Übersetzung der Bedeutungen von dem heiligen Quran - Nepalesische Sprache - Zentraler Verein von Ahlul-Hadith

Nummer der Seite:close

external-link copy
96 : 7

وَلَوْ اَنَّ اَهْلَ الْقُرٰۤی اٰمَنُوْا وَاتَّقَوْا لَفَتَحْنَا عَلَیْهِمْ بَرَكٰتٍ مِّنَ السَّمَآءِ وَالْاَرْضِ وَلٰكِنْ كَذَّبُوْا فَاَخَذْنٰهُمْ بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟

९६) र यदि यी बस्तीहरूका मानिसहरूले ईमान ल्याएको र परहेजगारी अपनाएको भए हामीले उनीहरूमाथि आकाश र पृथ्वीका बरदानहरू खोलिदिन्थ्यौं, तर उनीहरूले झुट्ठा भने अनि हामीले उनका क्रियाकलापका कारण उनीहरूलाई समातिहाल्यौं । info
التفاسير:

external-link copy
97 : 7

اَفَاَمِنَ اَهْلُ الْقُرٰۤی اَنْ یَّاْتِیَهُمْ بَاْسُنَا بَیَاتًا وَّهُمْ نَآىِٕمُوْنَ ۟ؕ

९७) के फेरि पनि यस बस्तीमा बस्ने मानिसहरू यस कुराबाट निश्चिन्त छन् कि उनीहरूमाथि हाम्रो अजाब (यातना) रातिको समयमा आइहालोस् जबकि उनीहरू सुतिराखेका हुनेछन् । info
التفاسير:

external-link copy
98 : 7

اَوَاَمِنَ اَهْلُ الْقُرٰۤی اَنْ یَّاْتِیَهُمْ بَاْسُنَا ضُحًی وَّهُمْ یَلْعَبُوْنَ ۟

९८) र के यी बस्तीका मानिसहरू यस कुराबाट निश्चिन्त भइहालेका छन् कि तिनीहरूमाथि हाम्रो प्रकोप दिउँसोमा आइहालोस, जबकि उनीहरू आफ्नो खेलहरूमा ब्यस्त हुनेछन् ? info
التفاسير:

external-link copy
99 : 7

اَفَاَمِنُوْا مَكْرَ اللّٰهِ ۚ— فَلَا یَاْمَنُ مَكْرَ اللّٰهِ اِلَّا الْقَوْمُ الْخٰسِرُوْنَ ۟۠

९९) तसर्थ के तिनीहरू अल्लाहको पकडबाट निश्चिन्त भइहाले ? अतः अल्लाहको पकडबाट ती बाहेक जो घाटामा पर्नेवाला छन्, अरु कोही निश्चिन्त हुँदैन । info
التفاسير:

external-link copy
100 : 7

اَوَلَمْ یَهْدِ لِلَّذِیْنَ یَرِثُوْنَ الْاَرْضَ مِنْ بَعْدِ اَهْلِهَاۤ اَنْ لَّوْ نَشَآءُ اَصَبْنٰهُمْ بِذُنُوْبِهِمْ ۚ— وَنَطْبَعُ عَلٰی قُلُوْبِهِمْ فَهُمْ لَا یَسْمَعُوْنَ ۟

१००) र के यिनीहरूलाई जो पृथ्वीका उत्तराधिकारी भए, त्यहाँका मानिसहरूको मृत्यु पश्चात (यी घटनाहरूपछि) यो कुरा भनिएन कि यदि हामीले चाह्यौं भने तिनका अपराधका कारण तिनलाई समाप्त गर्न सक्छौं र हामी तिनका हृदयमा छाप लगाउन सक्छौं अनि तिनीहरू सुन्न नसकुन् । info
التفاسير:

external-link copy
101 : 7

تِلْكَ الْقُرٰی نَقُصُّ عَلَیْكَ مِنْ اَنْۢبَآىِٕهَا ۚ— وَلَقَدْ جَآءَتْهُمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ ۚ— فَمَا كَانُوْا لِیُؤْمِنُوْا بِمَا كَذَّبُوْا مِنْ قَبْلُ ؕ— كَذٰلِكَ یَطْبَعُ اللّٰهُ عَلٰی قُلُوْبِ الْكٰفِرِیْنَ ۟

१०१) यी बस्तिहरूका केही वृतान्त हामीले तपाईंलाई वर्णन गरिराखेका छौं र उनीहरूका पैगम्बर उनीहरूको पासमा निशानीहरू (चमत्कारहरू) लिएर आए, तर यस्तो भएन कि उनीहरूले जुन कुरालाई प्रारम्भमा झूठा भनिसकेका थिए त्यसमा फेरि विश्वास गरुन् । अल्लाह यस्तै प्रकारले काफिरहरूको हृदयमा छाप लगाइदिन्छ । info
التفاسير:

external-link copy
102 : 7

وَمَا وَجَدْنَا لِاَكْثَرِهِمْ مِّنْ عَهْدٍ ۚ— وَاِنْ وَّجَدْنَاۤ اَكْثَرَهُمْ لَفٰسِقِیْنَ ۟

१०२) र कतिपय मानसिहरूमा हामीले वचन पालना गर्ने प्रतिबद्धता देखेनौं र हामीले धेरैलाई उल्लंघनकारी नै पायौं । info
التفاسير:

external-link copy
103 : 7

ثُمَّ بَعَثْنَا مِنْ بَعْدِهِمْ مُّوْسٰی بِاٰیٰتِنَاۤ اِلٰی فِرْعَوْنَ وَمَلَاۡىِٕهٖ فَظَلَمُوْا بِهَا ۚ— فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الْمُفْسِدِیْنَ ۟

१०३) अनि यिनीहरूपछि हामीले ‘‘मूसा (अलैहिस्सलाम)’’ लाई निशानीहरू (चमत्कारहरू) दिएर फिरऔन र उसका नाइकेहरूको पासमा पठायौं तर तिनीहरूले, ती (निशानीहरूप्रति) अत्याचार गरे तसर्थ हेर्नुस्, यी उद्दण्डहरूको परिणाम के भयो ? info
التفاسير:

external-link copy
104 : 7

وَقَالَ مُوْسٰی یٰفِرْعَوْنُ اِنِّیْ رَسُوْلٌ مِّنْ رَّبِّ الْعٰلَمِیْنَ ۟ۙ

१०४) र मूसाले भन्नु भयो, कि हे फिरऔन ! म संसारको पालनकर्ताको तर्फबाट पैगम्बर हूँ । info
التفاسير: