Traduction des sens du Noble Coran - La traduction népalaise - Association des Gens du Hadith (Ahl Al Hadîth)

Numéro de la page:close

external-link copy
11 : 24

اِنَّ الَّذِیْنَ جَآءُوْ بِالْاِفْكِ عُصْبَةٌ مِّنْكُمْ ؕ— لَا تَحْسَبُوْهُ شَرًّا لَّكُمْ ؕ— بَلْ هُوَ خَیْرٌ لَّكُمْ ؕ— لِكُلِّ امْرِئٍ مِّنْهُمْ مَّا اكْتَسَبَ مِنَ الْاِثْمِ ۚ— وَالَّذِیْ تَوَلّٰی كِبْرَهٗ مِنْهُمْ لَهٗ عَذَابٌ عَظِیْمٌ ۟

११) जुन मानिसहरूले यो ठूलो लान्छना रचेका छन् उनीहरू पनि तिमीमध्येको एउटा समूह हुन् । तिमीले त्यसलाई आफ्नो निम्ति नराम्रो नठान, बरु त्यो त तिम्रो निम्ति राम्रै छ, तर तिनीहरूमध्ये प्रत्येकको निम्ति त्यति नै पापको भाग छ जति पाप उसले गरेको छ, र उनीहरूमध्येबाट जुन व्यक्तिले उसको ठूलो भाग आफूले सम्पन्न गरेको छ उसको निम्ति ठूलो सजाय पनि छ । info
التفاسير:

external-link copy
12 : 24

لَوْلَاۤ اِذْ سَمِعْتُمُوْهُ ظَنَّ الْمُؤْمِنُوْنَ وَالْمُؤْمِنٰتُ بِاَنْفُسِهِمْ خَیْرًا ۙ— وَّقَالُوْا هٰذَاۤ اِفْكٌ مُّبِیْنٌ ۟

१२) यो सुन्ने वित्तिकै मोमिन पुरुष र महिलाले किन आफ्नो हृदयमा राम्रो ठानेनन् र किन भनेनन् कि यो त स्पष्टरूपले आक्षेप हो ? info
التفاسير:

external-link copy
13 : 24

لَوْلَا جَآءُوْ عَلَیْهِ بِاَرْبَعَةِ شُهَدَآءَ ۚ— فَاِذْ لَمْ یَاْتُوْا بِالشُّهَدَآءِ فَاُولٰٓىِٕكَ عِنْدَ اللّٰهِ هُمُ الْكٰذِبُوْنَ ۟

१३) यो असत्य कुरा (रच्ने) मानिसहरू आफ्नो कुराको (वास्तविकताको) निम्ति चारजना साक्षी किन ल्याएनन्, र जब यिनले साक्षी ल्याउन सकेनन् त यी दोषारोपण गर्नेहरू अल्लाहको नजिक झूठा हुन् । info
التفاسير:

external-link copy
14 : 24

وَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكُمْ وَرَحْمَتُهٗ فِی الدُّنْیَا وَالْاٰخِرَةِ لَمَسَّكُمْ فِیْ مَاۤ اَفَضْتُمْ فِیْهِ عَذَابٌ عَظِیْمٌ ۟ۚ

१४) यदि दुनियाँ र आखिरतमा तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए, निःसन्देह, जुन काममा तिमीहरू लागेका थियौं, त्यसको कारणले तिमीमाथि ठूलो सजाय अवतरित हुने थियो । info
التفاسير:

external-link copy
15 : 24

اِذْ تَلَقَّوْنَهٗ بِاَلْسِنَتِكُمْ وَتَقُوْلُوْنَ بِاَفْوَاهِكُمْ مَّا لَیْسَ لَكُمْ بِهٖ عِلْمٌ وَّتَحْسَبُوْنَهٗ هَیِّنًا ۖۗ— وَّهُوَ عِنْدَ اللّٰهِ عَظِیْمٌ ۟

१५) जब तिमी एक अर्कासित त्यस (झूठ) लाई आफ्नो मुखले चर्चा परिचर्चा गरिराखेका थियौ र तिमी आफ्नो मुखबाट त्यो सबै कुरा भन्दै गइराखेका थियौ, जसको विषयमा तिमीलाई कुनै ज्ञान थिएन र यद्यपि तिमीले त्यसलाई एउटा साधारण कुरा ठानिराखेका थियौ, तर अल्लाहको निकट, त्यो एउटा गम्भीर कुरो थियो । info
التفاسير:

external-link copy
16 : 24

وَلَوْلَاۤ اِذْ سَمِعْتُمُوْهُ قُلْتُمْ مَّا یَكُوْنُ لَنَاۤ اَنْ نَّتَكَلَّمَ بِهٰذَا ۖۗ— سُبْحٰنَكَ هٰذَا بُهْتَانٌ عَظِیْمٌ ۟

१६) तिमीले त्यस्तो कुरा सुन्ने वित्तिकै किन भनेनौ कि हामीलाई उचित छैन कि हामी यस्ता कुरा मुखबाट निकालौं । महान र उच्च हौ, तिमी हे अल्लाह ! यो त एउटा ठूलो दोषारोपण हो ? info
التفاسير:

external-link copy
17 : 24

یَعِظُكُمُ اللّٰهُ اَنْ تَعُوْدُوْا لِمِثْلِهٖۤ اَبَدًا اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟ۚ

१७) अल्लाहले तिमीलाई उपदेश गर्दछ कि पुनः कहिल्यै त्यसो नगर्नु यदि तिमी मोमिन (आस्थावान) हौ भने । info
التفاسير:

external-link copy
18 : 24

وَیُبَیِّنُ اللّٰهُ لَكُمُ الْاٰیٰتِ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟

१८) अल्लाहले आफ्नो आयतहरूलाई तिम्रो सामु स्पष्टरूपले वर्णन गर्दैछ । र अल्लाह त सर्वज्ञ सूक्ष्मदर्शी छ । info
التفاسير:

external-link copy
19 : 24

اِنَّ الَّذِیْنَ یُحِبُّوْنَ اَنْ تَشِیْعَ الْفَاحِشَةُ فِی الَّذِیْنَ اٰمَنُوْا لَهُمْ عَذَابٌ اَلِیْمٌ ۙ— فِی الدُّنْیَا وَالْاٰخِرَةِ ؕ— وَاللّٰهُ یَعْلَمُ وَاَنْتُمْ لَا تَعْلَمُوْنَ ۟

१९) जुन मानिसहरूले मुस्लिमहरूमा अश्लीलता (निर्लज्जता) फैलाउन चाहन्छन् उनीहरूको निम्ति दुनियाँ र आखिरतमा (लोक–परलोकमा) दुखद् यातना छ । र अल्लाह सबै जान्दछ र तिमी केही जान्दैनौ । info
التفاسير:

external-link copy
20 : 24

وَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكُمْ وَرَحْمَتُهٗ وَاَنَّ اللّٰهَ رَءُوْفٌ رَّحِیْمٌ ۟۠

२०) यदि तिमीमाथि अल्लाहको अनुग्रह र उसको दया नभएको भए र यो कि अल्लाह बडो करुणामय अत्यन्त दयावान छ । (त तिमीमाथि यातना अवतरित हुने थियो) । info
التفاسير: