ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
197 : 2

اَلْحَجُّ اَشْهُرٌ مَّعْلُوْمٰتٌ ۚ— فَمَنْ فَرَضَ فِیْهِنَّ الْحَجَّ فَلَا رَفَثَ وَلَا فُسُوْقَ وَلَا جِدَالَ فِی الْحَجِّ ؕ— وَمَا تَفْعَلُوْا مِنْ خَیْرٍ یَّعْلَمْهُ اللّٰهُ ؔؕ— وَتَزَوَّدُوْا فَاِنَّ خَیْرَ الزَّادِ التَّقْوٰی ؗ— وَاتَّقُوْنِ یٰۤاُولِی الْاَلْبَابِ ۟

१९७) हजका महिनाहरू निर्धारित छन् । तसर्थ यदि कुनै मानिसले यी महिनाहरूमा हजको नीयत गरिसकेको छ, भने उसले (हजका दिनहरूमा) आफ्ना स्वास्नीहरूसँग सहवास नगरोस् र न कुनै नराम्रो काम गरोस् र न कुनै मानिससँग झगडा गरोस् । र तिमीले जुन नेक काम गर्नेछौं, अल्लाहलाई त्यसको जानकारी छ । र आफ्नो साथमा यात्राको खर्च लिई हिंड । किनभने सबभन्दा राम्रो बाटो खर्च त अल्लाहको डर हो, हे बुद्धिमानहरू ! मसँग डर्नेगर । info
التفاسير:

external-link copy
198 : 2

لَیْسَ عَلَیْكُمْ جُنَاحٌ اَنْ تَبْتَغُوْا فَضْلًا مِّنْ رَّبِّكُمْ ؕ— فَاِذَاۤ اَفَضْتُمْ مِّنْ عَرَفٰتٍ فَاذْكُرُوا اللّٰهَ عِنْدَ الْمَشْعَرِ الْحَرَامِ ۪— وَاذْكُرُوْهُ كَمَا هَدٰىكُمْ ۚ— وَاِنْ كُنْتُمْ مِّنْ قَبْلِهٖ لَمِنَ الضَّآلِّیْنَ ۟

१९८) तिमीमाथि (हजका दिनहरूमा व्यापारको माध्यमबाट) आफ्नो जीविका प्राप्त गर्नुमा केही पाप छैन । जब तिमीहरू अरफातबाट फर्कन्छौ, तब ‘‘मश्अरुल हराममा’’ (मुजदलेफामा) अल्लाहलाई स्मरण गर, र उसको स्मरण त्यसरी गर जसरी उसले तिमीहरूलाई आदेश गरेको छ यद्यपि यसभन्दा अगाडि तिमीहरू बाटो विराएका थियौ । info
التفاسير:

external-link copy
199 : 2

ثُمَّ اَفِیْضُوْا مِنْ حَیْثُ اَفَاضَ النَّاسُ وَاسْتَغْفِرُوا اللّٰهَ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟

१९९) फेरि तिमी पनि त्यहाँबाट फर्किनुस् जहाँबाट अरु मानिसहरू फिर्ता हुन्छन्, र अल्लाहबाट क्षमाको विन्ती गर्दैगर, निःसन्देह अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ । info
التفاسير:

external-link copy
200 : 2

فَاِذَا قَضَیْتُمْ مَّنَاسِكَكُمْ فَاذْكُرُوا اللّٰهَ كَذِكْرِكُمْ اٰبَآءَكُمْ اَوْ اَشَدَّ ذِكْرًا ؕ— فَمِنَ النَّاسِ مَنْ یَّقُوْلُ رَبَّنَاۤ اٰتِنَا فِی الدُّنْیَا وَمَا لَهٗ فِی الْاٰخِرَةِ مِنْ خَلَاقٍ ۟

२००) फेरि जब तिमी हजका सबै आधारहरू (कार्यहरू) पूरा गरिसकौ, तब (मेनामा) अल्लाहलाई स्मरण गर, जुन किसिमले तिमीहरू आफ्ना पुर्खाहरूलाई स्मरण गर्ने गर्दथ्यौ, बरु त्योभन्दा पनि बढी । केही मानिसहरू यस्ता छन् जो कि विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई यस संसारमा (उत्तम कुराहरू) प्रदान गर, र यस्ता मानिसहरूको लागि आखिरतमा कुनै अंश हुँदैन । info
التفاسير:

external-link copy
201 : 2

وَمِنْهُمْ مَّنْ یَّقُوْلُ رَبَّنَاۤ اٰتِنَا فِی الدُّنْیَا حَسَنَةً وَّفِی الْاٰخِرَةِ حَسَنَةً وَّقِنَا عَذَابَ النَّارِ ۟

२०१) र उनीहरूमध्य केही यस्ता छन् जो कि प्रार्थना गर्दछन् कि हे पालनकर्ता ! हामीलाई संसारमा पनि नेकी प्रदान गर, र आखिरतमा पनि पुण्य प्रदान गर र नर्कको कष्टबाट रक्षा गर्नु । info
التفاسير:

external-link copy
202 : 2

اُولٰٓىِٕكَ لَهُمْ نَصِیْبٌ مِّمَّا كَسَبُوْا ؕ— وَاللّٰهُ سَرِیْعُ الْحِسَابِ ۟

२०२) यि नै ती मानिसहरू हुन् जसका लागि तिनीहरूको कर्मको (राम्रो) अंश छ र अल्लाहले छिट्टै त्यसको हिसाब लिनेवाला छ । info
التفاسير: