クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith

मुद्दस्सिर

external-link copy
1 : 74

یٰۤاَیُّهَا الْمُدَّثِّرُ ۟ۙ

१) हे (मुहम्मद !) लुगा बेर्नेवाला, info
التفاسير:

external-link copy
2 : 74

قُمْ فَاَنْذِرْ ۟ۙ

२) उठ र सावधान गर । info
التفاسير:

external-link copy
3 : 74

وَرَبَّكَ فَكَبِّرْ ۟ۙ

३) र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर । info
التفاسير:

external-link copy
4 : 74

وَثِیَابَكَ فَطَهِّرْ ۟ۙ

४) र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख । info
التفاسير:

external-link copy
5 : 74

وَالرُّجْزَ فَاهْجُرْ ۟ۙ

५) फोहोरपनालाई त्याग । info
التفاسير:

external-link copy
6 : 74

وَلَا تَمْنُنْ تَسْتَكْثِرُ ۟ۙ

६) र भलाई गरेर यसभन्दा बढी लिने इच्छा नगर्नु । info
التفاسير:

external-link copy
7 : 74

وَلِرَبِّكَ فَاصْبِرْ ۟ؕ

७) र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर । info
التفاسير:

external-link copy
8 : 74

فَاِذَا نُقِرَ فِی النَّاقُوْرِ ۟ۙ

८) जब सूरमा फूँक मारिनेछ । info
التفاسير:

external-link copy
9 : 74

فَذٰلِكَ یَوْمَىِٕذٍ یَّوْمٌ عَسِیْرٌ ۟ۙ

९) त्यो दिन अति कठोर दिन हुनेछ । info
التفاسير:

external-link copy
10 : 74

عَلَی الْكٰفِرِیْنَ غَیْرُ یَسِیْرٍ ۟

१०) काफिरहरूको लागि सजिलो हुनेछैन । info
التفاسير:

external-link copy
11 : 74

ذَرْنِیْ وَمَنْ خَلَقْتُ وَحِیْدًا ۟ۙ

११) मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु । info
التفاسير:

external-link copy
12 : 74

وَّجَعَلْتُ لَهٗ مَالًا مَّمْدُوْدًا ۟ۙ

१२) र प्रशस्त धन–सम्पत्ति दिएँ । info
التفاسير:

external-link copy
13 : 74

وَّبَنِیْنَ شُهُوْدًا ۟ۙ

१३) हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि । info
التفاسير:

external-link copy
14 : 74

وَّمَهَّدْتُّ لَهٗ تَمْهِیْدًا ۟ۙ

१४) मैले उसलाई हरेक प्रकारको सामग्री प्रशस्तत प्रदान गरें । info
التفاسير:

external-link copy
15 : 74

ثُمَّ یَطْمَعُ اَنْ اَزِیْدَ ۟ۙ

१५) अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ । info
التفاسير:

external-link copy
16 : 74

كَلَّا ؕ— اِنَّهٗ كَانَ لِاٰیٰتِنَا عَنِیْدًا ۟ؕ

१६) यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ, info
التفاسير:

external-link copy
17 : 74

سَاُرْهِقُهٗ صَعُوْدًا ۟ؕ

१७) शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु । info
التفاسير:

external-link copy
18 : 74

اِنَّهٗ فَكَّرَ وَقَدَّرَ ۟ۙ

१८) उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो । info
التفاسير:

external-link copy
19 : 74

فَقُتِلَ كَیْفَ قَدَّرَ ۟ۙ

१९) नष्ट होस् उसले कस्तो अड्कल गर्यो ? info
التفاسير:

external-link copy
20 : 74

ثُمَّ قُتِلَ كَیْفَ قَدَّرَ ۟ۙ

२०) फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो, info
التفاسير:

external-link copy
21 : 74

ثُمَّ نَظَرَ ۟ۙ

२१) उसले फेरि देख्यो । info
التفاسير:

external-link copy
22 : 74

ثُمَّ عَبَسَ وَبَسَرَ ۟ۙ

२२) फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो । info
التفاسير:

external-link copy
23 : 74

ثُمَّ اَدْبَرَ وَاسْتَكْبَرَ ۟ۙ

२३) अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो । info
التفاسير:

external-link copy
24 : 74

فَقَالَ اِنْ هٰذَاۤ اِلَّا سِحْرٌ یُّؤْثَرُ ۟ۙ

२४) अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ । info
التفاسير:

external-link copy
25 : 74

اِنْ هٰذَاۤ اِلَّا قَوْلُ الْبَشَرِ ۟ؕ

२५) यो मात्र मानिसको वाणी हो । info
التفاسير:

external-link copy
26 : 74

سَاُصْلِیْهِ سَقَرَ ۟

२६) हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं । info
التفاسير:

external-link copy
27 : 74

وَمَاۤ اَدْرٰىكَ مَا سَقَرُ ۟ؕ

२७) र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो ? info
التفاسير:

external-link copy
28 : 74

لَا تُبْقِیْ وَلَا تَذَرُ ۟ۚ

२८) (आगो हो) जो न बाँकी राख्नेछ न त छाड्ने छ । info
التفاسير:

external-link copy
29 : 74

لَوَّاحَةٌ لِّلْبَشَرِ ۟ۚ

२९) र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ । info
التفاسير:

external-link copy
30 : 74

عَلَیْهَا تِسْعَةَ عَشَرَ ۟ؕ

३०) त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् । info
التفاسير:

external-link copy
31 : 74

وَمَا جَعَلْنَاۤ اَصْحٰبَ النَّارِ اِلَّا مَلٰٓىِٕكَةً ۪— وَّمَا جَعَلْنَا عِدَّتَهُمْ اِلَّا فِتْنَةً لِّلَّذِیْنَ كَفَرُوْا ۙ— لِیَسْتَیْقِنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ وَیَزْدَادَ الَّذِیْنَ اٰمَنُوْۤا اِیْمَانًا وَّلَا یَرْتَابَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ وَالْمُؤْمِنُوْنَ ۙ— وَلِیَقُوْلَ الَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ وَّالْكٰفِرُوْنَ مَاذَاۤ اَرَادَ اللّٰهُ بِهٰذَا مَثَلًا ؕ— كَذٰلِكَ یُضِلُّ اللّٰهُ مَنْ یَّشَآءُ وَیَهْدِیْ مَنْ یَّشَآءُ ؕ— وَمَا یَعْلَمُ جُنُوْدَ رَبِّكَ اِلَّا هُوَ ؕ— وَمَا هِیَ اِلَّا ذِكْرٰی لِلْبَشَرِ ۟۠

३१) र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो । info
التفاسير:

external-link copy
32 : 74

كَلَّا وَالْقَمَرِ ۟ۙ

३२) साँचो भन्दछु (हामीलाई) चन्द्रको कसम । info
التفاسير:

external-link copy
33 : 74

وَالَّیْلِ اِذْ اَدْبَرَ ۟ۙ

३३) र रातको जब कि त्यो पछाडि फर्कन्छ । info
التفاسير:

external-link copy
34 : 74

وَالصُّبْحِ اِذَاۤ اَسْفَرَ ۟ۙ

३४) र प्रातःकालको जब कि त्यो प्रकाशित भइहाल्छ । info
التفاسير:

external-link copy
35 : 74

اِنَّهَا لَاِحْدَی الْكُبَرِ ۟ۙ

३५) निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो । info
التفاسير:

external-link copy
36 : 74

نَذِیْرًا لِّلْبَشَرِ ۟ۙ

३६) मानिसहरूको निम्ति भयको कारण । info
التفاسير:

external-link copy
37 : 74

لِمَنْ شَآءَ مِنْكُمْ اَنْ یَّتَقَدَّمَ اَوْ یَتَاَخَّرَ ۟ؕ

३७) तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ । info
التفاسير:

external-link copy
38 : 74

كُلُّ نَفْسٍ بِمَا كَسَبَتْ رَهِیْنَةٌ ۟ۙ

३८) हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ । info
التفاسير:

external-link copy
39 : 74

اِلَّاۤ اَصْحٰبَ الْیَمِیْنِ ۟ؕۛ

३९) तर दायाँ हात वालाहरू । info
التفاسير:

external-link copy
40 : 74

فِیْ جَنّٰتٍ ۛ۫— یَتَسَآءَلُوْنَ ۟ۙ

४०) उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् । info
التفاسير:

external-link copy
41 : 74

عَنِ الْمُجْرِمِیْنَ ۟ۙ

४१) अपराधीहरूसँग, info
التفاسير:

external-link copy
42 : 74

مَا سَلَكَكُمْ فِیْ سَقَرَ ۟

४२) (कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो ? info
التفاسير:

external-link copy
43 : 74

قَالُوْا لَمْ نَكُ مِنَ الْمُصَلِّیْنَ ۟ۙ

४३) उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं । info
التفاسير:

external-link copy
44 : 74

وَلَمْ نَكُ نُطْعِمُ الْمِسْكِیْنَ ۟ۙ

४४) र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ, info
التفاسير:

external-link copy
45 : 74

وَكُنَّا نَخُوْضُ مَعَ الْخَآىِٕضِیْنَ ۟ۙ

४५) र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं । info
التفاسير:

external-link copy
46 : 74

وَكُنَّا نُكَذِّبُ بِیَوْمِ الدِّیْنِ ۟ۙ

४६) र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ । info
التفاسير:

external-link copy
47 : 74

حَتّٰۤی اَتٰىنَا الْیَقِیْنُ ۟ؕ

४७) यहाँसम्म कि हामीलाई मृत्यु आइहाल्यो । info
التفاسير:

external-link copy
48 : 74

فَمَا تَنْفَعُهُمْ شَفَاعَةُ الشّٰفِعِیْنَ ۟ؕ

४८) अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन । info
التفاسير:

external-link copy
49 : 74

فَمَا لَهُمْ عَنِ التَّذْكِرَةِ مُعْرِضِیْنَ ۟ۙ

४९) उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् । info
التفاسير:

external-link copy
50 : 74

كَاَنَّهُمْ حُمُرٌ مُّسْتَنْفِرَةٌ ۟ۙ

५०) जस्तो कि तर्सेको गधहा (गधा) हुन् । info
التفاسير:

external-link copy
51 : 74

فَرَّتْ مِنْ قَسْوَرَةٍ ۟ؕ

५१) जो बाघ देखेर भागेका छन् । info
التفاسير:

external-link copy
52 : 74

بَلْ یُرِیْدُ كُلُّ امْرِئٍ مِّنْهُمْ اَنْ یُّؤْتٰی صُحُفًا مُّنَشَّرَةً ۟ۙ

५२) बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् । info
التفاسير:

external-link copy
53 : 74

كَلَّا ؕ— بَلْ لَّا یَخَافُوْنَ الْاٰخِرَةَ ۟ؕ

५३) यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कियामतबाट निर्भीक छन् । info
التفاسير:

external-link copy
54 : 74

كَلَّاۤ اِنَّهٗ تَذْكِرَةٌ ۟ۚ

५४) साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो । info
التفاسير:

external-link copy
55 : 74

فَمَنْ شَآءَ ذَكَرَهٗ ۟ؕ

५५) अब जसले चाहन्छ त्यसबाट उपदेश प्राप्त गरोस् । info
التفاسير:

external-link copy
56 : 74

وَمَا یَذْكُرُوْنَ اِلَّاۤ اَنْ یَّشَآءَ اللّٰهُ ؕ— هُوَ اَهْلُ التَّقْوٰی وَاَهْلُ الْمَغْفِرَةِ ۟۠

५६) र त्यतिखेर नै उपदेश प्राप्त गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् । info
التفاسير: