Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society

Numero di pagina:close

external-link copy
85 : 28

اِنَّ الَّذِیْ فَرَضَ عَلَیْكَ الْقُرْاٰنَ لَرَآدُّكَ اِلٰی مَعَادٍ ؕ— قُلْ رَّبِّیْۤ اَعْلَمُ مَنْ جَآءَ بِالْهُدٰی وَمَنْ هُوَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟

८५) (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम !) जुन अल्लाहले तपाईमाथि ‘‘कुरआन’’ अवतरित गरेको छ, उसले तपाईलाई पुनः पहिलेको स्थानतिर फर्काउनेवाला छ । भनिदिनुस् कि मेरो पालनकर्ताले त्यसलाई पनि राम्ररी जान्दछ, जसले मार्गदर्शन प्राप्त गरेको छ र उसलाई पनि जो स्पष्टरूपले मार्गविचलित छ । info
التفاسير:

external-link copy
86 : 28

وَمَا كُنْتَ تَرْجُوْۤا اَنْ یُّلْقٰۤی اِلَیْكَ الْكِتٰبُ اِلَّا رَحْمَةً مِّنْ رَّبِّكَ فَلَا تَكُوْنَنَّ ظَهِیْرًا لِّلْكٰفِرِیْنَ ۟ؗ

८६) तपाईले त कहिले सोच्नु भएको थिएन, कि तपाईतिर किताब अवतरित गरिनेछ । तर यो तपाईको पालनकर्ताको दयालुताको कारण अवतरित भयो, अतः तपाईले कहिले पनि इन्कार गर्नेहरूको पृष्ठपोषक नबन्नु । info
التفاسير:

external-link copy
87 : 28

وَلَا یَصُدُّنَّكَ عَنْ اٰیٰتِ اللّٰهِ بَعْدَ اِذْ اُنْزِلَتْ اِلَیْكَ وَادْعُ اِلٰی رَبِّكَ وَلَا تَكُوْنَنَّ مِنَ الْمُشْرِكِیْنَ ۟ۚ

८७) हेरिराख्नुस् यी काफिरले अल्लाहको आयतबाट तपाईलाई रोकिनदेऊन्, यस पश्चात जबकि यो तपाईमाथि अवतरित भइसकेको छ । र आफ्नो पालनकर्तातिर बोलाउदै गर्नुस् र बहुदेववादीहरूमा कहिल्यै शम्मिलित नहुनु । info
التفاسير:

external-link copy
88 : 28

وَلَا تَدْعُ مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ ۘ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ۫— كُلُّ شَیْءٍ هَالِكٌ اِلَّا وَجْهَهٗ ؕ— لَهُ الْحُكْمُ وَاِلَیْهِ تُرْجَعُوْنَ ۟۠

८८) र अल्लाहसँग कुनै अरु पुज्यलाई नपुकार्नु, उसबाहेक कोही सत्य पुज्य छैन । उसको अनुहार बाहेक हरेक कुरा नाशवान् छ । आदेशको अधिकार उसैलाई छ र उसैतिर तिमी सबैलाई फर्केर जानुछ । info
التفاسير: