Prijevod značenja časnog Kur'ana - Nepalski prijevod - udruženje Ehlul-hadis

Broj stranice:close

external-link copy
37 : 24

رِجَالٌ ۙ— لَّا تُلْهِیْهِمْ تِجَارَةٌ وَّلَا بَیْعٌ عَنْ ذِكْرِ اللّٰهِ وَاِقَامِ الصَّلٰوةِ وَاِیْتَآءِ الزَّكٰوةِ— یَخَافُوْنَ یَوْمًا تَتَقَلَّبُ فِیْهِ الْقُلُوْبُ وَالْاَبْصَارُ ۟ۙ

३७) यस्ता मानिसहरू जसलाई अल्लाहको स्मरणबाट, नमाज पढ्न र जकात दिनुबाट नत व्यापारले अल्छी बनाउँछ र नत क्रय–विक्रयले, उनीहरू त्यस दिनसित डर्छन्, जुन दिन अनेक हृदय र आँखाहरू उलट–पलट भइहाल्नेछन् । info
التفاسير:

external-link copy
38 : 24

لِیَجْزِیَهُمُ اللّٰهُ اَحْسَنَ مَا عَمِلُوْا وَیَزِیْدَهُمْ مِّنْ فَضْلِهٖ ؕ— وَاللّٰهُ یَرْزُقُ مَنْ یَّشَآءُ بِغَیْرِ حِسَابٍ ۟

३८) यस इच्छाले कि अल्लाहले उनीहरूलाई उनीहरूको कर्महरूको धेरै राम्रो फल देओस् र आफ्नो कृपाले केही बढी पनि प्रदान गरोस् र अल्लाहले जसलाई चाहन्छ त्यसलाई असीमित जीविका प्रदान गर्दछ । info
التفاسير:

external-link copy
39 : 24

وَالَّذِیْنَ كَفَرُوْۤا اَعْمَالُهُمْ كَسَرَابٍۭ بِقِیْعَةٍ یَّحْسَبُهُ الظَّمْاٰنُ مَآءً ؕ— حَتّٰۤی اِذَا جَآءَهٗ لَمْ یَجِدْهُ شَیْـًٔا وَّوَجَدَ اللّٰهَ عِنْدَهٗ فَوَفّٰىهُ حِسَابَهٗ ؕ— وَاللّٰهُ سَرِیْعُ الْحِسَابِ ۟ۙ

३९) र जुन मानिसहरूले कुफ्र गरे, उनीहरूका कर्महरूको उदाहरण यस्तो छ जस्तै निर्जन मैदानमा बालुवाको कण, कि तिर्खाएकोले पानी सम्झोस् । यहाँसम्म कि जब उसको सामु आउँछ, त त्यसले केही पनि पाउँदैन र अल्लाहलाई नै आफ्नो निकट देख्दछ जसले उसलाई उसको हिसाब पूरापूर चुक्ता गरिदिन्छ । र अल्लाह शीघ्र हिसाब गर्नेवाला छ । info
التفاسير:

external-link copy
40 : 24

اَوْ كَظُلُمٰتٍ فِیْ بَحْرٍ لُّجِّیٍّ یَّغْشٰىهُ مَوْجٌ مِّنْ فَوْقِهٖ مَوْجٌ مِّنْ فَوْقِهٖ سَحَابٌ ؕ— ظُلُمٰتٌ بَعْضُهَا فَوْقَ بَعْضٍ ؕ— اِذَاۤ اَخْرَجَ یَدَهٗ لَمْ یَكَدْ یَرٰىهَا ؕ— وَمَنْ لَّمْ یَجْعَلِ اللّٰهُ لَهٗ نُوْرًا فَمَا لَهٗ مِنْ نُّوْرٍ ۟۠

४०) वा ती गहिरो समुन्द्री अँध्यारो जस्तो छ जसमाथि तरङ्गहरूले छोपिराखेका छन् उसमाथि बादलले ढाकी राखेको छ, अर्थात अँध्यारो नै अँध्यारो छ एउटामाथि अर्को । जब आफ्नो हात निकालोस् त केही देख्न नसकोस् । र (कुरो यो छ कि) जसलाई अल्लाहले नै प्रकाश दिंदैन उसलाई कतैबाट पनि प्रकाश प्राप्त हुनसक्दैन । info
التفاسير:

external-link copy
41 : 24

اَلَمْ تَرَ اَنَّ اللّٰهَ یُسَبِّحُ لَهٗ مَنْ فِی السَّمٰوٰتِ وَالْاَرْضِ وَالطَّیْرُ صٰٓفّٰتٍ ؕ— كُلٌّ قَدْ عَلِمَ صَلَاتَهٗ وَتَسْبِیْحَهٗ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِمَا یَفْعَلُوْنَ ۟

४१) के तिमीले देखेनौ, कि आकाश र पृथ्वीका सबै प्राणी र पखेटा फिंजाएर उड्ने सबै पंछी पनि अल्लाहको स्तुतिमा व्यस्त छन् सबैको नमाज र स्तुति उसलाई थाहा छ । र मानिसहरू जे गर्दछन् सबै अल्लाहलाई थाहा छ । info
التفاسير:

external-link copy
42 : 24

وَلِلّٰهِ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ۚ— وَاِلَی اللّٰهِ الْمَصِیْرُ ۟

४२) र आकाश र पृथ्वीको सत्ता अल्लाहकै हो र अल्लाहतिरै फर्केर जानुपर्नेछ । info
التفاسير:

external-link copy
43 : 24

اَلَمْ تَرَ اَنَّ اللّٰهَ یُزْجِیْ سَحَابًا ثُمَّ یُؤَلِّفُ بَیْنَهٗ ثُمَّ یَجْعَلُهٗ رُكَامًا فَتَرَی الْوَدْقَ یَخْرُجُ مِنْ خِلٰلِهٖ ۚ— وَیُنَزِّلُ مِنَ السَّمَآءِ مِنْ جِبَالٍ فِیْهَا مِنْ بَرَدٍ فَیُصِیْبُ بِهٖ مَنْ یَّشَآءُ وَیَصْرِفُهٗ عَنْ مَّنْ یَّشَآءُ ؕ— یَكَادُ سَنَا بَرْقِهٖ یَذْهَبُ بِالْاَبْصَارِ ۟ؕ

४३) के तपाईले देख्नु भएन कि अल्लाह बादलहरूलाई चलाउँछ । फेरि उनीहरूलाई परस्पर मिलाउँछ र फेरि त्यसलाई पत्रपत्रमा पारिदन्छ, फेरि तपाई देख्नुहुन्छ कि बादलबाट पानी निस्कि वृष्टि भइराखेको छ, र आकाशतिरबाट असिनाका पहाडबाट उसैले असिनाहरू खसाल्छ, अनि जसमाथि चाहन्छ, त्यसमाथि खसाल्छ र जसबाट चाहन्छ त्यसलाई हटाइदिन्छ । बादलबाटै निस्कने चट्याङ्गको चमक यस्तो हुन्छ कि आँखाको ज्योति नै खोसिदिनेछ । info
التفاسير: