Prijevod značenja časnog Kur'ana - Nepalski prijevod - udruženje Ehlul-hadis

सबा

external-link copy
1 : 34

اَلْحَمْدُ لِلّٰهِ الَّذِیْ لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ وَلَهُ الْحَمْدُ فِی الْاٰخِرَةِ ؕ— وَهُوَ الْحَكِیْمُ الْخَبِیْرُ ۟

१) सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । जो कि ती सबै कुराको स्वामी हो, जुन आकाशहरूमा छन् र जे धरतीमा छ । र आखिरतमा पनि उसैको लागि प्रशंसा छ । र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ । info
التفاسير:

external-link copy
2 : 34

یَعْلَمُ مَا یَلِجُ فِی الْاَرْضِ وَمَا یَخْرُجُ مِنْهَا وَمَا یَنْزِلُ مِنَ السَّمَآءِ وَمَا یَعْرُجُ فِیْهَا ؕ— وَهُوَ الرَّحِیْمُ الْغَفُوْرُ ۟

२) जे धरतीमुनि जान्छ र जे त्यसबाट बाहिर निस्कन्छ र जेजति आकाशबाट तल झर्छ, र जे जति त्यसमाथि चढ्छ (उक्लन्छ) ऊ सबै जान्दछ, र ऊ अत्यन्त दयालु क्षमाशील छ । info
التفاسير:

external-link copy
3 : 34

وَقَالَ الَّذِیْنَ كَفَرُوْا لَا تَاْتِیْنَا السَّاعَةُ ؕ— قُلْ بَلٰی وَرَبِّیْ لَتَاْتِیَنَّكُمْ ۙ— عٰلِمِ الْغَیْبِ ۚ— لَا یَعْزُبُ عَنْهُ مِثْقَالُ ذَرَّةٍ فِی السَّمٰوٰتِ وَلَا فِی الْاَرْضِ وَلَاۤ اَصْغَرُ مِنْ ذٰلِكَ وَلَاۤ اَكْبَرُ اِلَّا فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟ۙ

३) काफिरहरूले भन्दछन्ः कि कियामतको समय ‘‘हामीमाथि आउँदैन’’ । तपाई भनिदिनुस् मलाई मेरो पालनकर्ताको कसम , त्यो तिमीहरूमाथि अवश्य आउनेछ । अल्लाहलाई जो अन्र्तयामी छ अदृश्यको ज्ञान छ, कण बराबरको सानो तिनो कुरा पनि उसबाट लुकेको छैन, आकाशहरूमा र नत धरतीमा नत त्योभंदा सानो कुनै कुरा र न ठूलो । सबै कुराहरू स्पष्ट किताबमा अंकित छन् । info
التفاسير:

external-link copy
4 : 34

لِّیَجْزِیَ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ ؕ— اُولٰٓىِٕكَ لَهُمْ مَّغْفِرَةٌ وَّرِزْقٌ كَرِیْمٌ ۟

४) ताकि उसले उनीहरूलाई राम्रो पुरस्कार देओस्, जसले ईमान ल्याए र असल कर्म गर्दैरहे । यिनै हुन् जसको निम्ति क्षमा र सम्मानित जीविका छ । info
التفاسير:

external-link copy
5 : 34

وَالَّذِیْنَ سَعَوْ فِیْۤ اٰیٰتِنَا مُعٰجِزِیْنَ اُولٰٓىِٕكَ لَهُمْ عَذَابٌ مِّنْ رِّجْزٍ اَلِیْمٌ ۟

५) र जसले हाम्रा आयातहरूलाई असफल पार्ने प्रयास गरे, तिनै हुन् जसको निम्ति साह्रै नै नराम्रो प्रकारको दुःखद् यातना छ । info
التفاسير:

external-link copy
6 : 34

وَیَرَی الَّذِیْنَ اُوْتُوا الْعِلْمَ الَّذِیْۤ اُنْزِلَ اِلَیْكَ مِنْ رَّبِّكَ هُوَ الْحَقَّ ۙ— وَیَهْدِیْۤ اِلٰی صِرَاطِ الْعَزِیْزِ الْحَمِیْدِ ۟

६) र जसलाई ज्ञान छ, उनीहरूले स्वयम् देख्नेछन् कि जे जति तपाईंको पालनहारको तर्फबाट तपाईतिर अवतरित भएको छ, त्यही नै सत्य हो, र अल्लाह जो सर्वशक्ति सम्पन्न, र विशेषतावाला छ तिनलाई सोझो मार्ग देखाउँछ । info
التفاسير:

external-link copy
7 : 34

وَقَالَ الَّذِیْنَ كَفَرُوْا هَلْ نَدُلُّكُمْ عَلٰی رَجُلٍ یُّنَبِّئُكُمْ اِذَا مُزِّقْتُمْ كُلَّ مُمَزَّقٍ ۙ— اِنَّكُمْ لَفِیْ خَلْقٍ جَدِیْدٍ ۟ۚ

७) र काफिरहरूले भने (आऊ) ‘‘हामीले तिमीलाई एउटा यस्तो मानिसको बारेमा भनौं, जसले तिमीलाई यो खबर दिइरहेको छ कि जब तिमी पूरै नष्ट भइसक्नेछौ तब फेरि तिमी पुनः जीवित हुनेछौ’’ ? info
التفاسير: