Prijevod značenja časnog Kur'ana - Nepalski prijevod - udruženje Ehlul-hadis

न्नहल

external-link copy
1 : 16

اَتٰۤی اَمْرُ اللّٰهِ فَلَا تَسْتَعْجِلُوْهُ ؕ— سُبْحٰنَهٗ وَتَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟

१) अल्लाहको आदेश (सजाय) आइपुग्यो, (काफिरहरू) यसको निम्ति हतार नगर, ऊ पवित्र छ र जसलाई अल्लाहको साझेदार ठहराउँदछन् तिनीभन्दा अल्लाह उच्च छ । info
التفاسير:

external-link copy
2 : 16

یُنَزِّلُ الْمَلٰٓىِٕكَةَ بِالرُّوْحِ مِنْ اَمْرِهٖ عَلٰی مَنْ یَّشَآءُ مِنْ عِبَادِهٖۤ اَنْ اَنْذِرُوْۤا اَنَّهٗ لَاۤ اِلٰهَ اِلَّاۤ اَنَا فَاتَّقُوْنِ ۟

२) उसैले फरिश्ताहरूलाई सन्देश दिई आफ्नो आदेशले आफ्नो भक्तहरूमध्येबाट, जसलाई चाहन्छ त्यसको नजिक पठाउँछ । मानिसहरूलाई सचेत गर्न ! कि म (अल्लाह) बाहेक कोही अर्को सत्य पूजनीय छैन, तसर्थ मसित डर । info
التفاسير:

external-link copy
3 : 16

خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ ؕ— تَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟

३) उसैले आकाशहरूलाई र पृथ्वीलाई बुद्धिमत्ताले सृष्टि गरेको छ । ऊ त्यसबाट मुक्त छ जुन मुश्रिकहरूले गर्दछन् । info
التفاسير:

external-link copy
4 : 16

خَلَقَ الْاِنْسَانَ مِنْ نُّطْفَةٍ فَاِذَا هُوَ خَصِیْمٌ مُّبِیْنٌ ۟

४) उसले मानिसलाई शुक्राणु (वीर्य) बाट सृष्टि गर्यो, तर तिनीले झगडालु बन्न पुगे । info
التفاسير:

external-link copy
5 : 16

وَالْاَنْعَامَ خَلَقَهَا لَكُمْ فِیْهَا دِفْءٌ وَّمَنَافِعُ وَمِنْهَا تَاْكُلُوْنَ ۟

५) चौपायाहरूलाई पनि उसैले सृष्टि गरेको छ, जसबाट तिमीहरूलाई गर्म पहिरन प्राप्त हुन्छ र अन्य धेरै फाइदाहरू छन् र यिनीहरूमध्ये केहीलाई तिमीले खान्छौ पनि । info
التفاسير:

external-link copy
6 : 16

وَلَكُمْ فِیْهَا جَمَالٌ حِیْنَ تُرِیْحُوْنَ وَحِیْنَ تَسْرَحُوْنَ ۪۟

६) र यिनीहरूबाट घरको रौनक पनि हुन्छ, चराउन लैजाँदा र चराएर घर फर्काएर ल्याउँदा पनि । info
التفاسير: