Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

Page Number:close

external-link copy
133 : 3

وَسَارِعُوْۤا اِلٰی مَغْفِرَةٍ مِّنْ رَّبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمٰوٰتُ وَالْاَرْضُ ۙ— اُعِدَّتْ لِلْمُتَّقِیْنَ ۟ۙ

१३३) र, आफ्नो प्रतिपालकको क्षमा र त्यस स्वर्गतर्फ अगाडि बढ जसको चौडाई आकाश र पृथ्वी जतिको छ, र जुन अल्लाहसँग डर मान्नेहरूको निम्ति बनाइएको छ । info
التفاسير:

external-link copy
134 : 3

الَّذِیْنَ یُنْفِقُوْنَ فِی السَّرَّآءِ وَالضَّرَّآءِ وَالْكٰظِمِیْنَ الْغَیْظَ وَالْعَافِیْنَ عَنِ النَّاسِ ؕ— وَاللّٰهُ یُحِبُّ الْمُحْسِنِیْنَ ۟ۚ

१३४) जसले सुख र दुःखमा (अल्लाहको मार्गमा) खर्च गर्दछन् र क्रोधलाई नियन्त्रणमा राख्दछन् र मानिसहरूका त्रुटिहरू क्षमा गरिदिन्छन्, अल्लाह ती सत्कर्म गर्नेहरूलाई प्रेम गर्दछ । info
التفاسير:

external-link copy
135 : 3

وَالَّذِیْنَ اِذَا فَعَلُوْا فَاحِشَةً اَوْ ظَلَمُوْۤا اَنْفُسَهُمْ ذَكَرُوا اللّٰهَ فَاسْتَغْفَرُوْا لِذُنُوْبِهِمْ۫— وَمَنْ یَّغْفِرُ الذُّنُوْبَ اِلَّا اللّٰهُ ۪۫— وَلَمْ یُصِرُّوْا عَلٰی مَا فَعَلُوْا وَهُمْ یَعْلَمُوْنَ ۟

१३५) जब तिनीहरूले खुलारूपमा कुनै गल्ती वा गुनाह गर्दछन् त तत्कालै अल्लाहलाई स्मरण गर्दछन् र आफ्ना भूलहरूका लागि क्षमायाचना गर्दछन् । तथ्य यो छ कि अल्लाह बाहेक कसले क्षमादान गर्न सक्छ ? तिनीहरू जानी जानी आफ्नो गलत कामहरूको लागि अडान लिदैनन् । info
التفاسير:

external-link copy
136 : 3

اُولٰٓىِٕكَ جَزَآؤُهُمْ مَّغْفِرَةٌ مِّنْ رَّبِّهِمْ وَجَنّٰتٌ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— وَنِعْمَ اَجْرُ الْعٰمِلِیْنَ ۟ؕ

१३६) यस्तै मानिसहरूका लागि पुरस्कार, तिनको पालनकर्ताको तर्फबाट माफी, र स्वर्ग छ, जसमुनि नहरहरू बगरिहेका छन्, तिनीहरू त्यसमा सधैं बस्नेछन् । ती असल कर्म गर्नेहरूको पुरस्कार कस्तो राम्रो छ । info
التفاسير:

external-link copy
137 : 3

قَدْ خَلَتْ مِنْ قَبْلِكُمْ سُنَنٌ ۙ— فَسِیْرُوْا فِی الْاَرْضِ فَانْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الْمُكَذِّبِیْنَ ۟

१३७) तिमीहरूभन्दा अगाडि पनि यस्ता घटनाहरू घटिसकेका छन्, तसर्थ पृथ्वीमा भ्रमण गरी हेर कि अल्लाहका आदेशलाई इन्कार गर्नेहरूको परिणाम के भयो । info
التفاسير:

external-link copy
138 : 3

هٰذَا بَیَانٌ لِّلنَّاسِ وَهُدًی وَّمَوْعِظَةٌ لِّلْمُتَّقِیْنَ ۟

१३८) सामान्य मानिसहरूको निम्ति यो (कुरआन) एउटा वक्तव्य हो र अल्लाहका सेवकहरूको लागि पथप्रदर्शन र नसीहत (उपदेश) हो । info
التفاسير:

external-link copy
139 : 3

وَلَا تَهِنُوْا وَلَا تَحْزَنُوْا وَاَنْتُمُ الْاَعْلَوْنَ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟

१३९) हेर, तिमी न अल्छी गर न चिन्तित होऊ । यदि तिमी ईमानवाला हौ भने तिम्रै वर्चस्व कायम हुनेछ । info
التفاسير:

external-link copy
140 : 3

اِنْ یَّمْسَسْكُمْ قَرْحٌ فَقَدْ مَسَّ الْقَوْمَ قَرْحٌ مِّثْلُهٗ ؕ— وَتِلْكَ الْاَیَّامُ نُدَاوِلُهَا بَیْنَ النَّاسِ ۚ— وَلِیَعْلَمَ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا وَیَتَّخِذَ مِنْكُمْ شُهَدَآءَ ؕ— وَاللّٰهُ لَا یُحِبُّ الظّٰلِمِیْنَ ۟ۙ

१४०) यदि तिमीलाई (पराजयको) चोट पुगेको छ भने विरोधीहरू पनि घाइते भइसकेका छन् । यी दिनहरूलाई मानिसहरूमाझ हामीले परिवर्तन गरिराख्दछौ, (उहुद पराजयको) यो पनि उद्देश्य थियो कि अल्लाहले ईमान भएकाहरूलाई अलग गरिहालोस् र तिमीहरूमध्येबाट केहीलाई शहादत प्रदान गरोस् । अल्लाह अत्याचारीहरूलाई प्रेम गर्दैन । info
التفاسير: