ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
84 : 26

وَاجْعَلْ لِّیْ لِسَانَ صِدْقٍ فِی الْاٰخِرِیْنَ ۟ۙ

८४) र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख । info
التفاسير:

external-link copy
85 : 26

وَاجْعَلْنِیْ مِنْ وَّرَثَةِ جَنَّةِ النَّعِیْمِ ۟ۙ

८५) र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर । info
التفاسير:

external-link copy
86 : 26

وَاغْفِرْ لِاَبِیْۤ اِنَّهٗ كَانَ مِنَ الضَّآلِّیْنَ ۟ۙ

८६) र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो । info
التفاسير:

external-link copy
87 : 26

وَلَا تُخْزِنِیْ یَوْمَ یُبْعَثُوْنَ ۟ۙ

८७) र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु । info
التفاسير:

external-link copy
88 : 26

یَوْمَ لَا یَنْفَعُ مَالٌ وَّلَا بَنُوْنَ ۟ۙ

८८) जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् । info
التفاسير:

external-link copy
89 : 26

اِلَّا مَنْ اَتَی اللّٰهَ بِقَلْبٍ سَلِیْمٍ ۟ؕ

८९) तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ । info
التفاسير:

external-link copy
90 : 26

وَاُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِیْنَ ۟ۙ

९०) र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ । info
التفاسير:

external-link copy
91 : 26

وَبُرِّزَتِ الْجَحِیْمُ لِلْغٰوِیْنَ ۟ۙ

९१) र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ । info
التفاسير:

external-link copy
92 : 26

وَقِیْلَ لَهُمْ اَیْنَ مَا كُنْتُمْ تَعْبُدُوْنَ ۟ۙ

९२) र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन् ? info
التفاسير:

external-link copy
93 : 26

مِنْ دُوْنِ اللّٰهِ ؕ— هَلْ یَنْصُرُوْنَكُمْ اَوْ یَنْتَصِرُوْنَ ۟ؕ

९३) अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन् ? info
التفاسير:

external-link copy
94 : 26

فَكُبْكِبُوْا فِیْهَا هُمْ وَالْغَاوٗنَ ۟ۙ

९४) अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् । info
التفاسير:

external-link copy
95 : 26

وَجُنُوْدُ اِبْلِیْسَ اَجْمَعُوْنَ ۟ؕ

९५) र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) । info
التفاسير:

external-link copy
96 : 26

قَالُوْا وَهُمْ فِیْهَا یَخْتَصِمُوْنَ ۟ۙ

९६) (त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् । info
التفاسير:

external-link copy
97 : 26

تَاللّٰهِ اِنْ كُنَّا لَفِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟ۙ

९७) किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’ info
التفاسير:

external-link copy
98 : 26

اِذْ نُسَوِّیْكُمْ بِرَبِّ الْعٰلَمِیْنَ ۟

९८) जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं । info
التفاسير:

external-link copy
99 : 26

وَمَاۤ اَضَلَّنَاۤ اِلَّا الْمُجْرِمُوْنَ ۟

९९) र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् । info
التفاسير:

external-link copy
100 : 26

فَمَا لَنَا مِنْ شَافِعِیْنَ ۟ۙ

१००) अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन । info
التفاسير:

external-link copy
101 : 26

وَلَا صَدِیْقٍ حَمِیْمٍ ۟

१०१) र न कोही घनिष्ट मित्र छ । info
التفاسير:

external-link copy
102 : 26

فَلَوْ اَنَّ لَنَا كَرَّةً فَنَكُوْنَ مِنَ الْمُؤْمِنِیْنَ ۟

१०२) कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं । info
التفاسير:

external-link copy
103 : 26

اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً ؕ— وَمَا كَانَ اَكْثَرُهُمْ مُّؤْمِنِیْنَ ۟

१०३) यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् । info
التفاسير:

external-link copy
104 : 26

وَاِنَّ رَبَّكَ لَهُوَ الْعَزِیْزُ الرَّحِیْمُ ۟۠

१०४) र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ । info
التفاسير:

external-link copy
105 : 26

كَذَّبَتْ قَوْمُ نُوْحِ ١لْمُرْسَلِیْنَ ۟ۚۖ

१०५) नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने । info
التفاسير:

external-link copy
106 : 26

اِذْ قَالَ لَهُمْ اَخُوْهُمْ نُوْحٌ اَلَا تَتَّقُوْنَ ۟ۚ

१०६) जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन ? info
التفاسير:

external-link copy
107 : 26

اِنِّیْ لَكُمْ رَسُوْلٌ اَمِیْنٌ ۟ۙ

१०७) सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ । info
التفاسير:

external-link copy
108 : 26

فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟ۚ

१०८) तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु । info
التفاسير:

external-link copy
109 : 26

وَمَاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ مِنْ اَجْرٍ ۚ— اِنْ اَجْرِیَ اِلَّا عَلٰی رَبِّ الْعٰلَمِیْنَ ۟ۚ

१०९) म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ । info
التفاسير:

external-link copy
110 : 26

فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟ؕ

११०) अनि अल्लाहको भयराख र मेरो आदेश पालनगर । info
التفاسير:

external-link copy
111 : 26

قَالُوْۤا اَنُؤْمِنُ لَكَ وَاتَّبَعَكَ الْاَرْذَلُوْنَ ۟ؕ

१११) उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् । info
التفاسير: