ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

अन्कबूत

external-link copy
1 : 29

الٓمّٓ ۟ۚ

१) अलिफ–लाम–मीम् । info
التفاسير:

external-link copy
2 : 29

اَحَسِبَ النَّاسُ اَنْ یُّتْرَكُوْۤا اَنْ یَّقُوْلُوْۤا اٰمَنَّا وَهُمْ لَا یُفْتَنُوْنَ ۟

२) के मानिसहरूले यो ठानेका छन्, कि (मात्र) यो भन्नाले कि हामीले ईमान ल्यायौं, तिनीहरूको परीक्षा गरिने छैन ? info
التفاسير:

external-link copy
3 : 29

وَلَقَدْ فَتَنَّا الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَلَیَعْلَمَنَّ اللّٰهُ الَّذِیْنَ صَدَقُوْا وَلَیَعْلَمَنَّ الْكٰذِبِیْنَ ۟

३) यिनीभन्दा पहिला गुज्रिसकेकाहरूको पनि हामीले परीक्षा लियौं । निश्चितरूपले अल्लाहले त उनीहरूको बारेमा पनि थाहा पाउनेछ, जो सत्य छन् र उनीहरूको पनि जानकारी राख्नेछ जो झूठा छन् । info
التفاسير:

external-link copy
4 : 29

اَمْ حَسِبَ الَّذِیْنَ یَعْمَلُوْنَ السَّیِّاٰتِ اَنْ یَّسْبِقُوْنَا ؕ— سَآءَ مَا یَحْكُمُوْنَ ۟

४) के उनीहरू, जसले नराम्रो कर्म गर्दछन् यो ठान्दछन् कि यिनीहरू हाम्रा नियन्त्रणबाट बाहिर गइहाल्नेछन् । यिनीहरूले कस्तो नराम्रो ठानिराखेका छन् । info
التفاسير:

external-link copy
5 : 29

مَنْ كَانَ یَرْجُوْا لِقَآءَ اللّٰهِ فَاِنَّ اَجَلَ اللّٰهِ لَاٰتٍ ؕ— وَهُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟

५) जुन व्यक्तिहरूले अल्लाहसँगको भेटको आशा गर्दछन्, त अल्लाहको निर्धारित समय (कियामत) त आउने नै छ । र ऊ सबै कुरा सुन्दछ, जान्दछ । info
التفاسير:

external-link copy
6 : 29

وَمَنْ جٰهَدَ فَاِنَّمَا یُجَاهِدُ لِنَفْسِهٖ ؕ— اِنَّ اللّٰهَ لَغَنِیٌّ عَنِ الْعٰلَمِیْنَ ۟

६) र प्रयत्न गर्ने प्रत्येक व्यक्तिले आफ्नै भलोको निम्ति प्रयत्न गर्दछ । निश्चय नै अल्लाह सम्पूर्ण संसारबाट निस्पृह छ । info
التفاسير: