クルアーンの対訳 - ネパール語対訳 - Central Society of Ahlul-Hadith

अंबिया

external-link copy
1 : 21

اِقْتَرَبَ لِلنَّاسِ حِسَابُهُمْ وَهُمْ فِیْ غَفْلَةٍ مُّعْرِضُوْنَ ۟ۚ

१) मानिसहरूको (कर्मको) लेखाजोखाको समय नजिक आइपुगको छ तैपनि उनीहरू असावधान भई विमुख भइराखेका छन् । info
التفاسير:

external-link copy
2 : 21

مَا یَاْتِیْهِمْ مِّنْ ذِكْرٍ مِّنْ رَّبِّهِمْ مُّحْدَثٍ اِلَّا اسْتَمَعُوْهُ وَهُمْ یَلْعَبُوْنَ ۟ۙ

२) उनीहरूको पासमा उनीहरूको पालनकर्ताको तर्फबाट जुन नयाँ–नयाँ उपदेश आउँछ त्यसलाई तिनीहरूले ख्याल ठट्टाका साथ नै सुन्दछन् । info
التفاسير:

external-link copy
3 : 21

لَاهِیَةً قُلُوْبُهُمْ ؕ— وَاَسَرُّوا النَّجْوَی ۖۗ— الَّذِیْنَ ظَلَمُوْا ۖۗ— هَلْ هٰذَاۤ اِلَّا بَشَرٌ مِّثْلُكُمْ ۚ— اَفَتَاْتُوْنَ السِّحْرَ وَاَنْتُمْ تُبْصِرُوْنَ ۟

३) तिनीहरूका हृदय अत्यन्त लापरवाहीमा छन् र यी अत्याचारीहरूले गोप्यरूपले कानेखुसी गरे कि ऊ मात्र तिमी जस्तै मानिस हो, अनि के कारण छ कि तिमी आँखा देख्ने भएर पनि जादूको चक्करमा आउँछौ । info
التفاسير:

external-link copy
4 : 21

قٰلَ رَبِّیْ یَعْلَمُ الْقَوْلَ فِی السَّمَآءِ وَالْاَرْضِ ؗ— وَهُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟

४) पैगम्बरले भने कि जुन कुरा आकाश र जमिनमा छन् मेरो पालनकर्ताले त्यसलाई जान्दछ र त्यो सुन्नेवाला र जान्नेवाला छ । info
التفاسير:

external-link copy
5 : 21

بَلْ قَالُوْۤا اَضْغَاثُ اَحْلَامٍ بَلِ افْتَرٰىهُ بَلْ هُوَ شَاعِرٌ ۖۚ— فَلْیَاْتِنَا بِاٰیَةٍ كَمَاۤ اُرْسِلَ الْاَوَّلُوْنَ ۟

५) यति मात्र होइन, बरु तिनीहरूले त भन्छन्, कि यो ‘‘कुरआन’’ त संभ्रामित सपनाहरूको पोको हो, बरु उसले यसलाई आफै रचिहालेको छ, बरु यो एउटा कवि हो, अन्यथा उनले त हाम्रो सामु कुनै यस्तो निशानी लिएर आउने थिए, जस्तो कि पहिलाका रसूलहरूका लागि पठाइएका थिए ।’’ info
التفاسير:

external-link copy
6 : 21

مَاۤ اٰمَنَتْ قَبْلَهُمْ مِّنْ قَرْیَةٍ اَهْلَكْنٰهَا ۚ— اَفَهُمْ یُؤْمِنُوْنَ ۟

६) तिनीहरूभन्दा अघि जति बस्तीलाइै हामीले नष्ट पार्यौं ती सबै ईमान ल्याएका थिएनन् त के यिनीहरूले अब ईमान ल्याउनेछन् ? info
التفاسير:

external-link copy
7 : 21

وَمَاۤ اَرْسَلْنَا قَبْلَكَ اِلَّا رِجَالًا نُّوْحِیْۤ اِلَیْهِمْ فَسْـَٔلُوْۤا اَهْلَ الذِّكْرِ اِنْ كُنْتُمْ لَا تَعْلَمُوْنَ ۟

७) तिमीभन्दा पहिला पनि जति पैगम्बर हामीले पठायौं सबै पुरुष थिए जसलाई हामीले ‘‘वह्य’’ पठाउने गर्दथ्यौं । तसर्थ तिमीलाई स्वयं ज्ञान छैन भने किताबवालासित सोधिहाल ? info
التفاسير:

external-link copy
8 : 21

وَمَا جَعَلْنٰهُمْ جَسَدًا لَّا یَاْكُلُوْنَ الطَّعَامَ وَمَا كَانُوْا خٰلِدِیْنَ ۟

८) र हामीले तिनीहरूका यस्ता शरीर बनाएनौं कि खाना नखाउन्, र नत तिनीहरू सधैं रहनेवाला थिए । info
التفاسير:

external-link copy
9 : 21

ثُمَّ صَدَقْنٰهُمُ الْوَعْدَ فَاَنْجَیْنٰهُمْ وَمَنْ نَّشَآءُ وَاَهْلَكْنَا الْمُسْرِفِیْنَ ۟

९) अनि हामीले उनीहरूसित गरेका सबै वाचाहरू वास्तविकतामा परिणत गर्यौं र हामीले उनलाई र जसलाई हामीले चाहें त्यसलाई छुटकारा दियौं । र उल्लंघनकारीहरूलाई हामीले नष्ट गरिदियौं । info
التفاسير:

external-link copy
10 : 21

لَقَدْ اَنْزَلْنَاۤ اِلَیْكُمْ كِتٰبًا فِیْهِ ذِكْرُكُمْ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟۠

१०) निःसन्देह हामीले तिमीतिर यस्तो किताब अवतरित गरेका छौं जसमा तिम्रो लागि सदुपदेश छ, के तिमीहरूले तैपनि बुझ्दैनौ ? info
التفاسير: