クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith

स्साफ्फात

external-link copy
1 : 37

وَالصّٰٓفّٰتِ صَفًّا ۟ۙ

१) कसम छ पंक्ति बाँध्नेवालाहरूको । info
التفاسير:

external-link copy
2 : 37

فَالزّٰجِرٰتِ زَجْرًا ۟ۙ

२) फेरि बलियोरूपले हप्काउनेवालाहरूको । info
التفاسير:

external-link copy
3 : 37

فَالتّٰلِیٰتِ ذِكْرًا ۟ۙ

३) अनि कुरआन पढ्नेवालाहरूको । info
التفاسير:

external-link copy
4 : 37

اِنَّ اِلٰهَكُمْ لَوَاحِدٌ ۟ؕ

४) निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ । info
التفاسير:

external-link copy
5 : 37

رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا وَرَبُّ الْمَشَارِقِ ۟ؕ

५) आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पूर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो । info
التفاسير:

external-link copy
6 : 37

اِنَّا زَیَّنَّا السَّمَآءَ الدُّنْیَا بِزِیْنَةِ ١لْكَوَاكِبِ ۟ۙ

६) हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं । info
التفاسير:

external-link copy
7 : 37

وَحِفْظًا مِّنْ كُلِّ شَیْطٰنٍ مَّارِدٍ ۟ۚ

७) अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति । info
التفاسير:

external-link copy
8 : 37

لَا یَسَّمَّعُوْنَ اِلَی الْمَلَاِ الْاَعْلٰی وَیُقْذَفُوْنَ مِنْ كُلِّ جَانِبٍ ۟

८) माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् । info
التفاسير:

external-link copy
9 : 37

دُحُوْرًا وَّلَهُمْ عَذَابٌ وَّاصِبٌ ۟ۙ

९) र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ । info
التفاسير:

external-link copy
10 : 37

اِلَّا مَنْ خَطِفَ الْخَطْفَةَ فَاَتْبَعَهٗ شِهَابٌ ثَاقِبٌ ۟

१०) हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ । info
التفاسير:

external-link copy
11 : 37

فَاسْتَفْتِهِمْ اَهُمْ اَشَدُّ خَلْقًا اَمْ مَّنْ خَلَقْنَا ؕ— اِنَّا خَلَقْنٰهُمْ مِّنْ طِیْنٍ لَّازِبٍ ۟

११) यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं । info
التفاسير:

external-link copy
12 : 37

بَلْ عَجِبْتَ وَیَسْخَرُوْنَ ۪۟

१२) बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् । info
التفاسير:

external-link copy
13 : 37

وَاِذَا ذُكِّرُوْا لَا یَذْكُرُوْنَ ۪۟

१३) र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् । info
التفاسير:

external-link copy
14 : 37

وَاِذَا رَاَوْا اٰیَةً یَّسْتَسْخِرُوْنَ ۪۟

१४) र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् । info
التفاسير:

external-link copy
15 : 37

وَقَالُوْۤا اِنْ هٰذَاۤ اِلَّا سِحْرٌ مُّبِیْنٌ ۟ۚۖ

१५) र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’ info
التفاسير:

external-link copy
16 : 37

ءَاِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَّعِظَامًا ءَاِنَّا لَمَبْعُوْثُوْنَ ۟ۙ

१६) के जब हामीहरू मरिसकेका हुनेछौं अनि माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं ? info
التفاسير:

external-link copy
17 : 37

اَوَاٰبَآؤُنَا الْاَوَّلُوْنَ ۟ؕ

१७) ‘‘के हामीभन्दा पहिलेका हाम्रा बाबु बाजे पनि ?’’ info
التفاسير:

external-link copy
18 : 37

قُلْ نَعَمْ وَاَنْتُمْ دَاخِرُوْنَ ۟ۚ

१८) तपाईं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’ info
التفاسير:

external-link copy
19 : 37

فَاِنَّمَا هِیَ زَجْرَةٌ وَّاحِدَةٌ فَاِذَا هُمْ یَنْظُرُوْنَ ۟

१९) त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् । info
التفاسير:

external-link copy
20 : 37

وَقَالُوْا یٰوَیْلَنَا هٰذَا یَوْمُ الدِّیْنِ ۟

२०) र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’ info
التفاسير:

external-link copy
21 : 37

هٰذَا یَوْمُ الْفَصْلِ الَّذِیْ كُنْتُمْ بِهٖ تُكَذِّبُوْنَ ۟۠

२१) यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ । info
التفاسير:

external-link copy
22 : 37

اُحْشُرُوا الَّذِیْنَ ظَلَمُوْا وَاَزْوَاجَهُمْ وَمَا كَانُوْا یَعْبُدُوْنَ ۟ۙ

२२) अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे । info
التفاسير:

external-link copy
23 : 37

مِنْ دُوْنِ اللّٰهِ فَاهْدُوْهُمْ اِلٰی صِرَاطِ الْجَحِیْمِ ۟

२३) उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ । info
التفاسير:

external-link copy
24 : 37

وَقِفُوْهُمْ اِنَّهُمْ مَّسْـُٔوْلُوْنَ ۟ۙ

२४) र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ । info
التفاسير: