र बहुदेववादी स्त्रीहरूलाई सजाय देओस्, र ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूको प्रायश्चित स्वीकार गरोस् । अल्लाह बडो क्षमाशील र परम् दयालु छ । info
التفاسير: