ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
17 : 2

مَثَلُهُمْ كَمَثَلِ الَّذِی اسْتَوْقَدَ نَارًا ۚ— فَلَمَّاۤ اَضَآءَتْ مَا حَوْلَهٗ ذَهَبَ اللّٰهُ بِنُوْرِهِمْ وَتَرَكَهُمْ فِیْ ظُلُمٰتٍ لَّا یُبْصِرُوْنَ ۟

१७) यिनीहरूको उदाहरण त्यस मानिस जस्तै छ, जसले आगो बाल्यो र आगोको प्रकाश वरिपरि फैलिने बित्तिकै अल्लाहले तिनीहरूबाट प्रकाशलाई खोसिहाल्यो र तिनलाई अँध्यारोमा छाडिदियो, जसलेगर्दा तिनीहरूले केही देख्दैनन् । info
التفاسير:

external-link copy
18 : 2

صُمٌّۢ بُكْمٌ عُمْیٌ فَهُمْ لَا یَرْجِعُوْنَ ۟ۙ

१८) बहिरा, लाटा र अन्धा छन्, तसर्थ तिनीहरू (सत्मार्गतिर) फर्कन सक्दैनन् । info
التفاسير:

external-link copy
19 : 2

اَوْ كَصَیِّبٍ مِّنَ السَّمَآءِ فِیْهِ ظُلُمٰتٌ وَّرَعْدٌ وَّبَرْقٌ ۚ— یَجْعَلُوْنَ اَصَابِعَهُمْ فِیْۤ اٰذَانِهِمْ مِّنَ الصَّوَاعِقِ حَذَرَ الْمَوْتِ ؕ— وَاللّٰهُ مُحِیْطٌ بِالْكٰفِرِیْنَ ۟

१९) अथवा तिनीहरूको उदाहरण आकाशबाट हुने त्यो बर्षा जस्तो छ, जसमा अँध्यारो, गर्जन र चट्याङ्ग हुन्छ, बिजुली गर्जनुको कारण मृत्युको भयले कानमा औंला हाल्दछन् । र अल्लाहले काफिरहरूलाई घेर्ने छ । info
التفاسير:

external-link copy
20 : 2

یَكَادُ الْبَرْقُ یَخْطَفُ اَبْصَارَهُمْ ؕ— كُلَّمَاۤ اَضَآءَ لَهُمْ مَّشَوْا فِیْهِ ۙۗ— وَاِذَاۤ اَظْلَمَ عَلَیْهِمْ قَامُوْا ؕ— وَلَوْ شَآءَ اللّٰهُ لَذَهَبَ بِسَمْعِهِمْ وَاَبْصَارِهِمْ ؕ— اِنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟۠

२०) (लाग्दछ) चट्याङ्गले तिनीहरूको आँखाको (ज्योति) तुरुन्तै खोस्दै छ । जब चट्याङ्गले तिनीहरूमाथि प्रकाश छर्दछ तब तिनीहरू हिंड्डुल गर्दछन्, र जब अँध्यारो हुन्छ तब उभिरहन्छन् । र यदि अल्लाहले चाहेमा तिनीहरूका कान र आँखालाई निष्कृय गरिदिन्छ । निःसन्देह अल्लाह हरेक कुरामाथि सर्वशक्ति सम्पन्न छ । info
التفاسير:

external-link copy
21 : 2

یٰۤاَیُّهَا النَّاسُ اعْبُدُوْا رَبَّكُمُ الَّذِیْ خَلَقَكُمْ وَالَّذِیْنَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُوْنَ ۟ۙ

२१) हे मानिसहरू ! आफ्नो पालनकर्ताको उपासना गर जसले तिमी र तिमीभन्दा पहिलाका मानिसहरूको सृष्टि गर्यो ताकि तिमीहरू सदाचारी बन्न सक । info
التفاسير:

external-link copy
22 : 2

الَّذِیْ جَعَلَ لَكُمُ الْاَرْضَ فِرَاشًا وَّالسَّمَآءَ بِنَآءً ۪— وَّاَنْزَلَ مِنَ السَّمَآءِ مَآءً فَاَخْرَجَ بِهٖ مِنَ الثَّمَرٰتِ رِزْقًا لَّكُمْ ۚ— فَلَا تَجْعَلُوْا لِلّٰهِ اَنْدَادًا وَّاَنْتُمْ تَعْلَمُوْنَ ۟

२२) जसले तिम्रो लागि पृथ्वीलाई ओछ्यान र आकाशलाई छत बनायो र आकाशबाट वर्षा गराएर त्यसद्वारा तिम्रो आहारको निम्ति थरि–थरिका फल–फूल उत्पादन गर्यो । खबरदार ! जानी–जानी कसैलाई अल्लाहको साझेदार नबनाऊ । info
التفاسير:

external-link copy
23 : 2

وَاِنْ كُنْتُمْ فِیْ رَیْبٍ مِّمَّا نَزَّلْنَا عَلٰی عَبْدِنَا فَاْتُوْا بِسُوْرَةٍ مِّنْ مِّثْلِهٖ ۪— وَادْعُوْا شُهَدَآءَكُمْ مِّنْ دُوْنِ اللّٰهِ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

२३) हामीले आफ्ना सेवकमाथि जे उतार्यौं, त्यसमा तिमीलाई यदि शंका छ र तिमी साँचो भए त्यस्तै एउटै (सूरह) बनाएर देखाऊ, र तिमीले अल्लाह बाहेकका आफूलाई मद्दत गर्नेहरूलाई बोलाइल्याऊ । info
التفاسير:

external-link copy
24 : 2

فَاِنْ لَّمْ تَفْعَلُوْا وَلَنْ تَفْعَلُوْا فَاتَّقُوا النَّارَ الَّتِیْ وَقُوْدُهَا النَّاسُ وَالْحِجَارَةُ ۖۚ— اُعِدَّتْ لِلْكٰفِرِیْنَ ۟

२४) तर यदि तिमी गर्न सकेनौं भने र तिमी कहिल्यै पनि गर्न सक्दैनौं (तसर्थ) त्यस आगोसंग डराऊ जसको इन्धन मानिस र ढुङ्गाहरू हुन् । जुन नास्तिकहरूका लागि तयार गरिएको हो । info
التفاسير: