ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
71 : 15

قَالَ هٰۤؤُلَآءِ بَنَاتِیْۤ اِنْ كُنْتُمْ فٰعِلِیْنَ ۟ؕ

७१) (उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) । info
التفاسير:

external-link copy
72 : 15

لَعَمْرُكَ اِنَّهُمْ لَفِیْ سَكْرَتِهِمْ یَعْمَهُوْنَ ۟

७२) (हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए । info
التفاسير:

external-link copy
73 : 15

فَاَخَذَتْهُمُ الصَّیْحَةُ مُشْرِقِیْنَ ۟ۙ

७३) तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आइसमात्यो । info
التفاسير:

external-link copy
74 : 15

فَجَعَلْنَا عَالِیَهَا سَافِلَهَا وَاَمْطَرْنَا عَلَیْهِمْ حِجَارَةً مِّنْ سِجِّیْلٍ ۟ؕ

७४) र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं । info
التفاسير:

external-link copy
75 : 15

اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّلْمُتَوَسِّمِیْنَ ۟

७५) निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् । info
التفاسير:

external-link copy
76 : 15

وَاِنَّهَا لَبِسَبِیْلٍ مُّقِیْمٍ ۟

७६) यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ । info
التفاسير:

external-link copy
77 : 15

اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّلْمُؤْمِنِیْنَ ۟ؕ

७७) र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् । info
التفاسير:

external-link copy
78 : 15

وَاِنْ كَانَ اَصْحٰبُ الْاَیْكَةِ لَظٰلِمِیْنَ ۟ۙ

७८) एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए । info
التفاسير:

external-link copy
79 : 15

فَانْتَقَمْنَا مِنْهُمْ ۘ— وَاِنَّهُمَا لَبِاِمَامٍ مُّبِیْنٍ ۟ؕ۠

७९) तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् । info
التفاسير:

external-link copy
80 : 15

وَلَقَدْ كَذَّبَ اَصْحٰبُ الْحِجْرِ الْمُرْسَلِیْنَ ۟ۙ

८०) र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने । info
التفاسير:

external-link copy
81 : 15

وَاٰتَیْنٰهُمْ اٰیٰتِنَا فَكَانُوْا عَنْهَا مُعْرِضِیْنَ ۟ۙ

८१) हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए । info
التفاسير:

external-link copy
82 : 15

وَكَانُوْا یَنْحِتُوْنَ مِنَ الْجِبَالِ بُیُوْتًا اٰمِنِیْنَ ۟

८२) तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे । info
التفاسير:

external-link copy
83 : 15

فَاَخَذَتْهُمُ الصَّیْحَةُ مُصْبِحِیْنَ ۟ۙ

८३) तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो । info
التفاسير:

external-link copy
84 : 15

فَمَاۤ اَغْنٰی عَنْهُمْ مَّا كَانُوْا یَكْسِبُوْنَ ۟ؕ

८४) तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन । info
التفاسير:

external-link copy
85 : 15

وَمَا خَلَقْنَا السَّمٰوٰتِ وَالْاَرْضَ وَمَا بَیْنَهُمَاۤ اِلَّا بِالْحَقِّ ؕ— وَاِنَّ السَّاعَةَ لَاٰتِیَةٌ فَاصْفَحِ الصَّفْحَ الْجَمِیْلَ ۟

८५) र हामीले आकाशहरू र धर्तीलाई र जुन तिनीहरूमा छन्, तिनलाई एउटा उद्देश्यले सृष्टि गरेका हौं र कियामत त अवश्य नै आउनेछ, तसर्थ तिमीले तिनीहरूलाई दयापूर्ण तरिकाले क्षमा गरिदेऊ । info
التفاسير:

external-link copy
86 : 15

اِنَّ رَبَّكَ هُوَ الْخَلّٰقُ الْعَلِیْمُ ۟

८६) यसमा कुनै शंका छैन कि तिम्रो पालनकर्ता नै सृष्टि गर्नेवाला सर्वज्ञाता छ । info
التفاسير:

external-link copy
87 : 15

وَلَقَدْ اٰتَیْنٰكَ سَبْعًا مِّنَ الْمَثَانِیْ وَالْقُرْاٰنَ الْعَظِیْمَ ۟

८७) र निःसन्देह हामीले तपाईलाई सात आयतहरू प्रदान गरेका छौं जुन कि (नमाजमा) दोहोर्याएर पढिन्छन् र गरिमापूर्ण कुरआन पनि प्रदान गरेका छौं । info
التفاسير:

external-link copy
88 : 15

لَا تَمُدَّنَّ عَیْنَیْكَ اِلٰی مَا مَتَّعْنَا بِهٖۤ اَزْوَاجًا مِّنْهُمْ وَلَا تَحْزَنْ عَلَیْهِمْ وَاخْفِضْ جَنَاحَكَ لِلْمُؤْمِنِیْنَ ۟

८८) तपाईले त्यसतर्फ निश्चितरूपले आँखा न गाड्नुस् जुन हामीले काफिरहरूका कैयन् समूहलाई, (सांसरिक लाभहरू) प्रदान गरेका छौं, र नत उनीहरूको दशामाथि दुःखी हुनुस् र मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् । info
التفاسير:

external-link copy
89 : 15

وَقُلْ اِنِّیْۤ اَنَا النَّذِیْرُ الْمُبِیْنُ ۟ۚ

८९) र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ । info
التفاسير:

external-link copy
90 : 15

كَمَاۤ اَنْزَلْنَا عَلَی الْمُقْتَسِمِیْنَ ۟ۙ

९०) जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं । info
التفاسير: