Traducción de los significados del Sagrado Corán - Traducción Nepalí

Número de página: 512:511 close

external-link copy
16 : 48

قُلْ لِّلْمُخَلَّفِیْنَ مِنَ الْاَعْرَابِ سَتُدْعَوْنَ اِلٰی قَوْمٍ اُولِیْ بَاْسٍ شَدِیْدٍ تُقَاتِلُوْنَهُمْ اَوْ یُسْلِمُوْنَ ۚ— فَاِنْ تُطِیْعُوْا یُؤْتِكُمُ اللّٰهُ اَجْرًا حَسَنًا ۚ— وَاِنْ تَتَوَلَّوْا كَمَا تَوَلَّیْتُمْ مِّنْ قَبْلُ یُعَذِّبْكُمْ عَذَابًا اَلِیْمًا ۟

१६) तपाईले पछाडि छोडिएका बद्दूहरू (गाउँलेहरू) सित भनिदिनुस् कि तिमीहरू शीघ्र नै एउटा बडो लडाकू कौम(समुदाय) सित युद्धको निम्ति बोलाइनेछौ । उनीहरूसित तिमी युद्ध गरिरहने छौ वा उनीहरूले इस्लाम स्वीकार गरिहाल्नेछन्, र यदि तिमीले आदेशपालन गर्दछौ भने अल्लाहले तिमीलाई राम्रो प्रतिफल प्रदान गर्नेछ र यदि मुख फर्काउँछौ जस्तो कि यसभन्दा पहिला तिमी मुख फर्काएका थियौ त उसले तिमीलाई कष्टदायक यातना दिनेछ । info
التفاسير:

external-link copy
17 : 48

لَیْسَ عَلَی الْاَعْمٰی حَرَجٌ وَّلَا عَلَی الْاَعْرَجِ حَرَجٌ وَّلَا عَلَی الْمَرِیْضِ حَرَجٌ ؕ— وَمَنْ یُّطِعِ اللّٰهَ وَرَسُوْلَهٗ یُدْخِلْهُ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ۚ— وَمَنْ یَّتَوَلَّ یُعَذِّبْهُ عَذَابًا اَلِیْمًا ۟۠

१७) अन्धालाई कुनै गुनाह छ न लङ्गडालाई गुनाह छ र न विरामीलाई गुनाह छ । र जुन मानिस अल्लाह र उसको पैगम्बरको आदेशको पालना गर्नेछ अल्लाहले उसलाई यस्तो स्वर्गमा प्रवेश गराउनेछ जसमुनि नहरहरू बगिराखेका छन् र जो विमुख हुन्छ उसलाई दुःखद यातना दिनेछ । info
التفاسير:

external-link copy
18 : 48

لَقَدْ رَضِیَ اللّٰهُ عَنِ الْمُؤْمِنِیْنَ اِذْ یُبَایِعُوْنَكَ تَحْتَ الشَّجَرَةِ فَعَلِمَ مَا فِیْ قُلُوْبِهِمْ فَاَنْزَلَ السَّكِیْنَةَ عَلَیْهِمْ وَاَثَابَهُمْ فَتْحًا قَرِیْبًا ۟ۙ

१८) निश्चय नै अल्लाह मोमिनहरूसित प्रसन्न भयो, जब उनीहरू वृक्षमुनि तपाईसित ‘‘बैअत’’ गरिराखेका थिए । उसले त्यस कुरालाई थाहा पाइहाल्यो जुन उनीहरूका हृदयमा थिए । अतः उनीहरूलाई उसले शान्ति प्रदान गर्यो र उनीहरूलाई शीघ्र नै विजय प्रदान गरिदियो । info
التفاسير:

external-link copy
19 : 48

وَّمَغَانِمَ كَثِیْرَةً یَّاْخُذُوْنَهَا ؕ— وَكَانَ اللّٰهُ عَزِیْزًا حَكِیْمًا ۟

१९) र धेरै माल सामान जसलाई तिनीहरूले प्राप्त गर्नेछन्, र अल्लाह अधिपत्यशाली र तत्वदर्शी छ । info
التفاسير:

external-link copy
20 : 48

وَعَدَكُمُ اللّٰهُ مَغَانِمَ كَثِیْرَةً تَاْخُذُوْنَهَا فَعَجَّلَ لَكُمْ هٰذِهٖ وَكَفَّ اَیْدِیَ النَّاسِ عَنْكُمْ ۚ— وَلِتَكُوْنَ اٰیَةً لِّلْمُؤْمِنِیْنَ وَیَهْدِیَكُمْ صِرَاطًا مُّسْتَقِیْمًا ۟ۙ

२०) अल्लाहले तिमीसँग धेरै माल सामानबारे वाचा गरेको छ जसलाई तिमी प्राप्त गर्नेछौ । अर्थात यो तिमीलाई छिटै प्रदान गरिदियो । र मान्छेहरूको हात तिम्रो लागि रोकिदिएको छ । ताकि मोमिनहरूको लागि यो एउटा निशानी भइहालोस् र उसले तिमीलाई सोझो मार्गमा चलाओस् । info
التفاسير:

external-link copy
21 : 48

وَّاُخْرٰی لَمْ تَقْدِرُوْا عَلَیْهَا قَدْ اَحَاطَ اللّٰهُ بِهَا ؕ— وَكَانَ اللّٰهُ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرًا ۟

२१) र तिमीलाई अरु माल सामान पनि देओस् जसमाथि अहिलेसम्म तिमीले विजय पाएका छैनौ । तर अल्लाहले तिनलाई आफ्नो संरक्षणमा राखेको छ । र अल्लाह हरेक वस्तुमाथि अधिपत्य राख्दछ । info
التفاسير:

external-link copy
22 : 48

وَلَوْ قَاتَلَكُمُ الَّذِیْنَ كَفَرُوْا لَوَلَّوُا الْاَدْبَارَ ثُمَّ لَا یَجِدُوْنَ وَلِیًّا وَّلَا نَصِیْرًا ۟

२२) र यदि इन्कार गर्नेहरू तिमीसित युद्ध गरेको भए अवश्य नै पिठ्युँ फर्काई भाग्ने थिए । अनि उनीहरूले न कोही संरक्षक पाउनेछन् न त कोही सहायक । info
التفاسير:

external-link copy
23 : 48

سُنَّةَ اللّٰهِ الَّتِیْ قَدْ خَلَتْ مِنْ قَبْلُ ۖۚ— وَلَنْ تَجِدَ لِسُنَّةِ اللّٰهِ تَبْدِیْلًا ۟

२३) यो अल्लाहको त्यस रीति अनुकूल छ जुन पहिलेदेखि नै चल्दै आएको छ र तिमीले अल्लाहको रीतिमा कहिल्यै कुनै परिवर्तन पाउने छैनौ । info
التفاسير: