Übersetzung der Bedeutungen von dem heiligen Quran - Nepalesische Sprache - Zentraler Verein von Ahlul-Hadith

Nummer der Seite:close

external-link copy
73 : 21

وَجَعَلْنٰهُمْ اَىِٕمَّةً یَّهْدُوْنَ بِاَمْرِنَا وَاَوْحَیْنَاۤ اِلَیْهِمْ فِعْلَ الْخَیْرٰتِ وَاِقَامَ الصَّلٰوةِ وَاِیْتَآءَ الزَّكٰوةِ ۚ— وَكَانُوْا لَنَا عٰبِدِیْنَ ۟ۙ

७३) र हामीले उनीहरूलाई नायक बनायौं कि हाम्रो आदेशले मार्गनिर्देशन गरुन् र तिनीहरूलाई असल कर्म गर्न र नमाज पढ्न र दान दिनुको निम्ति आदेश पठायौं र तिनीहरू सबै हाम्रो उपासना गर्ने सेवक थिए । info
التفاسير:

external-link copy
74 : 21

وَلُوْطًا اٰتَیْنٰهُ حُكْمًا وَّعِلْمًا وَّنَجَّیْنٰهُ مِنَ الْقَرْیَةِ الَّتِیْ كَانَتْ تَّعْمَلُ الْخَبٰٓىِٕثَ ؕ— اِنَّهُمْ كَانُوْا قَوْمَ سَوْءٍ فٰسِقِیْنَ ۟ۙ

७४) हामीले ‘‘लूत (अलैहिस्सलाम) लाई’’ पनि आदेश र ज्ञान प्रदान गर्यौं र उनलाई त्यस बस्तीबाट छुटकारा दिलायौं जहाँका मानिसहरू नराम्रो कर्म गर्दथिए । वास्तवमा तिनीहरू साह्रै नै नराम्रो र उल्लघंनकारी थिए । info
التفاسير:

external-link copy
75 : 21

وَاَدْخَلْنٰهُ فِیْ رَحْمَتِنَا ؕ— اِنَّهٗ مِنَ الصّٰلِحِیْنَ ۟۠

७५) र हामीले लूतलाई आफ्नो कृपापात्र बनायौं । निःसन्देह उनी असल मानिसहरूमध्येका थिए । info
التفاسير:

external-link copy
76 : 21

وَنُوْحًا اِذْ نَادٰی مِنْ قَبْلُ فَاسْتَجَبْنَا لَهٗ فَنَجَّیْنٰهُ وَاَهْلَهٗ مِنَ الْكَرْبِ الْعَظِیْمِ ۟ۚ

७६) र ‘‘नूहको’’ त्यस समयको पनि स्मरण गर्नुस्, जबकि उनले यसभन्दा अगाडि हामीलाई पुकारेका थिए, तब हामीले उनको प्रार्थना स्वीकार गर्यौं र हामीले उनलाई र उनका घरवालाहरूलाई ठूलो क्लेशबाट छुटकारा दिलायौं । info
التفاسير:

external-link copy
77 : 21

وَنَصَرْنٰهُ مِنَ الْقَوْمِ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا ؕ— اِنَّهُمْ كَانُوْا قَوْمَ سَوْءٍ فَاَغْرَقْنٰهُمْ اَجْمَعِیْنَ ۟

७७) र जुन मानिसहरूले हाम्रा आयतहरूलाई झुठ्ठा भनिराखेका थिए तिनीहरूको दाँजोमा हामीले उनको मद्दत गर्यौं, वास्तवमा तिनीहरू नराम्रा मानिसहरू थिए । अतः हामीले ती सबैलाई डुबाइदियौं । info
التفاسير:

external-link copy
78 : 21

وَدَاوٗدَ وَسُلَیْمٰنَ اِذْ یَحْكُمٰنِ فِی الْحَرْثِ اِذْ نَفَشَتْ فِیْهِ غَنَمُ الْقَوْمِ ۚ— وَكُنَّا لِحُكْمِهِمْ شٰهِدِیْنَ ۟ۙ

७८) र ‘‘दाऊद’’(अलैहिस्सलाम) र ‘‘सुलैमान’’ (अलैहिस्सलाम)लाई सम्झनुस् जबकि उनीहरू खेत सम्बन्धी कुरामा निर्णय गरिराखेका थिए त्यतिखेर केही मानिसहरूका बाख्राहरू त्यसमा चरेका थिए, र तिनीहरूको निर्णयमा हामी उपस्थित थियौं । info
التفاسير:

external-link copy
79 : 21

فَفَهَّمْنٰهَا سُلَیْمٰنَ ۚ— وَكُلًّا اٰتَیْنَا حُكْمًا وَّعِلْمًا ؗ— وَّسَخَّرْنَا مَعَ دَاوٗدَ الْجِبَالَ یُسَبِّحْنَ وَالطَّیْرَ ؕ— وَكُنَّا فٰعِلِیْنَ ۟

७९) अनि हामीले त्यस विवादको सही निर्णय सुलैमानलाई सम्झाइदियौं । र हामीले दुवैलाई निर्णयशक्ति र ज्ञान प्रदान गरेका थियौं र हामीले पहाडहरूलाई र चराहरूलाई पनि दाऊदको अधीनमा गरिदिएका थियौं जसले कि उनीसँगै अल्लाहको स्तुति गर्दथे र यस्तो गर्नेवाला हामी नै थियौं । info
التفاسير:

external-link copy
80 : 21

وَعَلَّمْنٰهُ صَنْعَةَ لَبُوْسٍ لَّكُمْ لِتُحْصِنَكُمْ مِّنْ بَاْسِكُمْ ۚ— فَهَلْ اَنْتُمْ شٰكِرُوْنَ ۟

८०) र हामीले उनलाई तिमीहरूको लागी परिधान (अर्थात कवचको शिल्पकला) पनि सिकाएका थियौं ताकि युद्धको क्षतिबाट तिम्रो रक्षा होस्, त के तिमी कृतज्ञ बन्ने छौ ? info
التفاسير:

external-link copy
81 : 21

وَلِسُلَیْمٰنَ الرِّیْحَ عَاصِفَةً تَجْرِیْ بِاَمْرِهٖۤ اِلَی الْاَرْضِ الَّتِیْ بٰرَكْنَا فِیْهَا ؕ— وَكُنَّا بِكُلِّ شَیْءٍ عٰلِمِیْنَ ۟

८१) सुलैमानको अधीनमा हामीले तीव्र वायुलाई वशीभूत गरिदिएका थियौं, जुन उनको आदेश अनुसार यस भू–भागतिर चल्थ्यो जहाँ हामीले बरकत प्रदान गरेका थियौं । र हामी त हरेक कुराको ज्ञाता हौं । info
التفاسير: