Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society

Numero di pagina:close

external-link copy
25 : 21

وَمَاۤ اَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رَّسُوْلٍ اِلَّا نُوْحِیْۤ اِلَیْهِ اَنَّهٗ لَاۤ اِلٰهَ اِلَّاۤ اَنَا فَاعْبُدُوْنِ ۟

२५) र जुन पैगम्बरलाई पनि हामीले तिमीभन्दा अगाडि पठायौं, तिनीहरूतिर यही (वह्य) सन्देश पठायौं कि म बाहेक कोही सत्य पूज्य छैन, तसर्थ तिमी सबै मेरो उपासना गर । info
التفاسير:

external-link copy
26 : 21

وَقَالُوا اتَّخَذَ الرَّحْمٰنُ وَلَدًا سُبْحٰنَهٗ ؕ— بَلْ عِبَادٌ مُّكْرَمُوْنَ ۟ۙ

२६) (मुश्रिकहरू) भन्छन् कि अल्लाहको सन्तान छ ऊ पवित्र छ । बरु तिनीहरू उसको प्रतिष्ठित भक्तहरू हुन् । info
التفاسير:

external-link copy
27 : 21

لَا یَسْبِقُوْنَهٗ بِالْقَوْلِ وَهُمْ بِاَمْرِهٖ یَعْمَلُوْنَ ۟

२७) उसभन्दा अगाडि बढेर कुनै कुरा गर्दैनन् र उसको आदेशको पालना गर्दछन् । info
التفاسير:

external-link copy
28 : 21

یَعْلَمُ مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ وَلَا یَشْفَعُوْنَ ۙ— اِلَّا لِمَنِ ارْتَضٰی وَهُمْ مِّنْ خَشْیَتِهٖ مُشْفِقُوْنَ ۟

२८) उनीहरूको अगाडि–पछाडि जे कुराहरू भइसकेका छन् र जे पछि हुनेछन्, उसलाई सबै थाहा छ । र उनीहरूले उसको समीपमा कसैको सिफारिश गर्न सक्दैनन्, तर उस व्यक्ति बाहेक, जोसित अल्लाह प्रसन्न छ र उनीहरू स्वयम् उसको भयले भयभीत छन् । info
التفاسير:

external-link copy
29 : 21

وَمَنْ یَّقُلْ مِنْهُمْ اِنِّیْۤ اِلٰهٌ مِّنْ دُوْنِهٖ فَذٰلِكَ نَجْزِیْهِ جَهَنَّمَ ؕ— كَذٰلِكَ نَجْزِی الظّٰلِمِیْنَ ۟۠

२९) उनीहरूमध्ये यदि कुनै व्यक्तिले यो भन्दछ कि अल्लाह बाहेक म पूजाको योग्य छु भने त्यसलाई हामीले नर्कको दण्ड दिनेछौं र अत्याचारीहरूलाई हामीले यस्तै किसिमको सजाय दिने गर्दछौं । info
التفاسير:

external-link copy
30 : 21

اَوَلَمْ یَرَ الَّذِیْنَ كَفَرُوْۤا اَنَّ السَّمٰوٰتِ وَالْاَرْضَ كَانَتَا رَتْقًا فَفَتَقْنٰهُمَا ؕ— وَجَعَلْنَا مِنَ الْمَآءِ كُلَّ شَیْءٍ حَیٍّ ؕ— اَفَلَا یُؤْمِنُوْنَ ۟

३०) के ती मानिसहरूले जसले इन्कार गरे, यो देखेनन् कि यी आकाश र धरती एक आपसमा जोडिएका थिए । अनि हामीले तिनलाई अलग–अलग गर्यौं । र सम्पूर्ण जानदारहरूलाई हामीले पानीबाट सृष्टि गर्यौं । तैपनि यी मानिसहरूले ईमान किन ल्याउँदैनन् ? info
التفاسير:

external-link copy
31 : 21

وَجَعَلْنَا فِی الْاَرْضِ رَوَاسِیَ اَنْ تَمِیْدَ بِهِمْ وَجَعَلْنَا فِیْهَا فِجَاجًا سُبُلًا لَّعَلَّهُمْ یَهْتَدُوْنَ ۟

३१) र हामीले धरतीमा पहाडहरू उभ्याइदिऔं ताकि त्यसले प्राणीहरूलाई हल्लाउन नसकोस् र हामीले त्यसमा फराकिला बाटोहरू बनायौं ताकि तिनीहरूले मार्ग प्राप्त गर्न सकुन् । info
التفاسير:

external-link copy
32 : 21

وَجَعَلْنَا السَّمَآءَ سَقْفًا مَّحْفُوْظًا ۖۚ— وَّهُمْ عَنْ اٰیٰتِهَا مُعْرِضُوْنَ ۟

३२) र हामीले आकाशलाई एउटा सुरक्षित छत बनायौं, तैपनि तिनीहरूले हाम्रा निशानीहरूबाट विमुख भइराखेका छन् । info
التفاسير:

external-link copy
33 : 21

وَهُوَ الَّذِیْ خَلَقَ الَّیْلَ وَالنَّهَارَ وَالشَّمْسَ وَالْقَمَرَ ؕ— كُلٌّ فِیْ فَلَكٍ یَّسْبَحُوْنَ ۟

३३) उही अल्लाह नै हो जसले दिन र राती बनायो र सूर्य र चन्द्र पनि, प्रत्येक आ–आफ्ना कक्षमा परिक्रमा गरिराखेका छन् । info
التفاسير:

external-link copy
34 : 21

وَمَا جَعَلْنَا لِبَشَرٍ مِّنْ قَبْلِكَ الْخُلْدَ ؕ— اَفَاۡىِٕنْ مِّتَّ فَهُمُ الْخٰلِدُوْنَ ۟

३४) हामीले तपाईभन्दा पहिला पनि कसैलाई अमरता प्रदान गरेका छैनौं । अनि के तपाईको मृत्यु भयो भने तिनीहरू सधैं बाँची रहनेछन् ? info
التفاسير:

external-link copy
35 : 21

كُلُّ نَفْسٍ ذَآىِٕقَةُ الْمَوْتِ ؕ— وَنَبْلُوْكُمْ بِالشَّرِّ وَالْخَیْرِ فِتْنَةً ؕ— وَاِلَیْنَا تُرْجَعُوْنَ ۟

३५) प्रत्येक जीवले मृत्युको स्वाद चाख्नुपर्नेछ र हामीले राम्रो नराम्रो परिस्थितिहरूमा पारेर तिमी सबैको परीक्षा लिन्छौ । अन्ततः तिमी सबैले हामीतिरै फर्केर आउनु छ । info
التفاسير: