Übersetzung der Bedeutungen von dem heiligen Quran - Nepalesische Sprache - Zentraler Verein von Ahlul-Hadith

Nummer der Seite:close

external-link copy
10 : 59

وَالَّذِیْنَ جَآءُوْ مِنْ بَعْدِهِمْ یَقُوْلُوْنَ رَبَّنَا اغْفِرْ لَنَا وَلِاِخْوَانِنَا الَّذِیْنَ سَبَقُوْنَا بِالْاِیْمَانِ وَلَا تَجْعَلْ فِیْ قُلُوْبِنَا غِلًّا لِّلَّذِیْنَ اٰمَنُوْا رَبَّنَاۤ اِنَّكَ رَءُوْفٌ رَّحِیْمٌ ۟۠

१०) र यस सम्पत्तिमा उनको पनि (भाग छ) जो उनका पछि आएछन् । उनीहरूले भन्नेछन् कि हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ र हाम्रा ती दाजुभाइहरूलाई पनि जो हामीभन्दा पहिला ईमान ल्याए, र हाम्रा हृदयमा ईमानवालाहरूको निम्ति कुनै प्रकारको विद्धेश र शत्रुता नराख । हे हाम्रो पालनकर्ता ! तिमी निश्चय नै बडो करुणामय अत्यन्त दयावान छौ । info
التفاسير:

external-link copy
11 : 59

اَلَمْ تَرَ اِلَی الَّذِیْنَ نَافَقُوْا یَقُوْلُوْنَ لِاِخْوَانِهِمُ الَّذِیْنَ كَفَرُوْا مِنْ اَهْلِ الْكِتٰبِ لَىِٕنْ اُخْرِجْتُمْ لَنَخْرُجَنَّ مَعَكُمْ وَلَا نُطِیْعُ فِیْكُمْ اَحَدًا اَبَدًا ۙ— وَّاِنْ قُوْتِلْتُمْ لَنَنْصُرَنَّكُمْ ؕ— وَاللّٰهُ یَشْهَدُ اِنَّهُمْ لَكٰذِبُوْنَ ۟

११) के तिमीले ती मुनाफिकहरू (कपटी) लाई देखेनौ, जसले आफ्ना काफिर भाइहरूसित जो किताबवाला छन् भन्ने गर्दछन्, कि यदि तिमीलाई देशनिकाला गरियो भने, निश्चय नै हामी पनि तिम्रो साथमा निस्केर जानेछौं, र तिम्रो बारेमा कहिल्यै कसैको भनाई मान्ने छैनौं, र यदि तिमीसँग लडाई भयो भने तिम्रो सहायता गर्नेछौं, तर अल्लाह साक्षी छ, कि यिनीहरू झूठा छन् । info
التفاسير:

external-link copy
12 : 59

لَىِٕنْ اُخْرِجُوْا لَا یَخْرُجُوْنَ مَعَهُمْ ۚ— وَلَىِٕنْ قُوْتِلُوْا لَا یَنْصُرُوْنَهُمْ ۚ— وَلَىِٕنْ نَّصَرُوْهُمْ لَیُوَلُّنَّ الْاَدْبَارَ ۫— ثُمَّ لَا یُنْصَرُوْنَ ۟

१२) यदि उनीहरू निकालिए भने यिनीहरू उनको साथमा निस्कने छैनन् र यदि उनीहरूसँग युद्ध भयो भने त उनको सहायता गर्ने छैनन् र यदि सहायता गर्न आउँछन् भने पिठ्यू फर्काइ भागिहाल्ने छन्, अनि उनीहरूलाई कतैबाट पनि सहायता प्राप्त हुनेछैन । info
التفاسير:

external-link copy
13 : 59

لَاَنْتُمْ اَشَدُّ رَهْبَةً فِیْ صُدُوْرِهِمْ مِّنَ اللّٰهِ ؕ— ذٰلِكَ بِاَنَّهُمْ قَوْمٌ لَّا یَفْقَهُوْنَ ۟

१३) (हे मुसलमानहरू !) तिम्रो भय ती मानिसहरूको हृदयमा अल्लाहभन्दा पनि बढी छ, यो यसकारण छ कि यिनीहरूले बुझ्दैनन् । info
التفاسير:

external-link copy
14 : 59

لَا یُقَاتِلُوْنَكُمْ جَمِیْعًا اِلَّا فِیْ قُرًی مُّحَصَّنَةٍ اَوْ مِنْ وَّرَآءِ جُدُرٍ ؕ— بَاْسُهُمْ بَیْنَهُمْ شَدِیْدٌ ؕ— تَحْسَبُهُمْ جَمِیْعًا وَّقُلُوْبُهُمْ شَتّٰی ؕ— ذٰلِكَ بِاَنَّهُمْ قَوْمٌ لَّا یَعْقِلُوْنَ ۟ۚ

१४) यी सबै मिलेर पनि तिमीसित आमुन्ने–सामुन्ने लड्न सक्दैनन् । तर बस्तीहरूका गढहरूमा शरण लिएर वा पर्खालहरूको पछाडि (लुकेर) रहुन् । उनीहरूको आपसमा नै ठूलो लडाई छ । यद्यपि तिमीले यिनीहरूलाई संगठित ठान्दछौ तर उनका हृदय फाटेका (विभाजित) छन् । यो यसकारण कि उनीहरू बुद्धिहीन छन् । info
التفاسير:

external-link copy
15 : 59

كَمَثَلِ الَّذِیْنَ مِنْ قَبْلِهِمْ قَرِیْبًا ذَاقُوْا وَبَالَ اَمْرِهِمْ ۚ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟ۚ

१५) उनीहरूको अवस्था ती मानिसहरूको जस्तो छ, जुन उनीभन्दा केही पहिला आफ्ना कर्महरूको यातनाको स्वाद चाखिसकेका छन् र अहिले उनीहरूको निम्ति कष्टदायक यातना तयार छ । info
التفاسير:

external-link copy
16 : 59

كَمَثَلِ الشَّیْطٰنِ اِذْ قَالَ لِلْاِنْسَانِ اكْفُرْ ۚ— فَلَمَّا كَفَرَ قَالَ اِنِّیْ بَرِیْٓءٌ مِّنْكَ اِنِّیْۤ اَخَافُ اللّٰهَ رَبَّ الْعٰلَمِیْنَ ۟

१६) (मुनाफिकहरूको) उदाहरण शैतानको जस्तो छ, उसले मानिससँग भन्यो कुफ्र गर । त जब त्यो काफिर भइहाल्यो तब भन्न थाल्यो कि मलाई तिमीसित कुनै सरोकार छैन । मलाई त सारा संसारको पालनकर्तासित डर लाग्छ । info
التفاسير: