ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
16 : 15

وَلَقَدْ جَعَلْنَا فِی السَّمَآءِ بُرُوْجًا وَّزَیَّنّٰهَا لِلنّٰظِرِیْنَ ۟ۙ

१६) निःसन्देह हामीले नै आकाशहरूमा सौर्यमण्डल बनाएका छौं र दर्शकहरूको निम्ति सिंगारेका छौं । info
التفاسير:

external-link copy
17 : 15

وَحَفِظْنٰهَا مِنْ كُلِّ شَیْطٰنٍ رَّجِیْمٍ ۟ۙ

१७) र यसलाई प्रत्येक तिरस्कृत शैतानबाट सुरक्षित गरेका छौं । info
التفاسير:

external-link copy
18 : 15

اِلَّا مَنِ اسْتَرَقَ السَّمْعَ فَاَتْبَعَهٗ شِهَابٌ مُّبِیْنٌ ۟

१८) तर हो यदि कुनै (शैतानले) लुकिछिपी सुन्न चाहन्छ भने उसको पछाडी प्रज्वलित लाग्दछ । info
التفاسير:

external-link copy
19 : 15

وَالْاَرْضَ مَدَدْنٰهَا وَاَلْقَیْنَا فِیْهَا رَوَاسِیَ وَاَنْۢبَتْنَا فِیْهَا مِنْ كُلِّ شَیْءٍ مَّوْزُوْنٍ ۟

१९) र पृथ्वीलाई पनि हामीले नै विस्तारित गरेका हौं, र त्यसमाथि अटल पहाड़हरू अवस्थित गर्यौं, र त्यसमा विभिन्न प्रकारका चीजहरू सन्तुलित रूपमा उत्पन्न गर्यौं । info
التفاسير:

external-link copy
20 : 15

وَجَعَلْنَا لَكُمْ فِیْهَا مَعَایِشَ وَمَنْ لَّسْتُمْ لَهٗ بِرٰزِقِیْنَ ۟

२०) र यसैमा हामीले तिम्रो निम्ति र तिनीहरूको लागि, जसलाई तिमीले जीविका दिदैंनौं, त्यसमा जीविकाका साधनहरू जुटायौं । info
التفاسير:

external-link copy
21 : 15

وَاِنْ مِّنْ شَیْءٍ اِلَّا عِنْدَنَا خَزَآىِٕنُهٗ ؗ— وَمَا نُنَزِّلُهٗۤ اِلَّا بِقَدَرٍ مَّعْلُوْمٍ ۟

२१) र हामीकहाँ हरेक कुराका खजाना छन् र हामीले तिनलाई निर्धारित मात्रामा पठाउँछौं । info
التفاسير:

external-link copy
22 : 15

وَاَرْسَلْنَا الرِّیٰحَ لَوَاقِحَ فَاَنْزَلْنَا مِنَ السَّمَآءِ مَآءً فَاَسْقَیْنٰكُمُوْهُ ۚ— وَمَاۤ اَنْتُمْ لَهٗ بِخٰزِنِیْنَ ۟

२२) र हामीले नै भारी हावाहरूमा गति उत्पन्न गराउँछौ र हामीले नै आकाशहरूबाट पानी बर्साउँछौ र हामीले नै तिमीहरूलाई त्यसको पानी पिलाउँछौं, र तिमी त त्यसको भण्डार गर्ने पनि होइनौ । info
التفاسير:

external-link copy
23 : 15

وَاِنَّا لَنَحْنُ نُحْیٖ وَنُمِیْتُ وَنَحْنُ الْوٰرِثُوْنَ ۟

२३) र हामीले नै जीवन प्रदान गर्दछौं र हामीले नै मृत्यु दिन्छौं, र हामी नै सबैका संरक्षक हौं । info
التفاسير:

external-link copy
24 : 15

وَلَقَدْ عَلِمْنَا الْمُسْتَقْدِمِیْنَ مِنْكُمْ وَلَقَدْ عَلِمْنَا الْمُسْتَاْخِرِیْنَ ۟

२४) जुन मानिसहरू तिमीभन्दा पहिले बितिसकेका छन् हामीलाई तिनीहरूको बारेमा थाहा छ, र जो पछि आउनेवाला छन् उनीहरूको बारेमा पनि हामीलाई थाहा छ । info
التفاسير:

external-link copy
25 : 15

وَاِنَّ رَبَّكَ هُوَ یَحْشُرُهُمْ ؕ— اِنَّهٗ حَكِیْمٌ عَلِیْمٌ ۟۠

२५) तपाईको पालनकर्ताले (कियामतको दिन) सबैलाई एकत्रित गर्नेछ । निःसन्देह ऊ त बडो बुद्धिमत्तापूर्ण र ठूलो ज्ञाता छ । info
التفاسير:

external-link copy
26 : 15

وَلَقَدْ خَلَقْنَا الْاِنْسَانَ مِنْ صَلْصَالٍ مِّنْ حَمَاٍ مَّسْنُوْنٍ ۟ۚ

२६) निःसन्देह हामीले मानिसहरूलाई कट्कटिएर आवाज आउने सडेको कालो र ठोस माटोबाट बनाएका छौं । info
التفاسير:

external-link copy
27 : 15

وَالْجَآنَّ خَلَقْنٰهُ مِنْ قَبْلُ مِنْ نَّارِ السَّمُوْمِ ۟

२७) र जिन्नहरूलाई त्यसभन्दा पनि अघि धुँवा नभएको प्रज्वलित आगोबाट सृष्टि गरेका थियौं । info
التفاسير:

external-link copy
28 : 15

وَاِذْ قَالَ رَبُّكَ لِلْمَلٰٓىِٕكَةِ اِنِّیْ خَالِقٌۢ بَشَرًا مِّنْ صَلْصَالٍ مِّنْ حَمَاٍ مَّسْنُوْنٍ ۟

२८) र तिम्रो पालनकर्ताले फरिश्ताहरूसित भन्योः ‘‘कि म कट्कटिएर अवाज आउने सडेको माटोेबाट एउटा मानिसको सृष्टि गर्न गइराखेको छुँ ।’’ info
التفاسير:

external-link copy
29 : 15

فَاِذَا سَوَّیْتُهٗ وَنَفَخْتُ فِیْهِ مِنْ رُّوْحِیْ فَقَعُوْا لَهٗ سٰجِدِیْنَ ۟

२९) जब उसलाई पूरा बनाइसक्छु र त्यसमा आफ्नो रूह (आत्मा) फुँकिसक्छु तब उसको अगाडि सिज्दा गर्नु (ढोग्नु) । info
التفاسير:

external-link copy
30 : 15

فَسَجَدَ الْمَلٰٓىِٕكَةُ كُلُّهُمْ اَجْمَعُوْنَ ۟ۙ

३०) तसर्थ सबै फरिशताहरूले ढोग्न थाले । info
التفاسير:

external-link copy
31 : 15

اِلَّاۤ اِبْلِیْسَ ؕ— اَبٰۤی اَنْ یَّكُوْنَ مَعَ السّٰجِدِیْنَ ۟

३१) तर इब्लीसले ढोग गरेन । उसले ढोग्नेहरूमध्ये शामिल हुनबाट इन्कार गर्यो । info
التفاسير: