ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
40 : 26

لَعَلَّنَا نَتَّبِعُ السَّحَرَةَ اِنْ كَانُوْا هُمُ الْغٰلِبِیْنَ ۟

४०) ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं । info
التفاسير:

external-link copy
41 : 26

فَلَمَّا جَآءَ السَّحَرَةُ قَالُوْا لِفِرْعَوْنَ اَىِٕنَّ لَنَا لَاَجْرًا اِنْ كُنَّا نَحْنُ الْغٰلِبِیْنَ ۟

४१) जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ ? info
التفاسير:

external-link copy
42 : 26

قَالَ نَعَمْ وَاِنَّكُمْ اِذًا لَّمِنَ الْمُقَرَّبِیْنَ ۟

४२) फिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ । info
التفاسير:

external-link copy
43 : 26

قَالَ لَهُمْ مُّوْسٰۤی اَلْقُوْا مَاۤ اَنْتُمْ مُّلْقُوْنَ ۟

४३) मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक । info
التفاسير:

external-link copy
44 : 26

فَاَلْقَوْا حِبَالَهُمْ وَعِصِیَّهُمْ وَقَالُوْا بِعِزَّةِ فِرْعَوْنَ اِنَّا لَنَحْنُ الْغٰلِبُوْنَ ۟

४४) तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं । info
التفاسير:

external-link copy
45 : 26

فَاَلْقٰی مُوْسٰی عَصَاهُ فَاِذَا هِیَ تَلْقَفُ مَا یَاْفِكُوْنَ ۟ۚۖ

४५) अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो । info
التفاسير:

external-link copy
46 : 26

فَاُلْقِیَ السَّحَرَةُ سٰجِدِیْنَ ۟ۙ

४६) यो हेरेर नादूगरहरू स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे । info
التفاسير:

external-link copy
47 : 26

قَالُوْۤا اٰمَنَّا بِرَبِّ الْعٰلَمِیْنَ ۟ۙ

४७) (र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं । info
التفاسير:

external-link copy
48 : 26

رَبِّ مُوْسٰی وَهٰرُوْنَ ۟

४८) अर्थात् मूसा र हारूनको पालनलहारमाथि । info
التفاسير:

external-link copy
49 : 26

قَالَ اٰمَنْتُمْ لَهٗ قَبْلَ اَنْ اٰذَنَ لَكُمْ ۚ— اِنَّهٗ لَكَبِیْرُكُمُ الَّذِیْ عَلَّمَكُمُ السِّحْرَ ۚ— فَلَسَوْفَ تَعْلَمُوْنَ ؕ۬— لَاُقَطِّعَنَّ اَیْدِیَكُمْ وَاَرْجُلَكُمْ مِّنْ خِلَافٍ وَّلَاُوصَلِّبَنَّكُمْ اَجْمَعِیْنَ ۟ۚ

४९) फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु । info
التفاسير:

external-link copy
50 : 26

قَالُوْا لَا ضَیْرَ ؗ— اِنَّاۤ اِلٰی رَبِّنَا مُنْقَلِبُوْنَ ۟ۚ

५०) उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं । info
التفاسير:

external-link copy
51 : 26

اِنَّا نَطْمَعُ اَنْ یَّغْفِرَ لَنَا رَبُّنَا خَطٰیٰنَاۤ اَنْ كُنَّاۤ اَوَّلَ الْمُؤْمِنِیْنَ ۟ؕ۠

५१) हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं । info
التفاسير:

external-link copy
52 : 26

وَاَوْحَیْنَاۤ اِلٰی مُوْسٰۤی اَنْ اَسْرِ بِعِبَادِیْۤ اِنَّكُمْ مُّتَّبَعُوْنَ ۟

५२) र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ । info
التفاسير:

external-link copy
53 : 26

فَاَرْسَلَ فِرْعَوْنُ فِی الْمَدَآىِٕنِ حٰشِرِیْنَ ۟ۚ

५३) यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो । info
التفاسير:

external-link copy
54 : 26

اِنَّ هٰۤؤُلَآءِ لَشِرْذِمَةٌ قَلِیْلُوْنَ ۟ۙ

५४) किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’ info
التفاسير:

external-link copy
55 : 26

وَاِنَّهُمْ لَنَا لَغَآىِٕظُوْنَ ۟ۙ

५५) र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् । info
التفاسير:

external-link copy
56 : 26

وَاِنَّا لَجَمِیْعٌ حٰذِرُوْنَ ۟ؕ

५६) र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं । info
التفاسير:

external-link copy
57 : 26

فَاَخْرَجْنٰهُمْ مِّنْ جَنّٰتٍ وَّعُیُوْنٍ ۟ۙ

५७) अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं । info
التفاسير:

external-link copy
58 : 26

وَّكُنُوْزٍ وَّمَقَامٍ كَرِیْمٍ ۟ۙ

५८) र खजाना र राम्रा ठाउँहरूबाट पनि । info
التفاسير:

external-link copy
59 : 26

كَذٰلِكَ ؕ— وَاَوْرَثْنٰهَا بَنِیْۤ اِسْرَآءِیْلَ ۟ؕ

५९) (उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं । info
التفاسير:

external-link copy
60 : 26

فَاَتْبَعُوْهُمْ مُّشْرِقِیْنَ ۟

६०) तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे । info
التفاسير: