ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
64 : 29

وَمَا هٰذِهِ الْحَیٰوةُ الدُّنْیَاۤ اِلَّا لَهْوٌ وَّلَعِبٌ ؕ— وَاِنَّ الدَّارَ الْاٰخِرَةَ لَهِیَ الْحَیَوَانُ ۘ— لَوْ كَانُوْا یَعْلَمُوْنَ ۟

६४) र यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । निःसन्देह आखिरतको घरको जीवन नै वास्तविक जीवन हो । उनीहरूले यो बुझ्ने भए कति राम्रो हुने थियो । info
التفاسير:

external-link copy
65 : 29

فَاِذَا رَكِبُوْا فِی الْفُلْكِ دَعَوُا اللّٰهَ مُخْلِصِیْنَ لَهُ الدِّیْنَ ۚ۬— فَلَمَّا نَجّٰىهُمْ اِلَی الْبَرِّ اِذَا هُمْ یُشْرِكُوْنَ ۟ۙ

६५) अनि जब यिनीहरू डुङ्गामा सवार हुन्छन् त अल्लाहलाई नै पुकार्दछन् विशुद्धरूपमा उसैको निम्ति पूजालाई खास गरी, र जब उसले तिनीहरूलाई बचाएर शुष्क भूमिमा पुर्याइदिन्छ तब तुरुन्तै (अल्लाहको) साझेदार ठहराउन थाल्छन् । info
التفاسير:

external-link copy
66 : 29

لِیَكْفُرُوْا بِمَاۤ اٰتَیْنٰهُمْ ۙۚ— وَلِیَتَمَتَّعُوْا ۥ— فَسَوْفَ یَعْلَمُوْنَ ۟

६६) ताकि हामीले उनीहरूलाई जे प्रदान गरेका छौं, त्यसप्रति कृतघ्नता देखाउदै फाइदा पनि लिदैगरुन् । अतः शीघ्र नै उनीहरूले जानिहाल्नेछन् । info
التفاسير:

external-link copy
67 : 29

اَوَلَمْ یَرَوْا اَنَّا جَعَلْنَا حَرَمًا اٰمِنًا وَّیُتَخَطَّفُ النَّاسُ مِنْ حَوْلِهِمْ ؕ— اَفَبِالْبَاطِلِ یُؤْمِنُوْنَ وَبِنِعْمَةِ اللّٰهِ یَكْفُرُوْنَ ۟

६७) के उनीहरू देखेनन्, कि हामीले हरम (मक्का)लाई शान्तिको ठाउँ बनाएका छौं, र मानिसहरू त्यसका वरिपरिबाट समातिहालिनेछन् । के यी मानिसहरूले असत्यमाथि त विश्वास गर्दछन् र अल्लाहको अनुकम्पाप्रति कृतघ्नता देखाउँछन् ? info
التفاسير:

external-link copy
68 : 29

وَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا اَوْ كَذَّبَ بِالْحَقِّ لَمَّا جَآءَهٗ ؕ— اَلَیْسَ فِیْ جَهَنَّمَ مَثْوًی لِّلْكٰفِرِیْنَ ۟

६८) त्यो व्यक्तिभन्दा बढी अत्याचारी को होला ? जसले अल्लाहको बारेमा मनगढन्ते कुरा रच्दछ वा सत्यलाई झूठो भन्दछ, जबकि त्यो (सत्य) उसको पासमा आइसकेको हुन्छ ? के यस्ता काफिरहरूको बस्ने ठाउँ नर्क हुनेछैन ? info
التفاسير:

external-link copy
69 : 29

وَالَّذِیْنَ جٰهَدُوْا فِیْنَا لَنَهْدِیَنَّهُمْ سُبُلَنَا ؕ— وَاِنَّ اللّٰهَ لَمَعَ الْمُحْسِنِیْنَ ۟۠

६९) र जुन मानिसहरूले हाम्रो बाटोमा कष्ट सहन्छन्, हामीले, उनीहरूलाई अवश्य आफ्ना मार्गहरू देखाउनेछौं र निश्चय नै अल्लाह त सुकर्मीहरूको साथी हो । info
التفاسير: